STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भीमसेन मन्दिर पुनःनिर्माण समितिद्वारा पत्रकार महर्जन सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १०, बुधबार

ललितपुर पाटन मंगलबजार स्थित भीमसेन मन्दिरको पुनःनिर्माण सम्पन्न भएको अवसरमा आयोजित एक समारोहमा पुनःनिर्माण सरोकार समितिले सो पवित्र कार्यमा सहयोग पुर्याउनु हुन् महानुभावहरुको योगदानको कदर गर्दै सम्मान गरिएको छ । सरोकार समितिको साधारण सभाको अवसर पारेर आयोजना गरिएको सो समारोहमा पत्रकार सुनील महर्जनलाई सम्मान गरिएको छ।

पाटन दरबार क्षेत्रमा अवस्थित सो मन्दिर उपभोक्ता मोडेलबाट पुनःनिर्माण गर्न विसं २०७२ सालको भूकम्पछिदेखि नै पत्रकारिता मार्फत महत्वपूर्ण योगदान पुर्याएको कार्य को कदर गर्दै महर्जनलाई सम्मान गरिएको हो।उहाँ नेपाल समाचारपत्रका सहायक सम्पादक  तथा नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सो मन्दिर क्षतिग्रस्त भएको थियो । 

ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा गठित सो समितिले पाटन संग्रहालय परिसरमा मंगलबार आयोजना गरेको एक समारोहकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले पत्रकार महर्जनलाई कदरपत्र प्रदान गर्नुभयो ।

समारोह समितिका अध्यक्ष कृष्णलाल महर्जनले सो मन्दिरको पुनःनिर्माण सम्पदा संरक्षणमा निजी क्षेत्र र स्थानीयको भूमिकाको ठोस उदाहरण रहेको बताउनुभयो। 

भीमसेन मन्दिर पुनःनिर्माणले सम्पदा संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण रहेको पुष्टि गरेको पनि अध्यक्ष महर्जनको भनाई रहेको छ।

मन्दिर पुनःनिर्माणको कूल लागत ४ करोड ९३ लाख रकममध्ये अधिकांश रकम जनस्तरको रहेको छ।सो अवसरमा मन्दिर पुनःनिर्माण गर्ने कालिगढहरुलाई पनि सम्मान गरिएको थियो । भीमसेन मन्दिर पुनर्निमाणमा सहयोग पुर्याउनु हुने  आर्थिक सहयोग पुर्याउनु हुने चन्दादाताहरू  तथा नेपाल सरकार पुरातत्व विभाग, ललितपुर महानगरपालिका, मंगल टोल सुधार संघ, विभिन्न संघ संस्था लगायत सम्पूर्ण सहयोगीहरू लाई धन्यवाद स्वरुप सम्मान गरिएको हो ।

Categorized in उपत्यका