STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सडकमा भेटिने गाईबाच्छा काठमाडौं महानगरले काञ्जी हाउसमा राख्ने

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक २२, बुधबार

काठमाडौं— काठमाडौं महानगरपालिकाले भोलि देखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर काञ्जी हाउसमा राख्ने भएको छ । 

बुधबार काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले सामाजिक सञ्जाल मार्फत भोलि देखी महानगरपालिकाले सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने जानकारी दिएका हुन् । 

उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाले कार्तिक २३ गतेदेखि सडकमा भेटिएका गाईबाच्छा संकलन गरेर दक्षिणकाली नगरपालिका वडा नं ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएका छौं ।’ 

उनले सडकमा छाडिएका चौपाया सवारी दुर्घटनाको जोखिम भएको कारण जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेको भन्दै लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका जानकारी दिए । 

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ , उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ,’ उनले थप लेखेका छन्, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएका छौँ । दक्षिणकाली नगरपालिकाको वडा नं ७ सँगको सहकार्यमा पानी, विजुली लगायत सुविधा प्रबन्ध गर्दैछौँ ।’ 

Categorized in उपत्यका