STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ मङ्सिर ६, मंगलबार

    चितवन-२ मा रवि लामिछाने पहिलोमा, कांग्रेसका उमेश श्रेष्ठ पछ्याउँदै

    काठमाडौं - चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो स्थानमा उक्लिएका छन् । पछिल्लो मत परिणाम अनुसार रविले ३ हजार ९४९ मत पाएका छन् । त्यस्तै दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठ छन् । उनले ३ हजार १७७ मत पाएका छन्  । तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छन् । उनले २ हजार ७१२ मत पाएका छन् । पोखरेल सुरुवाती चरणमा पहिलो स्थानमा थिए । त्यस्तै रवि तेस्रो स्थानमा थिए । शहरी...

  • २०७९ मङ्सिर ६, मंगलबार

    भारी मतले काठमाडौं ४ मा गगन थापाकाे विजयी

    काठमाडौं - काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् । गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे । थापाको यो क्षेत्रमा सदावहार तेस्रो जित पनि हो । यसअघिको आम निर्वाचन २०७४ मा पनि थापाले...

  • २०७९ मङ्सिर ६, मंगलबार

    काठमाडौं ७ मा एमालेको अग्रता कायमै

    प्रतिनिधिसभा निर्वाचनतर्फ काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली अगाडि रहेको काठमाडौं ७ मा अहिले २१९१ मतका साथ नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे अगाडि रहेका छन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले २१४२ मतले पछ्याइरहेका छन् ।  काठमाडौं ७ मा काँग्रेस गठबन्धनकी उम्मेदवार मानुषी...

  • २०७९ मङ्सिर ५, सोमबार

    काठमाडौं १ - रवीन्द्र मिश्रसँग मतान्तर घटाउँदै प्रकाशमान सिंह

    काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा अग्रता बनाइरहेका राप्रपाका रवीन्द्र मिश्रसँग मतान्तर घटाउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंह अघि बढिरहेका छन् । पछिल्लाे मतगणनाकाे परिणाममा मिश्रले ३८७० मत ल्याउँदा सिंहले ३८५० मत ल्याएर मतान्तर घटाएका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २३०३ मत ल्याएर तेस्राेमा छन् भने एमालेका किरण पौडेल २२३२ मतसहित चाैथाेमा छन् ।

  • २०७९ मङ्सिर ५, सोमबार

    मुस्ताङबाट कांग्रेसकाे विजयी सुरूआत

    काठमाडौं - यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट विजयी सुरुआत गरेको छ । नेपाली कांगेसका उम्मेदवार योगेश गौचन थकालीले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसकाे तर्फबाट विजयकाे खाता खाेलेका छन् । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको छन् । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान...

  • २०७९ मङ्सिर ४, आइतबार

    बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु, तीनजना घाइते

      काठमाडौं - बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम...

  • २०७९ मङ्सिर ४, आइतबार

    १५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

    काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य...

  • २०७९ मङ्सिर ४, आइतबार

    बाजुरामा मतपेटिकामा आगो लगाइयो

    काठमाडौं - स्वामीकार्तिक खापर गाउँपालिकाका-१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगजनी भएको छ । प्रदेश सभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी भएपछि निर्वाचन स्थगित भएको हो ।  आगजनि कस्ले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले जानकारी दिए । देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। नेपाल सङ्घीय लोकतान्त्रिक...

  • २०७९ मङ्सिर ४, आइतबार

    दोलखाको मतदान केन्द्रमा ७ राउण्ड हवाई फायर

    काठमाडौं - जिल्लाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । एकसाथ धेरै मतदाता हो–हल्ला गर्दै मतदान केन्द्रभित्र प्रवेश गरेपछि झडप भएको थियो । त्यसपछि स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेका हुन् । प्रहरीका अनुसार अहिले मतदान रोकिएको छ ।

  • २०७९ मङ्सिर ४, आइतबार

    १२ः४५ सम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

    काठमाडौं - आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको हो । साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताउनुभयो ।

  • २०७९ मङ्सिर ३, शनिबार

    प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान?

    काठमाडाैं - प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले आ-आफ्नाे क्षेत्रबाट मतदान गर्दै छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने...

  • २०७९ मङ्सिर ३, शनिबार

    पैसा बाँडेको आरोपमा काठमाडौंका एमाले उम्मेदवार प्रहरी नियन्त्रणमा

    काठमाडाैं - नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा  काठमाडौं-५ (२) मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति बुढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई  जिम्मा लगाएका हुन् । निरौलासहित एमालेका...

Pages