STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

सम्पदास्थलहरु सरसफाईमा अग्रसर ताम्रकार समाज

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण १५, सोमबार

ललितपुरको ताम्रकार समाजको अग्रसरतामा महिनामा एकदिन उपत्यकाका विभिन्न सम्पदाहरु तथा धार्मिकस्थलहरुको सरसफाई कार्यक्रम सन्चालन भईरहेको छ । यस अन्तर्गत मंसिर महिनामा पाटनको मच्छिन्द«बहाल परिसर, पुष महिनामा मीननाथ बहाल परिसर, माघ महिनामा महालक्ष्मीस्थान परिसर तथा फागुन महिनामा लगनखेलस्थित बटुकभैरवनाथस्थल तथा अशोक स्तुपा परिशरको सरसफाई सम्पन्न गरीसकेका छन् । प्रत्येक पटकको सरसफाईमा समाजका ५० देखि ६० जवान सदस्यहरुको सहभागिता रहने गरेको छ । समाजको जिम्मेवारीको दायित्व बढाउनको लागि पनि विभिन्न सम्पदास्थलहरुमा गएर सरसफाई कार्य गर्न गइरहेको ताम्रकार समाजका अध्यक्ष बिनोद ताम्रकारले बताउनु भयो । ताम्रकार समाज आफ्नो समुदायमा मात्रै सिमित नरहेको तथा सदस्यहरुलाई पनि सम्पदास्थलहरुको महत्व एवं आवश्यकताको वोध गराउन समेत यो कार्यक्रम सफलहुनेमा उहाँले बिश्वास व्यक्त गर्नुभयो ।

समाजले नियमित रुपमा गर्दै आइरहेको कार्यभन्दा अलि भिन्न शैलीको कार्यक्रमको थालनी गरेको समाजका महासचिव दिपेश ताम्रकार बताउनु हुन्छ । उहाँले समाजले गरेको यस कार्यक्रममा सदस्यहरुको उत्साहप्रद सहभागीताले आफुहरु हौसिएको र कम्तीमा पनि एकबर्ष सम्म कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भयो । समाजको सो कार्यक्रममा सुरुदेखि नै नियमित रुपमा सहभागिता जनाउँदै आइरहनु भएका समाजका निवर्तमान अध्यक्ष रविन्द«राज ताम्रकारले समाजबाट कला, संस्कृति, सम्पदा, भाषाको संरक्षण सम्वद्र्धनमा विगत लामो समयदेखि कार्यगर्दै आइरहेको बताउनु भयो । उहाँले यस प्रकारको कार्यहरुलाई समाजका सदस्यहरु तथा गैरसदस्यहरुले समेत सकारात्मक रुपमा लिने बताउँदै समाजको छवि उच्च बनाउन यसले सहयोग पुग्नजाने उल्लेख गर्नुभयो । आगामी समयमा उपत्यकाका विभिन्न सम्पदाहरुमा समेत यो कार्यक्रम लिएर जाने समाजको योजना रहेको छ । जुन सम्पदास्थलको सरसफाई गर्ने हो त्यस स्थल वरपरका संघ संस्थाहरुलाई समेत यस कार्यमा संलग्न गर्दै आइरहेको छ ।

Categorized in उपत्यका