कांग्रेस संसदीय दलको बैठक आज बस्दै
Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र ५, आइतबार
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको बैठक आज बस्दै छ।
बिहान साढे १० बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
सरकारलाई दिएको समर्थन फिर्ता लिएर एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले सोमबारको संसद बैठकमा विश्वासको मत लिन लागेका हुन।
त्यसबारे छलफल गर्न कांग्रेसले आजै संसदीय दलको बैठक पनि बोलाएको छ। बैठक मध्याह्न १२ बजे संसद भवनको ल्होत्से हलमा बस्ने छ।
आज दिउँसो १ बजे प्रतिनिधि सभा बैठकबाट कांग्रेस सत्ता पक्षको बेन्चमा र नेकपा एमाले प्रतिपक्षीको बेन्चमा सर्ने तयारीमा छन्।
Categorized in राजनीति

