STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुर महानगरपालिकाले हटाए फुटपाथ पसल

Janjati Khabar – विजयरत्न असंबरे | २०८० मङ्सिर २४, आइतबार

ललितपुर महानगरपालिकाले मंगलबजारदेखि महानगरको प्रमुख बसपार्क एवं बजार बन्दै आएको लगनखेलसम्मको बाटोमा जथाभावी रुपमा फुटपाथ पसल राख्दै आउँदा पैदल यात्रु लगायत सवारी साधनको यातायातमा समेत व्यवधान पुगेको गुनासो चर्किन थालेपछि अाज अाइतबार देखि त्यी स्थानहरुबाट फुटपाथ पसल हटाउन शुरु गरेको छ ।

ललितपुर महानगरपालिका १९ वडाका अध्यक्ष राजेन्द्र महर्जनले ऐतिहासिक एवं सांस्कृतिक महत्वको यी स्थानको सुन्दरता कायम राख्न तथा पैदल यात्रु र सवारी आवागमनमा सहजताका लागि फुटपाथ पसल हटाउन शुरु गरेको भन्नुहुँदै लगनखेल बसपार्क अब बसस्टप मात्र रहने समेत बताउनु भयो । 

वडा एवं महानगर प्रहरी बलले स्थायी पसलहरुले घर अगाडीको पेटीमा पैदल यात्रु हिडडुल गर्न अवरोध पुग्ने गरी सामग्री प्रदर्शनका लागि बनाएका फलामे रेलिङहरु समेत हटाएको छ भने सडक पखाली सफा गर्ने कार्य पनि थालेको छ ।  

महानगरपालिकाको यस कार्यबाट सन्तुष्ट स्थानीय महानगरकै अनुमतिमा साँझ परेपछि सडकमात्र होइन, बसपार्क समेत साँगुरिने गरी राखिने फुटपाथ पसल प्रमुख समस्याको रुपमा रहेको बताउँछन् । यसकारण पैदल यात्रु हिडडुल तथा सवारी आवागमनमा सास्ती हुने मात्र नभइ अत्यावश्यक एवं आकस्मिक सेवा एम्बुलेन्स तथा दमकमलाई समेत गाह्रो पर्ने स्थानीयको भनाई रहेको छ ।  

स्थानीयको यस समस्याबारे सोध्दा वडा १९ का अध्यक्ष महर्जनले विहान ८ बजेसम्म तरकारी बिक्री बाहेक अन्य सबै फुटपाथमा तथा बसपार्क अतिक्रमण गरी राखिएका पसलहरु सँधैका लागि हटाइने बताउनु भयो । 

यस अघि पनि महानगरपालिकाले यस्ता पसलहरु हटाउने कार्य थालेपनि कार्यान्वयन पक्ष फितलो हुँदा मौसमी प्रयास जस्तो मात्र देखिएको थियो । यसपटक भने वडा १९ र १२ वडा तथा महानगर प्रहरी बलले स्थानीयको ब्यापक सहभागितामा ठाउँठाउँमा ब्यानर राखी, र्यालीहरु आयोजना मंसीर २४ बाट फुटपाथ पसल तथा बसपार्क अतिक्रमण गरी राखिने पसलहरु हटाइनेबारे ब्यापक प्रचार पनि गरेको थियो ।

Categorized in उपत्यका