STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०७९ माघ १२, बिहिबार

    राष्ट्रपति र प्रधानमन्त्रीबाट वसन्त श्रवण

    काठमाडाैँ - राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर बिहीवार वसन्त श्रवण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले सरस्वती पूजाको अवसरमा सो उक्त स्थानमा पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै गर्दै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुग्नुभएकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामीसमेत अर्पण...

  • २०७९ माघ ९, सोमबार

    हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न

    काठमाडौं - भूकम्पले क्षतिग्रस्त बनाएका विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका ३८ वटा सम्पदाको पुनःनिर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त ७५ सम्पदामध्ये ३८ वटाको पुनःनिर्माण सम्पन्न भएको छ भने १४ वटाको पुनःनिर्माण जारी रहेको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । सङ्ख्यात्मक रुपमा पुनः निर्माण सम्पन्न भएका सम्पदा सङ्ख्या कम भन्दै केही निर्माणको काम...

  • २०७९ माघ १, आइतबार

    स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा

    शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो । शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई...

  • २०७९ पौष ३०, शनिबार

    कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

    काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ ।   ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो । अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार...

  • २०७९ पौष २९, शुक्रबार

    माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा

    काठमाडौं - थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥...

  • २०७९ पौष २८, बिहिबार

    संघहरु मध्ये जेठो केन्द्रीय मानन्धर संघले मनायाे ७०अाैं स्थापना दिवस

    नेपालमा खुल्ने गरेका सम्पूर्ण संघहरु मध्ये पहिलो भनिएको  केन्द्रीय मानन्धर संघले ७० अाैं स्थापना दिवस मनाएको छ । न्यूराेडस्थित पाक्व पुखुद्यां मानन्धर सनाः खलःकाे गुठी घरमा संघका संस्थापक सभापति भाजु देवीदास मानन्धरलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरेकाे हाे । केन्द्रीय मानन्धर संघ देशभरकाे सामुदायिकतर्फ सबभन्दा जेठाे संस्था हाे ।  मानन्धरहरू संगठित भइसकेपछि क्रमशः मारवाडी, गुरूङ, चित्रकार,...

  • २०७९ पौष २७, बुधबार

    काठमाडौंमा साईकल र ठेलामा व्यापार गर्न प्रतिवन्ध

    काठमाडौं - काठमाडौं महानगरपालिका क्षेत्रभित्र अबदेखि साईकल र ठेलामा ब्यापार गर्न प्रतिवबन्ध गरिएको छ । काठमाडौं महानगरले मंगलबार एक सुचना जारी गरी यस किसिमबाट व्यापार गर्न नपाईने बताएको छ । फुटपाथ, सडकेपटी, बाटो कब्जा गरेर गरिने व्यापारले सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेकोले निषेध गरेको महानगरपालिकाले जारी सुचनामा उल्लेख गरेको छ ।  सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने,...

  • २०७९ पौष २२, शुक्रबार

    स्थानीयमाथिको दमन बन्द गर्न शंखरापुर नगरप्रमुखको निर्देशन

    काठमाडौं - काठमाडौंको शंखरापुर बोझनीमा बनाउन लागिएको सबस्टेशन विवादको विषयमा शंखरापुर नगरपालिकाको ध्यानाकर्षण भएको छ । शुक्रबार नगरका नगरप्रमुख नरेश नापितले शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीयहरुमाथि हातहतियार देखाउने, अवाञ्छित बल प्रयोग र धरपकड गरिएकोबारे ध्यानाकर्षण जनाउँदै प्रहरी दमन तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्य अभिभावक हो तसर्थ नागरिकले आफ्नो अभिभावकबाट...

  • २०७९ पौष १८, सोमबार

    साँखुमा श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत शालीनदी मेलाको तयारी पुरा

    नेवार समुदायया सक्वः भनेर चिनिने काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस  २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । शुक्रबार...

  • २०७९ पौष १३, बुधबार

    ठमेलका अव्यवस्थित तार हटाइयो

    काठमाडौं - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र गुजुल्टिएर अव्यवस्थितरुपमा रहेको तार हटाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी प्रदायकसँगको सहकार्यमा अव्यस्थितरुपमा टाँगिएका विद्युत्, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित...

  • २०७९ पौष ११, सोमबार

    मानन्धरहरुको गुठीमा बाका भैरवको चर्चा

    काठमाडौंको ईन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारणसभा हालै  सम्पन्न भएको छ । गुठीको सो साधारण सभामा ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गरी कार्यक्रम गरेका छन् । कार्यक्रममा शिक्षासेवी विजय कुमार मानन्धरले ईन्द्रजात्राको क्रममा आकास भैरवसँगै प्रदर्शन गरिने बाका भैरवको महत्त्वको विषयमा प्रकाश पार्दै उहिले बाका भैरवले तत्कालीन काठमाडौं नगरको आधा भूभाग...

Pages