STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

महिला तथा युवाहरुको क्षमता अभिवृद्धि तालिम सञ्चालनमा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर ८, शुक्रबार

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानिय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू नेवाः ग्वाहालि पुचःले बताएको छ । सोही क्रममा उद्‌घाेषण, संस्थागत संरचना सम्बन्धिकाे ज्ञान र सिलसिला मिलाएर अाकर्षक ढंगले बोल्ने शैली सिकाउन एक हप्ते तालिम सञ्चालन गरेको हो । सञ्चारकर्मी केके मानन्धरले तालिम कार्यक्रममा सहजिकरण गरिरहेका छन् ।

तालिम कार्यक्रमलाई उद्‌घाटन गर्ने क्रममा समाजसेवी श्रीकृष्ण मानन्धरले स्थानिय महिला तथा युवाहरुको सीप, क्षमता र दक्षता अभिवृद्धि गराउनुपर्नेमा जाेड दिएका छन् । अमूर्त सम्पदालाई परिस्कृत गरी पर्यटनसँग जाेडेर स्थानियबासीकाे अायअार्जनकाे माध्यम बनाउनकाे लागि तालिम कार्यक्रमले टेवा दिने उनकाे भनाइ थियाे ।

त्यस्तै, तालिम कार्यक्रमका संयाेजक रविकुमार डंगाेलले अन्तर्निहीत क्षमताको विकासले व्यक्तिको वास्तविक पहिचान स्थापित गराउने बताए । माैलिक हकअधिकारकाे विषय, प्रशासनीक व्यवहार र प्रस्तुति शैलीकाे लागि पनि सिलसिला मिलाएर बोल्ने क्षमता अावश्यक रहेकाे कुरा उनले बताए ।

बालाजुदेखि ४ किलाेमिटरकाे दूरीमा अवस्थित ग्रामसेवा माध्यमिक विद्यालयकाे सभाहलमा मंसीर ५ देखि सञ्चालन भइरहेको तालिम कार्यक्रम मंसीर ११ गते साेमबार समापन हुनेछ । प्रत्येक दिन दुई घण्टाको दरले भइरहेको तालिम कार्यक्रममा १५ जना प्रशिक्षार्थी सहभागी छन् ।

धमाथू नेवाः ग्वाहालि पुचः सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न गतिविधि सञ्चालन गर्न स्थापना गरिएको समूह हाे । काठमाडौं महानगरपालिकाका विभिन्न टाेल, कीर्तिपुर, भक्तपुरको मध्यपुर थिमि, ललितपुर महानगरपालिकामा पनि ग्वहालि पुचःका शाखाहरू छन् । समुदायभित्र काेहीकसैलाई समस्या पर्दा सामुहिक रूपमा सहयाेग गर्ने, स्थानिय भाषा, लिपि, कला र संस्कृति संरक्षण तथा प्रवर्द्धनकाे क्षेत्रमा समूहले काम गर्दै आएकाे छ ।

Categorized in उपत्यका