उपत्यका
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौँ ७ प्रदेश (क) मा वसन्त मानन्धर विजयी
काठमाडौँ - काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज बुधबार बिहान सम्पन्न प्रदेशसभा (१)को मतगणनामा एकीकृत समाजवादीका मानन्धरले चार हजार एक सय ५३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै नेकपा (एमाले)का उम्मेदवार जीवन मानन्धरले तीन...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं ८ : रास्वपाका विराजभक्त श्रेष्ठ निर्वाचित
काठमाडौँ - काठमाडौं क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यकामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । घण्टी चुनाव चिह्नबाट उनी १० हजार १०५ मतसहित विजयी भएका हुन् । उनीसँग हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी पराजित भएका छन् । सायमी ४ हजार २ सय १६ मतान्तरले पराजित भए । उनले ५ हजार ८ सय ८९ मत पाएका छन् ।
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं क्षेत्र २ : रास्वपाकी सोविता गौतम निर्वाचित
प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उम्मेदवार सोविता गौतम निर्वाचित भएकी भएकी छिन्। निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं ७ - रास्वपाका गणेश पराजुली विजयी
काठमाडौं - काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । आज बिहान सम्पन्न प्रतिनिधिसभा उम्मेदवारको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पराजुलीले आठ हजार सात सय ४३ मत ल्याई विजयी भएकाे निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन् । दोस्रो मत नेकपा (एमाले)का उम्मेदवार श्यामकुमार घिमिरेले प्राप्त गरे । उनले छ हजार आठ सय र लोकतान्त्रिक–वाम गणबन्धनकी...
-
२०७९ मङ्सिर ७, बुधबार
काठमाडौं–६ प्रदेश (१)मा कांग्रेसकी हरिप्रभा खड्गी विजयी
काठमाडौं - काठमाडौँ क्षेत्र नं ६ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसकी उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी विजयी भएकी छन्। गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आज राति सम्पन्न प्रदेशसभा (१)को मतगणनामा कांग्रेसकी खड्गीले चार हजार तीन सय ५६ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए । यस्तै नेकपा (एमाले)का उम्मेदवार निरेशलालसिंह महर्जनले तीन हजार नौ सय...
-
२०७९ मङ्सिर ६, मंगलबार
मतदाताले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु : कृष्णगाेपाल श्रेष्ठ
काठमाडाैँ - नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।” नवनिर्वाचित...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं ९ बाट एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
काठमाडौं - काठमाडौंको क्षेत्र नम्बर ९ मा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गर्दै एमालेका श्रेष्ठले विजयी हासिल गरेका हुन् । श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन् । पराजित टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन् । यसअघि श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं-८ (क) : लौराे लिएका शैलेन्द्रमान बज्राचार्य विजयी
काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर काठमाडौं-८(क)मा हाम्रो नेपाली पार्टीका शैलेन्द्र मान बज्राचार्य विजयी भएका छन्। बजाचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजेश शाक्यले ३७११ मतका ल्याएका छन् । सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३६७० मत ल्याएका छन् ।
-
२०७९ मङ्सिर ६, मंगलबार
ललितपुर ३ - फराकिलाे मतान्तरबाट तोसिमा कार्की अगाडि
काठमाडौं - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं ८ - सुमनलाई पछि पार्दै घण्टीका विराजले लिए पुनः अग्रता
काठमाडौँ ८ मा मंगलबार बिहान ४.१५ बजेसम्म १४ हजार ५०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएको छ । श्रेष्ठले ४५६३ मत प्राप्त गरेका छन् । यसैगरी यसअघि अग्रता लिइरहेका हाम्रो नेपाल पार्टीका सुमन सायमी यसपटक दाेस्रो स्थानमा आएका छन् । उनकाे लौरो चिन्हले ३ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवसुन्दर राज वैद्यले १८ सय ४०, जसपाका जीवनराम श्रेष्ठले १८ सय ४४...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी
काठमाडौं - काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् । सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए । सिंहले झिनाे मतान्तरले मिश्रलाई हराएका हुन् । सिंह १२५ मत अन्तरले विजयी भएका छन् । सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार १८ मत प्राप्त गरे।
-
२०७९ मङ्सिर ६, मंगलबार
ललितपुर- २ मा एमालेका प्रेम महर्जन निर्वाचित
ललितपुर - नेकपा एमालेले पनि ललितपुर- २ बाट विजयकाे खाता खाेलेकाे छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् ।सोमबार राति सम्पन्न मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा...


