STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ माघ १६, सोमबार

    अमेरिकी उपमन्त्री नुल्याण्ड आज प्रधानमन्त्रीसहित उच्च नेताहरुसँग भेट गर्दै

    काठमाडौं - नेपाल भ्रमणमा रहेकी उपमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च नेताहरुसँग भेटवार्ता गर्ने भएकी छन् । दुई दिने नेपाल भ्रमणमा शनिबार आइतबार नेपाल आएकी उनले आज प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने गर्ने भएकी हुन् ।...

  • २०७९ माघ १५, आइतबार

    विवेकशील साझा पार्टीलाई पुनर्जीवन दिने पाण्डेको घोषणा

      काठमाडाैँ - विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफ्नो पार्टीलाई पुनर्जीवन दिने बताएका छन् । साथै उनले सडकबाटै प्रतिपक्षी दलकाे भूमिका निर्वाह गरेर खबरदारी गरिरहने समेत बताएका छन् । एक प्रेस वक्तव्य जारी गर्दै उनले भनेका छन्,  ‘२०६९ सालमा स्व. उज्वल थापाले सुरु गर्नुभएको विवेकशील अभियानले लगभग एक दशक पार गरेको छ। यो बिन्दुसम्म आइपुग्दा वैकल्पिक राजनीति, सुसंस्कृत राजनीति, गहिरो सुझबुझ...

  • २०७९ माघ १५, आइतबार

    गृह मन्त्रालयका विषयमा निर्णय गर्ने अधिकार रास्वपाको

      काठमाडौं - गृह मन्त्रालयको कस्ले सम्हाल्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले त्यो निर्णय गर्ने अधिकार केवल रास्वपाको रहेको बताएको छ । आइतबार केन्द्रीय समितिको बैठकपश्चात् पत्रकारहरुसँगको कुराकानीमा रास्वपाका महामन्त्री मुकुल ढकालले गृह मन्त्रालयका विषयमा निर्णय अधिकार रास्वपाको रहेको बताएका हुन् । उनले पत्रकारहरुसँग भने, ‘अहिले देखिएको समस्या हाम्रो हो र हामीले समाधान गरिसकेको...

  • २०७९ माघ १५, आइतबार

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने पुगे बालुवाटार

    काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटारस्थित सरकारी निवास पुगेका हुन् । नागरिकता पाएपछि पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका लामिछानेले प्रक्रियागत रुपमा अमेरिकी नागरिकता...

  • २०७९ माघ १५, आइतबार

    रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

    काठमाडौं - निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन:स्थापित भएका छन् । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । आज बिहान काठमाडौं प्रशासन पुगेर पुन: नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए...

  • २०७९ माघ १५, आइतबार

    रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

    काठमाडौं - रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि...

  • २०७९ माघ १३, शुक्रबार

    राष्ट्रपतिको निर्वाचन फागुन २६ मा गर्ने आयोगकाे तयारी

    काठमाडाैं - निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ । २६ गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ,आयोगको अन्तिम निर्णय हुन बाँकी छ ।राष्ट्रपति  निर्वाचनको...

  • २०७९ माघ १३, शुक्रबार

    प्रोटोकलभन्दा माथि मानवीयताको प्रोटोकल हुन्छ : राज्यमन्त्री तोसिमा कार्की

      काठमाडौं - आत्मदाहको प्रयासपछि उपचारका लागि लगिएको कीर्तिपुर हस्पिटलमा प्रेमप्रसाद आचार्यलाई भेट्न जाँदा ‘प्रोटोकल’ पालना नगरेको भन्दै चौतर्फी टिकाटिप्पणी भएपछि स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले त्यसको जवाफ दिएकी छिन् । स्वास्थ्यमन्त्री डा. कार्कीले आत्मदाह गरेका प्रेमलाई भेट्न जाँदा अस्पताल प्रसासनको कुनै प्रोटोकल नमिचेको बताउँदै प्रोटोकलभन्दा मथि मानवीयताको प्रोटोकल हुने बताइन् ।...

  • २०७९ माघ १३, शुक्रबार

    सर्वाेच्चको गेटमा रवि लामिछानेका कार्यकर्ताहरु पक्राउ

      काठमाडौं - नागरिकता विवादसम्बन्धी मुद्धामा शुक्रबार सर्वाेच्च अदालतले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको विपक्षमा फैसला सुनाएसँगै लामिछानेका कार्यकर्ता, समर्थकहरुले सर्वाेच्चबाहिर नाराबाजी गरेका छन् । ‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायत नारा लगाउँदै बलजफ्तीमा उत्रिँदै नाराबाजी गरेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । समर्थकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

  • २०७९ माघ १३, शुक्रबार

    गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाले

      काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । सर्वाेच्चको अदालतको फैसलापश्चात् गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालेका हुन् । नागरिकता मुद्धा विवादसम्बन्धी दोषी ठहर भएसँगै शुक्रबार लामिछानेले उपप्रधान एवं मन्त्री पदबाट राजीनामा दिएका थिए । पुस ११ मा उपप्रधान तथा...

  • २०७९ माघ १३, शुक्रबार

    फैसलाको स्वागत गर्दै रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

    काठमाडौं - सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । सर्वोच्चको फैसलापछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेले ३२ दिनमै पद गुमाएका छन् । यद्यपि, लामिछानेले राजीनामा अघि सर्वोच्चको...

  • २०७९ माघ १३, शुक्रबार

    सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज

    काठमाडौं – सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ ।...

Pages