STC 810x100 adv
janswastha 11 11 78

छठका लागि रानीपोखरी नखुल्ने

Janjati Khabar – Janjati Khabar | २०८० मङ्सिर २, शनिबार

काठमाडौं - २०७२ सालको भूकम्पका कारण बन्द भएको रानीपोखरी छठ पर्वका लागि यसपालि पनि खुलेन । यसवर्ष कसैले पनि छठका लागि रानीपोखरी खोल्नुपर्ने माग नगरेकाले नखोलिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।

गएको वर्ष पुनर्निर्माणको काम भैरहेको र महानगरलाई हस्तान्तरण नभएको हुँदा खोलिएको थिएन । महानगरले छठका लागि कमलपोखरी र जलाशयलाई सरसफाइ गरी तयार पार्ने काम गरिसकेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

छठका लागि आवश्यक शान्तिसुरक्षाको प्रबन्ध समेत महानगरले मिलाउने उहाँले बताउनुभयो ।

Categorized in उपत्यका