STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ माघ २२, आइतबार

    सरकारमा रहिरहने वा निस्कने टुंगाे लगाउन रास्वपा अन्तिम छलफलमा

    काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट निस्कने वा सरकारमा रहने भन्ने विषयको अन्तिम छलफलमा जुटेको छ । प्रधानमन्त्री प्रचण्डसँग भेटपछि रास्वपा सभापति रवि लामिछाने अहिले पार्टी कार्यालय बसुन्धारामा पुगेका छन् । अब रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने छ । बैठकले सरकारमा रहने कि नरहने भन्ने विषयको टुंगो लगाउने जनाइएको छ । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा रविले...

  • २०७९ माघ २१, शनिबार

    राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमति : माओवादी केन्द्र

    काठमाडौँ - नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ । सत्ता गठबन्धनको मुख्य दल नेकपा एमालेलाई बाहिर राखेर जान नसकिने निष्कर्ष समेत माओवादी नेताहरुको छ । आज (शनिबार) पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा...

  • २०७९ माघ २०, शुक्रबार

    मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार

      काठमाडौं - मधेस प्रदेश मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार मन्त्रिपरिषदमा ६ मन्त्री र ३ राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नयाँ मन्त्रीमा सत्ता गठबन्धनबाट एमाले, जनता समाजवादी पार्टी र जनमत पार्टीका सांसदहरु मन्त्री बनेका छन् भने सत्तारुढ दल माओवादी केन्द्र...

  • २०७९ माघ २०, शुक्रबार

    ओली निवासमा ओली, लामिछाने र लिङ्देनबीच भेटवार्ता

    काठमाडौं - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। ओली निवास बालकोटमा शुक्रबार साँझ उनीहरूबीच दुई घन्टा बढी छलफल भएको हो। गृह मन्त्रालय पाउनुपर्ने भन्दै रास्वपाले सरकार छाड्ने चेतावनी दिइरहेका बेला उनीहरूबीच छलफल भएको हो। स्रोतका अनुसार गठबन्धनभित्र कसरी...

  • २०७९ माघ २०, शुक्रबार

    मलेसियाका गृहमन्त्री काठमाडाैंमा, श्रममन्त्री अर्यालसँग गरे भेट

    काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृहमन्त्री सैफुदिन नासुसनले भेटवार्ता भएको छ । शुक्रवार काठमाडौंस्थित एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको हो । बैठकपछि बोल्दै श्रममन्त्री अर्यालले मलेसिया सरकारसँग नेपाल सरकारको श्रम सम्झौतालाई नविकरण गर्ने बेला भएको र...

  • २०७९ माघ २०, शुक्रबार

    नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी जेल चलान

    काठमाडाैं- प्रतिनिधिसभा सदस्य एवं नागरिक उन्मुक्ति पार्टीका सचेतक अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई आज १० बजे कैलाली जिल्ला अदालतमा उपस्थित गराई कैद पुर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो । फरार सूचीमा रहेका चौधरीलाई बिहीबार बाँकेबाट पक्राउ गरेको थियो । चौधरीलाई प्रहरीले पक्राउ गरेर नेपालगञ्जबाट जहाजमा काठमाडौँ लगेको थियो...

  • २०७९ माघ १९, बिहिबार

    रास्वपा सरकारबाट नबाहिरिने, गृहमन्त्रीका लागि अझैँ दुई दिन पर्खिने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैँ दुई दिन पर्खिने निर्णय गरेको हो । बैठकमा सहभागी पार्टीका अधिकांश नेताहरुले सरकारबाट बाहिरिन नहुने पक्षमा धारणा राखेका थिए । ती नेताहरुले तत्काल सरकारबाट हटेको अवस्थामा जनतासामू कमजोरी र कच्चा...

  • २०७९ माघ १९, बिहिबार

    गृह मन्त्रालय रास्वपाले नै पाउनुपर्छ : ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृह मन्त्रालय पाउनुपर्ने बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार (रास्वपा)ले गृह मन्त्रालय पाउने बताए । सरकार गठनको बेला सत्ता साझेदार दलबीच गृह मन्त्रालय रास्वपालाई दिने सहमति भएको थियाे । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा पटकपटक...

  • २०७९ माघ १९, बिहिबार

    परराष्ट्रमन्त्री आज श्रीलङ्का भ्रमणमा जाँदै

    काठमाडौं - परराष्ट्रमन्त्री डा विमला राई पौड्याल आज श्रीलङ्का भ्रमणमा जाँदैछिन् । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा कोलोम्बोमा आयोजना हुने विशेष समारोहमा अतिथिका रुपमा सहभागी हुन उनी त्यसतर्फ जाने भएकी हुन् । मन्त्री पौडेल कोलोम्बोमा यही माघ २० र २१ गते हुने समारोहमा सम्मानित अतिथिका रुपमा सहभागी हुनेछिन् । उनलाई श्रीलङ्काली परराष्ट्रमन्त्री अली साब्रीको निमन्त्रणा थियो ।...

  • २०७९ माघ १८, बुधबार

    राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं - राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गरेका हुन्। निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ । रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको...

  • २०७९ माघ १८, बुधबार

    रास्वपा खारेजीकाे माग राख्दै निर्वाचन आयोगमा उजुरी

    काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्। निवेदनमा अवैधानिक नागरिकता पेश गरेर लामिछानेको अध्यक्षतामा आयोगमा दल दर्ता गरेको भन्दै कानुनसम्मत दल अवैधानिक रहेको कारण देखाउँदै दल खारेज गर्न माग गरिएको...

  • २०७९ माघ १८, बुधबार

    प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  भेटमा सरकारका कामको समीक्षासँगै रिक्त रहेको गृह मन्त्रालयको विषयमा पनि कुराकानी भएको छ। अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको...

Pages