STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

उपत्यका

  • २०८० कार्तिक ३, शुक्रबार

    पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका

    काठमाडौं - दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार...

  • २०८० कार्तिक ३, शुक्रबार

    ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान

    काठमाडौं - ‘सहर उज्यालो कार्यक्रम’अन्तर्गत ललितपुरको ग्वार्को–इमाडोल–सानागाउँ–लुभु–लामाटार मुल सडकमा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरण र महालक्ष्मी नगरपालिकाको लागत साझेदारीमा करिब ५ किलोमिटर सडकको दायाँबायाँ साइडमा तीन सय ५७ वटा स्मार्ट स्ट्रिड लाइट जडान गरिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र महालक्ष्मी नगरपालिकाका...

  • २०८० कार्तिक ३, शुक्रबार

    मध्यपुर थिमिको सहकारी नियमावलीको प्रारुप अन्तिम चरणमा

    मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले सहकारी नियमावलीको  प्रारुपको तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्ने क्रममा उपप्रमुख श्रेष्ठले सहकारी क्षेत्रको विकृति र समस्यालाई सम्बोधन गर्न नियमावली बनाएको बताएका हुन् । नगरपालिकाले गतवर्ष सहकारी ऐन जारी गरेको थियो ।  कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं ८...

  • २०८० आश्विन २५, बिहिबार

    काठमाडौं महानगरले गर्‌याे दुई महिनामा एक अर्ब राजस्व असुल

    काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४...

  • २०८० आश्विन २३, मंगलबार

    काठमाडौँका करिब छ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान  सुरु गरेको  हो ।     आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्ध खोप दिने योजना  रहेको...

  • २०८० आश्विन २२, सोमबार

    इजरायलमा मारिएकाहरुको सम्झना

    काठमाडौँ, शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु ९क्रान्तिकारी० केन्द्रीय समितिले आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।  दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति  श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले...

  • २०८० आश्विन २२, सोमबार

    चाडवाडमा काठमाडौँमा सुरक्षा निगरानी बढाइयो

    चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको  काठमाडौँ उपत्यका...

  • २०८० आश्विन १९, शुक्रबार

    सिङमा हरियो रङ लगाइएको खसीबोका मात्र खरिद गर्न काठमाडौं महानगरको आग्रह

    काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी मंगलबार देखि दसैँ लक्षित खसीबोका लगायत चौपायाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । महानगरले विगतका वर्षमा भन्दा यस वर्ष केही दिनअघिबाट चौपायाको स्वास्थ्य परीक्षण गर्न लागेका हो । अघिल्ला वर्षमा घटस्थापनादेखि नवमीसम्म मात्र बजार अनुगमन गर्दै आएको थियो । महानगरले कलङ्की, टुकुचा, बालाजु, कोटेश्वर र खाद्य संस्थानको बिक्री केन्द्रमा चौपायाको स्वास्थ्य परीक्षण...

  • २०८० आश्विन १७, बुधबार

    सांस्कृतिक शान्ति पदयात्राले ‘नमोबुद्धमा थपियो उत्साह’

     धार्मिक तथा ऐतिहासिक महत्व बोकेको नमोबुद्धमा सांस्कृतिक शान्ति पदयात्राले थप उत्साह बढाएको छ । नमोबुद्धको महत्व र यसको विशेषतालाई पदयात्राले प्रवद्र्धन गरेको छ ।     पूर्वाधार विकास निर्माण र प्रचारप्रसारका साथै आफ्नो ठाउँको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण विकासमा नमोबुद्ध नगरपालिकाले विशेष जोड दिँदै आएको छ । नगरपालिकाले नमोबुद्धको पहिचान, ऐतिहासिक एवं धार्मिक महत्वका बारेमा प्रचार,...

  • २०८० आश्विन १२, शुक्रबार

    राष्ट्रपति लगायतले दरबार क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा मेयर बालेन आभारी

    काठमाडौं- राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आभार प्रकट गरेका छन् । बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भीभीआईपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ । त्यस...

  • २०८० आश्विन ११, बिहिबार

    राष्ट्रपतिले पहिलोपटक पैदलै हिँडेर गरे इन्द्रजात्राकाे अवलोकन

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदलै हिडेर गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी...

  • २०८० आश्विन १०, बुधबार

    भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

    भादगाउँ , विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका ९ढोका०मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।     ‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड...

Pages