STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०८० जेठ २१, आइतबार

काठमाडौँ - विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि बैठक सारिएको छ ।

आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।

प्रमाणीकरण भएको विधेयक रद्द गर्नुपर्ने, संसदमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गरेका थिए ।

बैठक स्थगन लगतै अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरेको उनका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।

उनीहरुसँग कुरा नमिलेपछि आजको बैठक बस्न नसक्ने विशेष कारण देखाउँदै भोलि अर्थात जेठ २२ गते सोमबार बिहान ११ बजे बस्नेगरी समय निर्धारण गरिएको छ ।

Categorized in राजनीति