उपत्यका
-
२०७९ चैत्र १३, सोमबार
चैत २७ गतेदेखि भक्तपुरमा बिस्केट जात्रा
काठमाडाैँ - यस वर्षको बिस्केटजात्रा चैत २७ गतेदेखि प्रत्येक नयाँवर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्वप्रसिद्ध बिस्केटजात्रा यस वर्ष चैत २७ गतेदेखि सुरु हुने भएको छ । नयाँ वर्षको चार दिन अगाडि भैरवको रथ तानेर सुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने र वैशाख १ गते दिनभर ल्यासिङ्खेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढालेर...
-
२०७९ चैत्र १३, सोमबार
सात दिनभित्र नदी किनार खाली गर्न महानगरकाे सुचना
काठमाडौँ - शनिबार गोरखापत्रमा सूचना जारी गर्दै महानगरले सात दिन भित्र नदी किनार खाली गर्न भनेको छ । महानगको पत्रलाई काउन्टर दिँदै अव्यवस्थित बसोबासी आन्दोलनमा उत्रिएका छन् । उनीहरुको सन्देश छ– महानगरले कसरी हटाउँदो रहेछ ? हटाओस् त । काठमाडौं महागनरभित्रका खोला नदी किनार अतिक्रमण गरेर बसोबास गर्नेहरुका लागि अहिले फेरि अर्को सूचना जारी भएको छ । एक पछि अर्को सूचना जारी हुने तर नदि किनार खाली चाहिँ...
-
२०७९ चैत्र १२, आइतबार
नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि सरकारद्वारा प्रतिष्ठान गठन गरिने
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले नेवार जातिको अध्ययन तथा अनुसन्धानका लागि प्रतिष्ठान गठन गर्ने बताउनुभएको छ । विश्व नेवार दिवसको अवसर पारेर शनिबार काठमाडौंको बसन्तपुरमा ‘सांस्कृतिक प्रवर्द्धनको लागि हलि नेवाः दिवस ‘ भन्ने नारा सहित आयोजित एक कार्यक्रममा बोल्दै उहाँले नेपालको सभ्यता, संस्कृति, इतिहास, भाषा, कला र साहित्यका निम्ति नेवारहरुले गरेको अनवरत सङ्घर्षको उच्च सम्मान गर्दै आफूले...
-
२०७९ चैत्र ७, मंगलबार
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
काठमाडाैं - राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलामा आयोजित यस वर्षको घोडेजात्रा कार्यक्रम सम्पन्न भएको छ । त्यस अवसरमा घोडा दौडका अतिरिक्त विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम प्रस्तुत गरियो । समारोहमा राष्ट्रपति पौडेलले म्युजिकल राइड र शो–जम्प खेलमा प्रथम र द्वितीय हुने प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो । शो–...
-
२०७९ चैत्र ७, मंगलबार
घोडे जात्रा र गुरुमापाको कथा
काठमाडौं- चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय...
-
२०७९ चैत्र ५, आइतबार
मध्यपुरको जीवित सम्पदा पाटी विहारमा दिपंकर बुद्धमूर्ति
मध्यपुर ठिमिको पाटी विहारमा भाजुराजमान र तेजमाया बाडेको श्रद्धा बमोजिम ७ फुटे दिपंकर बुद्ध स्थापना गरेको उपलक्ष्यमा सप्ताहव्यापी महापरित्राण कार्यक्रम भइरहेको छ । पाटी विहारमा स्थापना गरिएको दिपंकर बुद्ध काठमाडौंस्थित स्वयम्भू महाचैत्यको पश्चिम दिशामा अवस्थित सातौं शताब्दीमा निर्माण भएको दिपंकर बुद्धको प्रतिमूर्ति हो भने पाटी विहार सहयोग समितिको आयोजनामा २०७९ फागुन ३० देखि चैत ६ गतेसम्म...
-
२०७९ फाल्गुण २८, आइतबार
काठमाडौं महानगरले विस्तार गर्यो कम्पोष्ट मल बनाउने कार्य
काठमाडौं - काठमाडौं महानगरपालिकाले कुहिने फोहरको थप व्यवस्थापन गर्ने उल्लेख गर्दै कम्पोष्ट मल बनाउने कार्यलाई विस्तार गरेको छ । यसअघि टेकुस्थित ट्रान्सफर स्टेशनमा एक स्थानबाट मात्रै कुहिने फोहरबाट मल बनाउन सुरु गरेको कामपाले पुनः टेकुमा नै अर्को एक स्थानमा कुहिने फोहरबाट कम्पोष्ट मल बनाउने कार्यको थालनी गरेको छ । परीक्षणका रूपमा टेकुबाट सुरु गरिएको मल उत्पादन प्रक्रिया उपत्यकाको अन्य स्थान र...
-
२०७९ फाल्गुण २७, शनिबार
ताम्रकार समाज सञ्चारमाध्यमसंग सहकार्य गर्न तत्पर
नेपाल भनेको भाषा, संस्कृति र सम्पदा तथा जातिय विविधता भएको देश हो भने यसको संरक्षणसंगै स्थानीय सरोकारको विषयलाई सम्बन्धित निकायबाट सम्बोधन गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने कुरा ताम्रकार समाजले शुक्रबार आयोजना गरेको नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा वक्ताहरुले अभिव्यक्त गरेका छन् । समाजका अध्यक्ष विनोद ताम्रकारको सभापतित्वमा...
-
२०७९ फाल्गुण २४, बुधबार
काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा
काठमाडौँ - काठमाडौँ उपत्यकामा पछिल्लो चार दिनयता वायु प्रदूषण निरन्तर बढ्दै गएको पाइएको छ । यो क्रम बढेर बुधवार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले देखाएको छ । उक्त तथ्यांकअनुसार वायुको गुणस्तर सूचकाङ्क अस्वस्थकर देखिएको छ । आईक्यूएयरका अनुसार बुधवार अपराह्न १ः३५ बजे काठमाडौँको अमेरिकन एम्बेसी अगाडिको...
-
२०७९ फाल्गुण १५, सोमबार
अस्पतालजन्य फोहोर बञ्चरेडाँडा पुर्याउनेलाई ५० हजार जरिवाना
काठमाडौं - काठमाडौं महानगरपालिकाले अन्तिम फोहोर विसर्जन स्थल बञ्चरेडाँडामा अस्पतालजन्य हानिकारक फोहर पुर्याउनेलाई रु ५० हजार जरिवाना गरेको छ । कामपा–५ मा रहेको सुनौलो परिवार नेपालले स्वास्थ्य उपचारका क्रममा प्रयोग गरिएका सिरिञ्ज अस्पतालजन्य फोहर बञ्चरेडाँडा पुर्याएको भन्दै रु ५० हजार जरिवाना गरिएको कामपा वातावरण विभागका प्रमुख रबीनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार, कानुनले वर्जित गरेका फोहर...
-
२०७९ फाल्गुण १५, सोमबार
सम्पदास्थलहरु सरसफाईमा अग्रसर ताम्रकार समाज
ललितपुरको ताम्रकार समाजको अग्रसरतामा महिनामा एकदिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धार्मिकस्थलहरुको सरसफाई कार्यक्रम सन्चालन भईरहेको छ । यस अन्तर्गत मंसिर महिनामा पाटनको मच्छिन्द«बहाल परिसर, पुष महिनामा मीननाथ बहाल परिसर, माघ महिनामा महालक्ष्मीस्थान परिसर तथा फागुन महिनामा लगनखेलस्थित बटुकभैरवनाथस्थल तथा अशोक स्तुपा परिशरको सरसफाई सम्पन्न गरीसकेका छन् । प्रत्येक पटकको सरसफाईमा समाजका ५० देखि ६०...
-
२०७९ फाल्गुण १४, आइतबार
धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता विषयमा बृहत अन्तर्क्रिया सम्पन्न
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा ‘धर्मादित्य धर्माचार्य र मातृभाषा पत्रकारिता’ विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिलको हलमा शुक्रबार सम्पन्न कार्यक्रममा बोल्दै सहभागीहरुले मातृभाषा पत्रकारिता विकासका लागि प्रेस काउन्सिल, नेपाल आदिबासी पत्रकार महासंघ फोनिज का साथै मातृभाषी पत्रकारहरुको...


