STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भोलि अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ६, बुधबार

काठमाडौं- ट्राफिक प्रहरीले भोलि काठमाडौंमा अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कन आग्रह गरेको छ ।

बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सूचना प्रकाशित गर्दै सडकको अवस्था बुझेर मात्र सवारीसाधन लिएर निस्कन अनुरोध गरेको हो ।

मंसिर ७ गते (भोलि) काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले विरोध प्रदर्शनका छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका छन् । सोही कारण काठमाडौं उपत्यकामा सवारी आवागमनमा असहजता हुन सक्ने सूचनामा उल्लेख छ ।

‘...अत्यावश्यक काममा मात्र सवारीसाधन लिएर निस्कनु हुन र सडकमा निस्कनुपूर्व १०० वा १०३ मा टेलिफोन गर्नुहुन र ट्राफिक एफएम ९५.५ मेगाहर्ज सुनी सडकको अवस्थाको जानकारी लिएर मात्र निस्कनु हुन अनुरोध छ,’ सूचनामा भनिएको छ । 

ट्राफिक प्रहरीले भोलि सवारीसाधन जुनसुकै ठाउँबाट ‘डाइभर्ट’ गर्न सक्ने भन्दै सहयोग गर्न समेत अनुरोध गरिएको छ ।

Categorized in उपत्यका