relans
ni new 83
nib 2082 5

विवादास्पद छविका लामा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण २२, सोमबार

काठमाडौं - सरकारले विवादास्पद छवि भएका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको छ। 

तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले लामालाई अर्थराज्यमन्त्री बनाएका थिए। सो समयमा चौतर्फी विरोध भएपछि अर्थराज्यमन्त्री भएको केही दिनमै उनले पदबाट राजीनामा दिएका थिए। 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका लामा दोहोरो नागरिकता मुद्दामा मुछिएका छन्। केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले उनलाई कोषको उपाध्यक्ष बनाउने निर्णय गरेको थियो। 

उनी एमालेको पालामा समानुपातिक सभासद बनेका थिए भने त्यसअघि नेपाली कांग्रेसले उनलाई गुम्बा व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको थियो। 

कांग्रेस र एमालेबाट लाभ लिइसकेपछि उनी तत्कालीन एकीकृत माओवादीमा प्रवेश गरेका थिए। माओवादीले लामालाई २०७१ सालमा समानुपातिक सभासद बनाएको थियो। 

सुशासन कायम गर्ने भनेर भाषण गर्दै हिँड्ने प्रचण्डले विवादास्पद व्यक्ति लामालाई कोषको उपाध्यक्ष बनाएपछि वर्तमान सरकार थप विवादित बनेको छ।

पर्यटनमन्त्री सुदन किरातीको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले लामालाई कोषको उपाध्यक्ष बनाएको हो। लामाको नियुक्तिपछि सुशासनको कुरा गर्दै हिँड्ने राईको राजनीतिक चरित्र समेत नांगिएको छ। 

Categorized in राजनीति
ppp 2