STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ माघ १८, बुधबार

    माओवादी स्थायी कमिटी बैठक भोलिकाे लागि सारियाे

    काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र) को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि बिहीबारका लागि सारिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक बिहीबारका लागि सारिएको हो । माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका...

  • २०७९ माघ १८, बुधबार

    आज प्रतिनिधि सभाकाे बैठक बस्दै, के के।छन् त कार्यसूची ?

    काठमाडौं- प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने छ । सर्वोच्च अदालतको आदेश अनुसार लामिछाने निर्वाचित हुँदा उनको नागरिकता नै अवैध रहेकाले सांसद पद खारेज भई उक्त क्षेत्र खाली भएको जानकारी गराइने छ । यस्तै, बैठकमा...

  • २०७९ माघ १७, मंगलबार

    सकेसम्म गठबन्धन नटुटोस् - प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन जोगाउने पक्षमा आफू रहेको बताएका छन् । पार्टी पदाधिकारी बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूहरू सल्लाहमै भएको बताए । उनले भने, ‘हाम्रो कोसिस भइरहेको छ । सकेसम्म नटुटोस् भन्ने मेरो प्रयास छ । अदालतको पूर्णपाठ नआएसम्म आफैंलाई राख्न सुझाव छ । हामी...

  • २०७९ माघ १७, मंगलबार

    ओलीसामु राखे लामिछानेले गृह मन्त्रालय पाउनुपर्ने अडान

    काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज भेटवार्ता भएको छ । भक्तपुरको बालकोटस्थित ओली निवासमा दुवैजनाबीच सत्ता गठबन्धनमा भएको सहमतिबारे बारे छलफल भएको बताइएको छ । सरकार गठन हुँदा सत्ता गठबन्धन दलहरुबीच भएको सहमति कार्यान्वयनमा समस्या आएको र सहमतिअनुसार गृह मन्त्रालय आफ्नो पार्टीले पाउनुपर्ने अडान सभापति लामिछानेले अध्यक्ष ओलीसँग...

  • २०७९ माघ १७, मंगलबार

    प्रधानमन्त्री प्रचण्ड र पूर्वगृहमन्त्री लामिछानेबीच भेट

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले परामर्श गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा पूर्व गृहमन्त्री लामिछानेले गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने माग गरेको बुझिएको छ । उनले जिल्ला...

  • २०७९ माघ १७, मंगलबार

    आर्थिक संकटलाई लिएर नेकपा समाजवादीले बुझायाे प्रधानमन्त्रीलाई ज्ञापन-पत्र

    काठमाडाैँ - आज देशको आर्थिक संकटबारे नेकपा (एकीकृत समाजवादी) को प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन-पत्र बुझाएकाे छ । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालकाे हस्ताक्षर रहेकाे उक्त ज्ञापन-पत्र मंगलबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारकी निवास बालुवाटार पुगेर प्रधानमन्त्री समक्ष बुझाइएको हो । पछिल्लो समय देशको आर्थिक अवस्था राम्रो नरहेको सरकारलै नै बताइरहको छ । देशको...

  • २०७९ माघ १७, मंगलबार

    आज पनि माओवादीको पदाधिकारी बैठक बस्दै

    काठमाडाैँ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दैछ । बैठक मध्यान्ह १२ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने जनाइएकाे छ । हिजाे सोमबारबाट शुरु भएको पदाधिकारी बैठक आज पनि बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ । साथै भाेलि बुधबारका लागि पार्टीकाे स्थायी समिति बैठक पनि बाेलाइएकाे...

  • २०७९ माघ १६, सोमबार

    फागुन २५ गते राष्ट्रपतिको निर्वाचन घोषणा

    काठमाडौं - निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमवार निर्वाचन आयोगमा पत्रकार सम्मेलन गरी आयोगले सो जानकारी गराएको हो । त्यस्तै आयोगले उपराष्ट्रपति पदको निर्वाचन भने चैत्र ३ गते गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन भएपछि उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु हुने बताए ।...

  • २०७९ माघ १६, सोमबार

    एमसिसी कार्यान्वयन विषयमा छलफल भयो : अमेरिकी उपविदेशमन्त्री

    काठमाडौं - संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले नेपालले आफ्नो हितका विषयमा सार्वभौम भएर निर्णय गरोस् भन्ने अमेरिकाको चाहना रहेको बताएकी छन्। दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार यहाँ आएका उनले आज पत्रकार सम्मेलनमा नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरुले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक...

  • २०७९ माघ १६, सोमबार

    प्रधानमन्त्री दाहालसँग अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ । अमेरिकी उपविदेश मन्त्री...

  • २०७९ माघ १६, सोमबार

    नेताहरुबीच कुरा नमिलेपछि माओवादीको बैठक सारियो

    काठमाडौँ - सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ  माघ १८ गते (पर्सी)का लागि बोलाउने निर्णय गरिएको हो । यसअघि साे बैठक १७ गते (भोली)का लागि तय गरिएकाे थियाे । पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले भोली पनि पदाधिकारी बैठक बसेर आवश्यक...

  • २०७९ माघ १६, सोमबार

    गृह मन्त्रालयबारे छलफल गर्न माओवादी केन्द्रकाे बैठक बस्दै

    काठमाडाैँ- आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बस्नेछ । आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ । यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भएपनि रावि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको...

Pages