STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २१, आइतबार

काठमाडौं - सर्वाेच्च अदालतले दुई दिनअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको संशोधित नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेको रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले उक्त अल्पकालीन आदेश दिएको हो ।

अन्तरिम आदेश दिने कि नदिने भनी दुवै पक्षलाई छलफलका लागि पनि झिकाइएको छ । साथै, राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गर्दा उदृत गरेका संविधानका प्रावधानहरु विधेयक प्रमाणीकरणसँग सम्बन्धित नभएको, गलत संवैधानिक प्रावधान उदृत भएको आदेशमा भनिएको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नका लागि पुनर्विचार गर्नुपर्ने भन्दै थाँती राखेकी थिइन् । तर, भण्डारीको पदावधि सकिएसँगै राष्ट्रपति बनेका पौडेलले मन्त्रिपरिषद्को आग्रहअनुसार संविधानको धारा ६१ र ६६ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेसँगै उक्त निर्णयविरुद्ध सर्वाेच्चमा रिट दायर भएको थियो ।

Categorized in राजनीति