STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०७९ आश्विन २३, आइतबार

    ओलीको झापा-५ बाट उम्मेदवारी दर्ता

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । पूर्व प्रधानमन्त्री ओलीले आइतबार दिउँसो झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओलीको प्रस्तावक रोमनाथ ओली र समर्थक दीपक कार्की रहेका छन् ।  ओली यस अगाडिको निर्वाचनमा ५७ हजार १ सय ३९ मत ल्याउँदै  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। उनका निकटम प्रतिद्वन्द्वी डा....

  • २०७९ आश्विन २३, आइतबार

    प्रधानमन्त्री देउवाको डडेल्धुरामा उम्मेदवारी दर्ता

    काठमाडौं - प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा मार्फत डडेल्धुरामा उम्मेदवारी दर्ता गराएका छन् । वारिसनामा मार्फत राणाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा पुगेर मनोनयन दर्ता गराएकी हुन् ।  देउवाकाे उम्मेदवारीमा पार्टी जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहेकाे मुख्य...

  • २०७९ आश्विन २३, आइतबार

    भट्टराई प्रस्तावक राखी प्रचण्डद्वारा गोरखा–२ बाट उम्मेदवारी दर्ता

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। गोरखा नगरपालिका वडा नं ९ स्थित दलभन्ज्याङमा रहेको प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उनले सत्तागठबन्धनको साझा उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।...

  • २०७९ आश्विन २३, आइतबार

    एमालेका प्रभु साहले दिए स्वतन्त्र उम्मेदवारी

    काठमाडौं - एमालेका नेता प्रभु साहले रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले दिएको उम्मेदवारी त्याग्दै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। साहले आफूसँगै पार्टी प्रवेश गरेका अन्य नेताहरूलाई एमालेले टिकट नदिएको भन्दै स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन्। साहले स्वतन्त्र रूपमा उम्मेदवारी दिएपछि त्यहाँ एमाले उम्मेदवार नहुने भएको छ। एमालेले जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गरेसँगै...

  • २०७९ आश्विन २३, आइतबार

    पर्यटनमन्त्री श्रेष्ठद्वारा काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका नेकपा (एकीकृत समाजवादी) का सचिव जीवनराम श्रेष्ठले काठमाडौँ क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन्। आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सचिव श्रेष्ठले उम्मेदवारी दर्ता गराएको उनको निजी सचिवालयले जनाएको छ । उनी २०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए...

  • २०७९ आश्विन २३, आइतबार

    काठमाडौं-२ मा माओवादीबाट ओनसरी घर्ती उठ्ने

    काठमाडौं - माओवादी केन्द्रले काठमाडौं–२ मा पूर्वसभामुख ओनसरी घर्तीलाई उम्मेदवार बनाउने भएको छ । यसअघि उक्त क्षेत्रमा २०६४ को चुनावमा माओवादीका झक्कुप्रसाद सुवेदीले जितेका थिए । रोल्पाकी घर्तीलाई माओवादीले काठमाडौंबाट उठाउने निर्णय गरेको हो । 

  • २०७९ आश्विन २३, आइतबार

    लोसपाले प्रतिनिधिसभामा ८ र प्रदेशसभामा १६ सिट पाउने

    काठमाडौँ - सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई प्रतिनिधि सभाको आठ र प्रदेश सभाको १६ वटा सिट दिने सहमति भएको छ । हिजो शनिवार बिहानदेखि बेलुकीसम्म प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट यस्तो सहमति भएको हो । सहमतिअनुसार लोसपाले प्रतिनिधि सभामा सप्तरी २, बारा ३, पर्सा १, धनुषा ३, महोत्तरी २ र ३ तथा सर्लाही १ पाएको छ । यस्तै सर्लाही २ मा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति...

  • २०७९ आश्विन २३, आइतबार

    टिकट नपाएपछि घनश्याम भुसाल स्वतन्त्रबाट लड्ने घोषणा

    काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घनश्याम भुसालले रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । टिकट नपाएपछि एमाले परित्याग गरेका नेता भुसालले आइतबार बिहान पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। स्वतन्त्र भने पनि उनी गठबन्धनको सहयोगमा उम्मेदवार बनेका छन् । आफूलाई सत्तारुढ गठबन्धनले निर्वाचनमा सहयोग गर्ने उनले बताए । उनले गठबन्धनको...

  • २०७९ आश्विन १६, आइतबार

    गठबन्धनमा चित्त बुझ्दो सिट नपाए जसपाले विकल्प खोज्ने

    काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)ले सत्ता गठबन्धनमा चित्त बुझ्दो सिट नपाए अन्य विकल्प खोज्ने निर्णय गरेको छ। पार्टीको शनिबार जारी केन्द्रीय कार्यकारीणी बैठकले सत्ता गठबन्धनमा सन्तोषजनक अवस्था नभएकोले अन्य राजनीतिक दलसँग चुनावी तालमेल गर्ने वा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिस सुमनले जानकारी दिए। गठबन्धनमा सम्मानजनक र चित्त बुझ्दो स्थान नपाए अन्य दलसँग तालमेल गर्ने र त्यो पनि...

  • २०७९ आश्विन १३, बिहिबार

    आन्तरिक विवादबीच शेखर कोइरालाको चियापान कार्यक्रम

    निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्रकाे विवाद पनि गहिरिदै गएकाे छ । आन्तरिक विवादकाबीच नेता डा. शेखर कोइरालाले बिहीबार बिहान चियापान कार्यक्रमकाे आयाेजना गरेर आफ्नाे शक्ति देखाएका छन् । काठमाडौंको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा आयाेजना गरिएकाे चियापान कार्यक्रम कार्यक्रममा शेखरसँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी थिए ।पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना...

  • २०७९ आश्विन १२, बुधबार

    रवीन्द्र मिश्र बने राप्रपाको वरिष्ठ उपाध्यक्ष

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्वी र  विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूहबीच एकता भएको छ । बुधबार राष्ट्रियसभागृहमा आयोजित एकता  कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको समूहबीच एकता घोषणा भएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणापत्रमा हस्ताक्षर गरेका छन् । एकीकरण भएसँगै मिश्र राप्रपाकाे वरिष्ठ उपाध्यक्ष बनेका छन् । राप्रपा अध्यक्ष...

  • २०७९ आश्विन ११, मंगलबार

    मिश्र समूह राप्रपामा समाहित हुने

    काठमाडौं - विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूह राप्रपामा समाहित हुने भएको छ । मिश्रलाई पार्टीमा भित्र्याउन राप्रपाले बुधबार एकताको घोषणासभा आयोजना गरेको छ । राप्रपाका एकजना प्रवक्ता मोहन श्रेष्ठले घोषणासभा बुधबार काठमाडौंमा हुने जानकारी दिए । श्रेष्ठले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् । यसअघि विवेकशील साझा पार्टीमा रहेका मिश्र ‘विचार माथि देश’ दस्तावेजका कारण विवादित भएका...

Pages