उपत्यका
-
२०७९ माघ १, आइतबार
स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा
शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो । शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई...
-
२०७९ पौष ३०, शनिबार
कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम
काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ । ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो । अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार...
-
२०७९ पौष २९, शुक्रबार
माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा
काठमाडौं - थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥...
-
२०७९ पौष २८, बिहिबार
संघहरु मध्ये जेठो केन्द्रीय मानन्धर संघले मनायाे ७०अाैं स्थापना दिवस
नेपालमा खुल्ने गरेका सम्पूर्ण संघहरु मध्ये पहिलो भनिएको केन्द्रीय मानन्धर संघले ७० अाैं स्थापना दिवस मनाएको छ । न्यूराेडस्थित पाक्व पुखुद्यां मानन्धर सनाः खलःकाे गुठी घरमा संघका संस्थापक सभापति भाजु देवीदास मानन्धरलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरेकाे हाे । केन्द्रीय मानन्धर संघ देशभरकाे सामुदायिकतर्फ सबभन्दा जेठाे संस्था हाे । मानन्धरहरू संगठित भइसकेपछि क्रमशः मारवाडी, गुरूङ, चित्रकार,...
-
२०७९ पौष २७, बुधबार
काठमाडौंमा साईकल र ठेलामा व्यापार गर्न प्रतिवन्ध
काठमाडौं - काठमाडौं महानगरपालिका क्षेत्रभित्र अबदेखि साईकल र ठेलामा ब्यापार गर्न प्रतिवबन्ध गरिएको छ । काठमाडौं महानगरले मंगलबार एक सुचना जारी गरी यस किसिमबाट व्यापार गर्न नपाईने बताएको छ । फुटपाथ, सडकेपटी, बाटो कब्जा गरेर गरिने व्यापारले सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेकोले निषेध गरेको महानगरपालिकाले जारी सुचनामा उल्लेख गरेको छ । सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने,...
-
२०७९ पौष २२, शुक्रबार
स्थानीयमाथिको दमन बन्द गर्न शंखरापुर नगरप्रमुखको निर्देशन
काठमाडौं - काठमाडौंको शंखरापुर बोझनीमा बनाउन लागिएको सबस्टेशन विवादको विषयमा शंखरापुर नगरपालिकाको ध्यानाकर्षण भएको छ । शुक्रबार नगरका नगरप्रमुख नरेश नापितले शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीयहरुमाथि हातहतियार देखाउने, अवाञ्छित बल प्रयोग र धरपकड गरिएकोबारे ध्यानाकर्षण जनाउँदै प्रहरी दमन तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्य अभिभावक हो तसर्थ नागरिकले आफ्नो अभिभावकबाट...
-
२०७९ पौष १८, सोमबार
साँखुमा श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत शालीनदी मेलाको तयारी पुरा
नेवार समुदायया सक्वः भनेर चिनिने काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । शुक्रबार...
-
२०७९ पौष १३, बुधबार
ठमेलका अव्यवस्थित तार हटाइयो
काठमाडौं - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र गुजुल्टिएर अव्यवस्थितरुपमा रहेको तार हटाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी प्रदायकसँगको सहकार्यमा अव्यस्थितरुपमा टाँगिएका विद्युत्, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित...
-
२०७९ पौष ११, सोमबार
मानन्धरहरुको गुठीमा बाका भैरवको चर्चा
काठमाडौंको ईन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । गुठीको सो साधारण सभामा ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गरी कार्यक्रम गरेका छन् । कार्यक्रममा शिक्षासेवी विजय कुमार मानन्धरले ईन्द्रजात्राको क्रममा आकास भैरवसँगै प्रदर्शन गरिने बाका भैरवको महत्त्वको विषयमा प्रकाश पार्दै उहिले बाका भैरवले तत्कालीन काठमाडौं नगरको आधा भूभाग...
-
२०७९ पौष ८, शुक्रबार
भक्तपुरमा महिला क्षमता अभिवृद्धि तालिम
भक्तपुरको टिगनीमा महिला तथा बेरोजगार युवाहरु लक्षित क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । मध्यपुर थिमि नगरपालिका वडा नं. ९ संगको संयुक्त प्रयासमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन आरम्भ गरेको हो । तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानिय महिला तथा युवाको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको...
-
२०७९ पौष ६, बुधबार
झण्डै सात लाखले चालक अनुमतिपत्र पाउन बाँकी
काठमाडौँ, सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । अहिले विभागसँग भएको ‘मास प्रिन्टर’को छपाई गर्ने...
-
२०७९ पौष ६, बुधबार
धोबीखोला किनारका अतिक्रमित संरचना हटाउँदै महानगर
काठमाडौं - काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ । १० नम्बर वडाको देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाउन महानगरले डोजर चलाएको हो । सार्वजनिक जग्गामा बनेका घर टहरासहित मापदण्ड विपरीतका होर्डिङ बोर्ड र फुटपाथ व्यवसाय हटाइँदैछ ।


