STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्ने प्रविधि सञ्चालनमा

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर ११, सोमबार

काठमाडौं- बबरमहलमा ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । यो प्रणाली सञ्चालनमा आएसँगै अब बाटो काट्न पैदल यात्रुले आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्न सक्नेछन् ।

जिल्ला अदालत अगाडिको सडकमा १० लाख खर्च गरेर काठमाडौं महानगरले यो प्रविधि जडान गरेको हो । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म हरियो बत्ती बल्ने र सो समयमा यात्रुले बाटो काट्न सक्नेछन् ।

‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट  सञ्चालनमा आएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायa महानिरीक्षक पोषराज पोखरेलले बटन थिचेपछि ५ सेकेण्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेण्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ गरिसक्नुपर्ने बताए । उनले प्रयोग गर्न नजानेको अवस्थामा दुर्घटना बढ्ने र प्रयोग गर्न जान्दा राम्रो हुने बताए । 

त्यस्तै बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठले अल्पकालीन रूपमा जेब्रा ट्राफिक राखे पनि दीर्घकालीन रूपले यो हाइवेमा अर्थपूर्ण नहुने बताए । उनले यसका लागि जनप्रतिनिधिहरूले अण्डर पास वे बाटो बनाउने तयारी गरिरहेको बताए ।

Categorized in उपत्यका