STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० बैशाख ३०, शनिबार

    बालेनले ल्याए काठमाडौं उपत्यकाभित्र नि:शुल्क एम्बुलेन्स सेवा

      काठमाडौं - काठमाडौं महानगरका प्रमुख बालेन शाहले काठमाडौं उपत्यकाका लागि निशुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याएका छन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै काठमाडौं उपत्यकाभित्र कुनै पनि ठाउँमा जान निशुल्क एम्बुलेन्स सेवा संचालन आरम्भ भएको घोषणा गरेका हुन् । ‘काठमाडौ भरी सेवा लिनका लागि २४ घन्टा नै १०२ मा कल गरेर निकुल्क एम्बुलेन्स सेवा लिन सक्नु हुन्छ । यो सुबिधा प्रयोग गरे बापत कुनै...

  • २०८० बैशाख २६, मंगलबार

    महिलाले ताने रातो मच्छिन्द्रनाथको रथ

    काठमाडौं - रातो मच्छिन्द्रनाथ र याक मिसाको प्रतिमूर्ति स्थापनापछि उत्पन्न पाँचमहिने लामो विवाद समाधान भई आज बिहान कीर्तिपुरका महिलाले रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा (देय् पिसाः) सम्पन्न भएको छ । महिलाले रातो मच्छिन्द्रनाथको रथलाई थति टोलबाट जाउलाखेलसम्म तानेका थिए । कीर्तिपुर नगरपालिका–२ स्थित ‘प्यंगःथाँ’ (सांस्कृतिक चोक)मा स्थानीय सुखी गंछेँ मच्छिन्द्रनाथ र याक मिसा(कन्या कुमारी) को...

  • २०८० बैशाख २६, मंगलबार

    काठमाडौँ महानगरद्वारा टुकुचा खोलामाथिका जग्गाको लगत कट्टा गर्न पत्राचार

    काठमाडौं - काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा...

  • २०८० बैशाख २५, सोमबार

    महानगरपालिका अव्यवस्थित तार आजदेखि हटाउँदै

    काठमाडौं - काठमाडौँ महानगरपालिकाभित्रका अव्यवस्थित तार आजदेखि हटाउन सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधि र महानगरपालिकाबीच आइतबार भएको छलफलमा आजदेखि महानगर क्षेत्रका अव्यवस्थित तार हटाउन प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनी सहमत भएपछि तार हटाउन सुरु गरिएको हो । महानगर बलका प्रहरी उपरीक्षक मनोज लामिछानेका अनुसार आज बिहान ८ बजेदेखि माइतीघर मण्डला र...

  • २०८० बैशाख २४, आइतबार

    टुकुचा खाेलामा महानगरको कदम सही : बालेन्द्र शाह

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले टुकुचा खोलामा महानगरले चालेको कुनै पनि कदम खेर नगएको बताएका छन् । उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको भन्दै उनले महानगरको कदम सही थियो भन्ने पुष्टि भएको दाबी गरे । मेयर शाहले लेखेका छन् -‘केहीदिन अघि सार्वजनिक भएको उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठले...

  • २०८० बैशाख १८, सोमबार

    भाषा निभा प्रेमबहादुर कंसाकारको जन्मजयन्ती सम्पन्न

    भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्मोत्सवको अवसरमा विविध सांस्कृतिक र साहित्यिक कार्यक्रम गरीएको छ । प्रजातन्त्र सेनानी ,भाषा निभा प्रेमबहादुर कंसाकारको १०६ अ‍ौं जन्म जयन्ती को कार्यक्रम रत्न राज्यलक्ष्मी क्याम्पसकाे नेपाली तथा नेपालभाषा विभाग  र सुकुन्दा साहित्य पाला को संयुक्त आयोजनामा अाइतबार क्याम्पस सभाहलमा सम्पन्न भएको हो । सुकुन्दा साहित्य पालाका संचिव  रिदेन महर्जनको संयोजनमा...

  • २०८० बैशाख १५, शुक्रबार

    काठमाडौं महानगरले रोक लगायो बाह्य विज्ञापन

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामपाले भनेको छ । २०७९ चैत ३० गते प्रकाशन भएको स्थानीय राजपत्रमा समावेश ‘...

  • २०८० बैशाख १४, बिहिबार

    बालाजुको कोतः धुकु आयल स्टोरमा शिलबन्दी

    काठमाडौ - काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो । नेपाल आयल निगमको साधारण विक्रेता रहेको आयल स्टोरको पेट्रोलियम पदार्थ विक्री गर्न मापदण्ड नपुगेकाले आज शिलबन्दी गरिएको महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । पम्प घरको सटरबाट सञ्चालनमा थियो...

  • २०८० बैशाख १०, आइतबार

    अक्षय त्रितीया पर्व मनाइँदै

    बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय त्रितीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ ।   सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जाँै र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो । यस पर्वमा सर्वत ख्वाइँदा  अक्षय ९कहिल्यै नास नहुने० पुण्यप्राप्त हुने मैथिल...

  • २०८० बैशाख ८, शुक्रबार

    सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं - सर्वोच्च अदालतले सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको सर्वोच्चका प्रवक्ता विमल पौडैलले जानकारी दिए। यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफुलाई असहयोग गरेको भन्दै सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए । मेयरको उक्त निर्णयविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले...

  • २०८० बैशाख ८, शुक्रबार

    काठमाडौँ महानगरद्वारा वायु प्रदूषण कम गर्न नागरिक समाज सञ्जाल गठन

    काठमाडौँ– वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ । समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागिता रहेको बैठकमा कामपा वातावरण व्यवस्थापन विभागले निरु महर्जनको...

  • २०८० बैशाख ४, सोमबार

    सिंहदरबारभित्रको फोहोर नउठेपछि काठमाडौं महानगरविरुद्ध सर्वाेच्चमा रिट

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले सिंहदरबारभित्रको फोहोर नउठाएपछि काठमाडौं महानगरपालिकाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । काठमाडौं महानगरले सिंहदरबारभित्रको फोहोर नउठाएपछि आइतबार अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरविरुद्ध रिट दायर गरेका हुन् । दर्ता भएको रिट निवेदनमाथि मंगलबार प्रारम्भिक सुनुवाइ हुँदैछ । रिटमा जनस्वास्थ्यमा गम्भीर असर परेको अधिवक्ता...

Pages