उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सुरु
Janjati Khabar – Janjati Khabar | २०७९ माघ २९, आइतबार
काठमाडौं - उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । केहीबेर अघिबाट प्रधानमन्त्री निवास वालुवाटारमा बैठक सुरु भएको बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति तथा उपराष्ट्रपतिको आगामी निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । बैठकमा केही दलहरु अनुपस्थित भएको जनाइएको छ ।
वालुवाटार स्रोतका अनुसार जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका प्रतिनिधि उपस्थित छैनन् ।
बैठकमा उच्चस्तरिय राजनीतिक संयन्त्रको संयोजक केपी शर्मा ओली, प्रधानमन्त्री प्रचण्ड, उप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मात्रै उपस्थित छन् ।
सत्ता गठबन्धनमा राप्रपालाई पुन: सरकारमा ल्यान प्रयत्न भइरहेको छ । गृहमन्त्री लामिछानेले सरकार गठन अघिको गृहमन्त्री अझै दावी गरिरहेको बुझिएको छ ।
संयन्त्रको अघिल्लो बैठकमा पनि रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल गर्दा रविले आफूलाई गृहमन्त्री पद नै दिुनपर्ने अडान राखेका थिए ।
सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन ७ दलका प्रतिनिधि सम्मेलित उच्चस्तरिय राजनीतिक संयन्त्र गठन गरिएको थियो ।
Categorized in राजनीति

