उपत्यका
-
२०७९ फाल्गुण १०, बुधबार
भक्तपुरमा भेटियो बर्डफ्लु, ११ हजार कुखुरा र चल्ला नष्ट
भक्तपुर । भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ । रातोपाटीस्थत तीन फार्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको पशुसेवा विभागले जनाएको छ । विभागका अनुसार सो स्थानमा सञ्चालनमा रहेका चाँगुनारायण पोल्ट्री एण्ड ह्याचरी उद्योग प्रालि,...
-
२०७९ फाल्गुण १०, बुधबार
भीमसेन मन्दिर पुनःनिर्माण समितिद्वारा पत्रकार महर्जन सम्मानित
ललितपुर पाटन मंगलबजार स्थित भीमसेन मन्दिरको पुनःनिर्माण सम्पन्न भएको अवसरमा आयोजित एक समारोहमा पुनःनिर्माण सरोकार समितिले सो पवित्र कार्यमा सहयोग पुर्याउनु हुन् महानुभावहरुको योगदानको कदर गर्दै सम्मान गरिएको छ । सरोकार समितिको साधारण सभाको अवसर पारेर आयोजना गरिएको सो समारोहमा पत्रकार सुनील महर्जनलाई सम्मान गरिएको छ। पाटन दरबार क्षेत्रमा अवस्थित सो मन्दिर उपभोक्ता मोडेलबाट पुनःनिर्माण गर्न विसं...
-
२०७९ फाल्गुण ३, बुधबार
आमा समुहको लागि क्षमता विकास तालिम कार्यक्रम
ललितपुरको अग्निशालास्थित मां पुचःमा आबद्ध महिलाहरुलाई लक्षित गरी क्षमता अभिवृद्धि तालिम सञ्चालन शुरु भएको छ । ललितपुर महानगरपालिका वडा नं. १९ को लागत साझेदारीमा बीस वर्षको विरासत भएको मां पुचःले एकहप्ते तालिम सञ्चालन गरेको हो । आमा समुहलाई स्थानिय भाषामा मां पुचः भनिन्छ । तालिम कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष राजेन्द्र महर्जनले स्थानिय महिला...
-
२०७९ फाल्गुण १, सोमबार
भोलिदेखि उपत्यकामा सार्वजनिक यातायात नचल्ने
ट्राफिक नियमको विरोध गर्दै यातायात मजदुर संगठनहरूले भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् । तीनवटा मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका हुन् । उनीहरूले विभिन्न १० बुँदे माग राखेका छन् । उता बालाजु...
-
२०७९ फाल्गुण १, सोमबार
बालाजुमा यातायात मजदुर र प्रहरीबीच झडप, प्रहरीका गाडीमा आगजनी
काठमाडौं - काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच झडप भएको छ । ट्राफिक नियमको विरोध गर्दै यातायात अवरुद्ध पारेर यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । सो क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । झडपका क्रममा आन्दोलनकारीले प्रहरीका गाडीमा आगजनी गरेका थिए । यसका साथै उनीहरूले त्यस क्षेत्रमा रहेकाे एउटा अस्थायी प्रहरी बिटमा समेत आगाे लगाएका थिए । प्रहरीका दुईवटा गाडीमा तोडफोड भएको...
-
२०७९ माघ २९, आइतबार
ललितपुरमा वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न
ललितपुर महानगरपालिका वडा ८ भोलढोकाका महिलाहरुको समूह भोलगणेश महिला समूहले आयोजना गरेको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । विभिन्न उमेर समूहका ३० प्रशिक्षार्थीहरुको सहभागितामा सम्पन्न उक्त प्रशिक्षण ललितपुर महानगरपालिका वडा ८ को सहयोगमा भएको थियो । प्रशिक्षण कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि वडा ८ का अध्यक्ष बाबुरत्न महर्जनले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण...
-
२०७९ माघ २७, शुक्रबार
राष्ट्रपतिको सवारीले सर्वसाधारणलाई सास्ती, डाक्टरलाई समेत हिँड्न राेकेपछि मुर्दावादकाे नाराबाजी
काठमाडौं - ड्युटीमा हिँडेका ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले कुटपिट गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा हिँडेका ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि प्रहरीले कुटपिट गरेको हो । ड्युटीमा जानैपर्ने बाध्यता भएपछि प्रहरीलाई डा. सिंह आइडी कार्ड देखाउँदै अस्पताल जाँदै थिए । तर, राष्ट्रपतिको सवारी हुँदा नहिँड्नु भनेको होइन भन्द्यै...
-
२०७९ माघ २७, शुक्रबार
विद्यासुन्दरले दिए बालेनलाई धन्यवाद
काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ । शाक्यले विहीबार सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै पूर्ववत सहमति अनुरुप महानगरपालिकाका मुख्य मुख्य क्षेत्रमा सडक बत्ती राख्ने कार्य शुरु गर्न लागिएकोमा आभार प्रकट गर्नुभएको हो । ‘ काठमाडौंका सडकहरु झिलिमिलि...
-
२०७९ माघ २५, बुधबार
मानन्धर संघद्वारा सामुदायिक ईहि संस्कारको आयोजना
केन्द्रीय मानन्धर संघको आयोजनामा सामुदायिक ईहि मुना कार्यक्रम भएको छ । नेवार समुदायका बालिकालाई रजश्वला हुनु अगाडी ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । संघले सांस्कृतिक परम्परालाई निरन्तरता दिनको लागि सातौं पटक ईहि मुना कार्यक्रम गरेको हो । कालिमाटीस्थित लुमन्ति घरको सभाहलमा मंगलबारदेखि सुरु भएको ईहि मुना कार्यक्रम माघ २५ गते बुधबार सम्पन्न भएको छ । कार्यक्रममा...
-
२०७९ माघ २१, शनिबार
काठमाडौँका ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण सुरू
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सेवा विस्तार गर्दै ३२ वटै वडा कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु गरेको छ । यही माघ १५ मा कामपाले नौवटा वडाहरु २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ बाट प्रारम्भ गरेको सेवा अहिले ३२ वटै वडा कार्यालयमा विस्तार गरेको हो । यही माघ १० देखि सबै वडाबाट परिचयपत्र वितरण गर्ने भनिए पनि प्राविधिक काम बाँकी रहेपछि पञ्जीकरण विभागसँग छलफल गरी सोमबार देखि सेवा सुरु...
-
२०७९ माघ १८, बुधबार
टुकुचा खोला उत्खनन अभियान : जग्गाधनीको पक्षमा उच्च अदालतको फैसला
काठमाडौं - उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको टुकुचा खोला उत्खनन अभियानमा ‘ब्रेक’ लगाएको छ । अदालतले काठमाडौं महानगरको टुकुचा खोला उत्खनन अभियान कानुनविपरीत रहेको ठहर गर्दै उक्त अभियान रोक्न आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरको उक्त अभियान कानुनविपरीत रहेको ठहर गर्दै जग्गाधनीको पक्षमा फैसला सुनाएको हो । काठमाडौं...
-
२०७९ माघ १५, आइतबार
काठमाडौंका मेयर साहविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन
काठमाडाैं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेलनले डोजर आतंक चलाएको भन्दै विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर मेयर साहले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।...


