STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको सचिवालय गठन

Janjati Khabar – Janjati Khabar | २०७९ मङ्सिर २५, आइतबार

सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको  मंसिर २४ गते च्याप्टरका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता र च्याप्टर अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा च्याप्टरको सचिवालय गठन गरिएको छ ।  

सचिवालय को संयोजकमा प्रकाश  सिलवाल रहने भएको छ । सचिवालय मा संगठन विभाग रूपेश आचार्य ,  प्रचार प्रसार विभाग रत्नकाजी महर्जन ,  आर्थिक विभाग सुरेन्द्र भक्त श्रेष्ठ  लाई तोकिएको छ भने  सदस्यहरुमा नृपेन्द्रलाल श्रेष्ठ , कविता थापा , सुनिल महर्जन र माधव तिवारी लाई तोकेको छ भने— बाँकी पाँच जना सदस्यको स्थान हाललाई रिक्त राखी पछि पूर्ति गर्ने कुरा सम्बन्धित स्रोतले जानकारी गराएको छ ।  

यस्तैगरी सो च्याप्टरको हालै बसेको बैठकले भारतको राजधानी नयाँ दिल्लीमा आगामी आगामी जनवरी १० देखि ११ सम्म आयोजना हुने सार्क जर्नालिजम कन्फ्रेन्समा नेपालका तर्फबाट सक्रियता पुर्वक भागलिने र त्यसका लागि आवश्यक संयोजन र पुर्वतयारी गर्ने निर्णय समेत गरेको कुरा सो च्याप्टरले जनाएको छ ।

Categorized in उपत्यका