उपत्यका
-
२०८० श्रावण २१, आइतबार
टोखाभित्र सार्वजनिकस्थलमा धूमपान गरे कारबाही
टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तिजन्य पदार्थ ९नियमन तथा नियन्त्रण गर्ने ऐन, २०६८ ९प्रथम संशोधन २०७६ सहित० मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिकस्थलबाट एकसय मिटर वरपरको क्षेत्रभित्र सूर्तिजन्य पदार्थको बिक्री वितरण गरेमा कानुन बमोजिम...
-
२०८० श्रावण १९, शुक्रबार
मध्यपुरथिमिको सडक अपाङ्ग मैत्री बनाइँदै
काठमाडौं - मध्यपुरथिमि नगरपालिकाका सडक अपाङ्ग मैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडक धमाधम अपाङ्गमैत्री बनाउन थालिएको हो । सडकको दुवैतर्फ पैदलमार्ग निर्माण गर्ने र सो पैदलमार्गको बीच भागमा पहेँलो रेखाङ्कन गरिएको छुट्टै लाइन ट्याकटायल निर्माण गरी दृष्टिविहीनलाई पनि पैदल हिँड्न सहज हुनेगरी सडकलाई अपाङ्गता मैत्री बनाउन थालिएको नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का...
-
२०८० श्रावण १७, बुधबार
काठमाडौँ–भक्तपुर सडक खण्डमा खाल्डाखुल्डी
अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–भक्तपुर छ लेनको सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेका छन् । ओभरल्याप पिच पिचमाथि गरिएको पिच गरेको दुई वर्षमा उक्त सडक भत्किएर खाल्डाखुल्डी पर्न थालेको हो । अत्यधिक मात्रामा सडकमा खाल्डाखुल्डी पर्न थालेपछि दुर्घटनाको जोखिम बढेको स्थानीय बताउँछन् । उक्त सडकको थिमि चारदोबाटो–शङ्खधरचोक खण्ड, थिमि–कौशलटार खण्डलगायत अधिकांश स्थानमा खाल्डाखुल्डी पर्नुका...
-
२०८० श्रावण १३, शनिबार
काठमाडौंको इतुम्बहालमा ऐतिहासिक सम्पदा संग्रहालय
काठमाडौंको इतुम्बहाललाई राजधानीका बौद्ध विहारहरुमध्येको सबैभन्दा ठुलो र पुरानो महाविहार मानिन्छ । प्राचीन इतिहास बोकेको इतुम्बाहाः आफैमा सिंगो सङग्रहालय हो । मूर्तअमूर्त सम्पदाले भरिपूर्ण भएको कारण इतुम्बहाः अर्थात् केशचन्द्र पारावत् महाविहार समृद्ध छ । यस महाविहारमा नेवार बौद्ध धर्मालम्बीहरुसँग सम्बन्धित इतिहास, संस्कृति, रहनसहन, महायान, वज्रयान बौद्धहरुको जीवनशैली, संस्कारसम्बन्धी...
-
२०८० श्रावण १२, शुक्रबार
नगरवासीलाई कृषिमा आत्मनिर्भर बनाउन टिकाथलिमा भाजु तरकारी व फलफूल बजार
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाका वडा ५ टिकाथलिको बुद्ध पार्टि पाएलेस जाने सुविधा सम्पन्न र व्यवस्थित रुपमा एउटा बृहत बजार खुलेको छ । नयाँ खुलेको उक्त भाजु तरकारी तथा फलफूल बजारको महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठबाट उदघाटन गरिएको छ । महालक्ष्मी नगरपालिका विशेषगरी कृषि उब्जनिका लागि प्रसिद्ध ठाउँ हो भने टिकाथलि त तरकारी खेतिका निमित्त उर्बर भुमि मानिने उदगार व्यक्त गर्दै...
-
२०८० श्रावण ११, बिहिबार
तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह
काठमाण्डौ महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न–बुझाउनपर्ने सम्पत्ति कर–बहाल कर÷व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १०...
-
२०८० श्रावण ११, बिहिबार
टोखा नगरपालिकाले हटायाे मिचेर बनाइएका संरचना
काठमाडौँ - टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए । “संरचना...
-
२०८० श्रावण १०, बुधबार
तथ्याङ्कमा काठमाडौँ जिल्लाः जनघनत्व र जनसङ्ख्या सबैभन्दा बढी
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार सङ्घीय राजधानी काठमाडौँ सबैभन्दा धेरै जनसङ्ख्या र जनघनत्व भएको जिल्ला हो । देशका अरू जिल्लाको तुलनामा काठमाडौँमा सबैभन्दा धेरै २० लाख ४१ हजार पाँच सय ८७ जनसङ्ख्या रहेको छ । सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ जना छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको...
-
२०८० श्रावण ८, सोमबार
साउनको दोस्रो सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड
सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । पशुपति क्षेत्रमा अहिले पनि लाखौँ भक्तजन पूजा, आरधना एवं दर्शनका लागि लाममा बसेका छन् ।सोमबारका अवसरमा आज पशुपतिनाथमा...
-
२०८० श्रावण ७, आइतबार
जथाभावी पोस्टर टाँसेपछि फिल्म ‘बगान’लाई महानगरको ५० हजार जरिवाना
काठमाडौं - काठमाडौं महानगरपालिकाले फिल्मको पोष्टर टाँसेर प्रदूषण गरेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । महानगरपालिकाले नेपाली चलचित्र ‘बगान’को निर्माण कम्पनीले जथाभावी टाँसेको भन्दै ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । फिल्मको निर्माण कम्पनी नेपाली वेवसाइट मिडिया हाउस प्रालिलाई महानगर प्रहरी बलले प्रशासनिक दण्ड जरिवाना अन्तर्गत जरिवाना गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । ‘दुष्य...
-
२०८० श्रावण ७, आइतबार
नापतौलमा ठगी गर्ने ११ हजार व्यापारीलाई कारबाही
गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने एघार हजार चार सय ९१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७९÷८० मा अनियमित रूपमा नाप्ने÷तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको हो । कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका...
-
२०८० श्रावण ६, शनिबार
उपत्यकामा थुप्रिएको फोहर जान थाल्यो बन्चरेडाँडा
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए । यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए । केही दिन अघि फोहर...


