STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० आश्विन १०, बुधबार

    मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

    काठमाडौँ, १० असोजकाठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।    सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन...

  • २०८० आश्विन ९, मंगलबार

    ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन

    काठमाडौं- साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान उपमेयर सुनिता डंगोल अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन साहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट...

  • २०८० आश्विन ९, मंगलबार

    हनुमानढोकामा यःसिँ उठाएसँगै शुरु भयो यँयाः (इन्द्रजात्रा)

    काठमाडौँ  - हनुमानढोकामा यःसिँ ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको यःसिँ ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ ।  इन्द्रजात्रालाई नेपालभाषामा ‘येंयाः’ भनिन्छ । यँको अर्थ यँमाःद्यः अर्थात् इन्द्र देउता र याः भनेको यात्रा वा जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर...

  • २०८० आश्विन ८, सोमबार

    ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

    काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट  पाहुना आउने भएका छन् ।     काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।  महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उहाँको भनाइ छ ।जात्राको गरिमालाई...

  • २०८० आश्विन ७, आइतबार

    तलेजु दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरमा

      भक्तपुर - पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर आएका छन्। भक्तपुरवासीको निमन्त्रणामा पूर्वराजा शाह यहाँ आएका हुन्। स्थानीयहरूले शाहलाई विशेष सम्मान गर्दै नेपालको झण्डासहित भव्य स्वागत गरेका थिए। पूर्वराजा शाहलाई स्वागत गर्न समर्थकहरूको भीड लागेको थियो। स्वागतका क्रममा समर्थकहरूले 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ', 'राजा आउ, देश बचाउ'लगायतका नारा लगाएका थिए। शाहले भक्तपुरको दरबार...

  • २०८० आश्विन ३, बुधबार

    द्रुत बस सेवा सञ्चालन शुभारम्भ

    काठमाडौँ– काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ गरिएको छ । संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गरेका हुन् । १३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ । द्रुत बस सेवा सञ्चालन...

  • २०८० आश्विन २, मंगलबार

    काठमाडौं-भक्तपुर सडकमा डेडिकेटेड लेन

    काठमाडौं- काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि डेडिकेटेड लेन बनाउने कार्य जारी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने  योजनाअनुसार भोलि बुधबारदेखि सञ्चालन गर्न लागिएको रत्नपार्कदेखि सूर्यविनायकसम्मका लागि बस सेवाको डेडिकेटेड लाइन तयार भइरहेको हो । अहिले पनि ‘रेड मार्क’ लगाउने कार्य जारी छ । कार्यालयका प्रहरी...

  • २०८० आश्विन २, मंगलबार

    मनाइयो गणेश चतुर्थी पर्व

    काठमार्डौँ, प्रथमपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ ।   सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, धनगणेश, जलविनायक, कार्यविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइएको हो ।...

  • २०८० भाद्र २७, बुधबार

    गोकर्णेश्वर मेलाको तयारी पूरा

    काठमाडौं - प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा यही भदौ २८ गते...

  • २०८० भाद्र २६, मंगलबार

    काठमाडौँ महानगरले सार्वजनिक गर्‍यो तत्काल गर्नुपर्ने कामको सूची

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा तत्काल थाल्नुपर्ने ७१ वटा कामको सूची सार्वजनिक गरेको छ ।  महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले कामको सूची सार्वजनिक गर्दै कुनै कारणले पनि निर्धारित कार्यक्रममा ढिलाइ नगर्न सबै विभागीय प्रमुखलाई निर्देशनसमेत दिनुभएको छ । तत्काल गर्नुपर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान, विद्युतीय सेवा सञ्चालन, कार्यालय परिसर र सहरी क्षेत्रमा पार्किङ...

  • २०८० भाद्र २४, आइतबार

    संस्कृतिको सम्बर्द्धन गर्न मच्छेगाउँमा लाखे नाच

    नेपाल साँस्कृतिक कला मन्दिर मच्छेगाउँ कोआयोजनामा हुने ‘लाखे नाच’प्रदर्शनी यसपटक आगामी असोज ५ र ६ गते हुने भएको छ । उक्तप्रदर्शनीमा देशभरका नेवार समुदायबाट प्रदर्शनीकालागि लाखे ल्याइने भएकोछ । चन्द्रागिरि नगरपालिका९, मच्छेगाउँमाआयोजनाहुने यस पटकको प्रदर्शनीमा ४२ समूहले लाखे नाच प्रदर्शन गर्ने आयोजक संस्थाका अध्यक्ष रमेश शाहीले जानकारी दिएका छन् । आधुनिक संस्कार र संस्कृतिमा रमाइरहेका युवाजमातलाई...

  • २०८० भाद्र २४, आइतबार

    विभिन्न मानन्धर समूहद्वारा धाः बाजा प्रदर्शन

    देशभरका मानन्धरहरुको साझा संस्था केन्द्रीय मानन्धर संघले बसन्तपुरमा सामुहिक धाः बाजा प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ । काठमाडौं उपत्यका र काभ्रे जिल्लामा सघन बसोबास गर्दै आएका मानन्धरहरुले बाजा प्रर्दशनीमा सहभागिता जनाएका हुन् । काठमाडौंको लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी,...

Pages