अन्तर्राष्ट्रिय
-
२०७५ चैत्र २५, सोमबार
जापानका प्रधानमन्त्रीले अमेरिका, फ्रान्स र क्यानाडाको भ्रमण गर्ने
जापानका प्रधानमन्त्री शिन्जो आबेले यसै महिना संयुक्तराज्य अमेरिका, क्यानाडा र फ्रान्सको भ्रमण गर्नुहुने भएको छ । जापानले यसै वर्ष औद्योगिक राष्ट्रहरुको समूह ९जी–२०० को बैठक गर्दैछ । आगामी अप्रिल २२ देखि २९ सम्म हुने यस भ्रमणका क्रममा प्रधानमन्त्री आबेले इटाली, बेल्जियम र स्लोभाकियाको पनि संक्षिप्त भ्रमण गर्नुहुने जापानको विदेश मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले अमेरिका र जापानबीचको...
-
२०७५ चैत्र २५, सोमबार
पूर्वी अफगानिस्तानमा आक्रमण, एक प्रहरीको मृत्यु
अफगानिस्ताको पूर्वी शहर जलालाबादमा सोमबार भएको एक बम आक्रमणमा परी कम्तीमा एक प्रहरीको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका छन् । प्रान्तीय महिला विभाग नजिकै गुडिरहेको एक भ्यान विस्फोटक पदार्थसँग ठोक्किँदा सो घटाना भएको थियो । प्रान्तीय महिला विभाग र आरियाना विश्वविद्यालय नजिकैको स्थानमा पर्ने उक्त इलाकामा भएको यो विस्फोटन स्थानीय समय अनुसार सोमबार बिहान ६ः४६ मा भएको थियो । सो घटनाको...
-
२०७५ चैत्र २५, सोमबार
लिबियामा भिडन्त, ३२ जनाको मृत्यु
लिबियाको राजधानी त्रिपोली नजिक खलिफा हफ्तारप्रति वफादार सैनिकसँगको भिडन्तमा कम्तीमा ३२ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएका छन् । राष्ट्रसङ्घ समर्थित लिबियाली सरकारका स्वास्थ्य मन्त्री अहमिद ओमारका भिडन्तमा हफ्तार समर्थित १४ जना लडाकू समेत मारिएको जानकारी दिनुभयो । आइतबार पनि त्रिपोली नजिक हफ्तार समर्थित लडाकूहरु र अन्तर्राष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारबीच भिडन्त भएको थियो । राजधानी...
-
२०७५ चैत्र २२, शुक्रबार
यमन युद्धमा सैनिक सहयोग रोक्न कङ्ग्रेमा सहमति, ट्रम्प विपक्षमा
अमेरिकी सांसदहरुले साउदी अरेबियाको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैनिक सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विपरीत संसदमा रिपब्लीकन र डेमोक्र्याट पार्टीका सांसदहरुले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका हुन् । उक्त प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र यसले...
-
२०७५ चैत्र २२, शुक्रबार
बोको हरामको बारुदी सुरुङमा परी सन् २०१८ मा ५६५ जनाको मृत्यु
नाइजेरियाको धैँजसो अशान्त भइरहने उत्तरपूर्वी क्षेत्रमा बोको हरामका सशस्त्र आतङ्ककारी समूहले थापेको बारुदी सुरुङमा परेर सन् २०१८ मा मात्र कम्तीमा पनि पाँचसय ६५ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघको बारुदी सुरुङ नियन्त्रणसम्बन्धी निकायले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कमा उक्त जानकारी दिइएको हो । उनीहरुले यस्तो हिंसात्मक हमला अहिले पनि जारी नै राखेका छन् । नाइजेरियाका बोको हरामहरुको जन्मस्थल...
-
२०७५ चैत्र २२, शुक्रबार
भीषण डढेलोका कारण दक्षिण कोरियामा राष्ट्रिय प्रकोप घोषणा
दक्षिण कोरियाली सरकारले शुक्रबार राष्ट्रिय प्रकोपको घोषणा गरेको छ । देशको उत्तरपूर्वी तटीय क्षेत्रका पाँच ओटा शहरमा लागेको भीषण डढेलोपछि एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएकपछि राष्ट्रिय प्रकोप घोषणा भएको छ । राष्ट्रिय राजधानी सोलबाट करिब २ सय १० किलोमिटर उत्तरपश्चिममा रहेको सीमावर्ती शहरको सडक इलाकाबाट स्थानीय समयानुसार बिहीबार राति सो आगलागी शुरु भएको थियो । यस प्रकोपको कारण...
-
२०७५ चैत्र २२, शुक्रबार
ब्रेक्जीट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग
बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली यूनियन इयू बाट बेलायतको बहिर्गमन ब्रेक्जीट का लागि आगामी जुन ३० को समयसीमाका लागि इयूसँग शुक्रबार आग्रह गर्नुभएको छ । यसअघि बेलायत इयूबाट मार्च २९ मा औपचारिक रुपमा बाहिरिने सम्झौता भएको थियो । तर उक्त समयभित्र इयूसँग कुनै सम्झौता हुन नसकेपछि अप्रिल १२ को नयाँ मिति प्रस्ताव गरिएको थियो । नयाँ मितिमा पनि बेलायती संसदमा कुनै सहमति हुन नसकेपछि जुन ३० को नयाँ...
-
२०७५ चैत्र २१, बिहिबार
टेक्सासबाट २८० जना आप्रवासी गिरफ्तार
अमेरिकाका टेक्सास राज्यमा सञ्चालित एक प्रविधि कम्पनीमा कार्यरत २८० जनाभन्दा बढी कर्मचारीलाई अमेरिकी आप्रवासन अधिकारीहरुले गिरफ्तार गरेका छन् । एक दशकयता अमेरिकी इतिहासमै कुनै कम्पनीबाट यतिठूलो संख्यामा कामदारहरु धरपकड गरिएको यो पहिलो पटक हो । अमेरिकी आप्रवासन तथा भन्सार कार्यालयका अनुसार सङ्घीय जाँच एजेन्टहरुले बुधबार टेक्सासस्थित सीभीई टेक्नोलोजी ग्रुपमा कार्यरत २८० जना कर्मचारीलाई पक्राउ गरेका...
-
२०७५ चैत्र २१, बिहिबार
बेलायतीलाई निःशुल्क भिसा दिने प्रस्ताव युरोपेली संसदद्वारा पारित
संसदले बिहीबार बिना सम्झौता युरोपेली यूनियनबाट बेलायत बाहिरिए पनि बेलायती नागरिकलाई युरोपेली यूनियनका मुलुकहरुको भ्रमण गर्दा शुल्क नलिने कानुन पारित गरेको छ । नयाँ कानुन बमोजिम शेनजेन पासपोर्ट अपनाउने युरोपेली मुलुकहरुमा ९० दिनभन्दा कम समयावधिको भ्रमणमा गर्दा बेलायती नागरिकलाई भिसा आवश्यक पर्नेछैन । संसदमा उक्त विधेयकमाथि भएको मतदानमा ५०२ मत पक्ष र ८१ मत विपक्षमा परेको थियो । २९ जना सांसद भने...
-
२०७५ चैत्र १९, मंगलबार
रुसी गृहमन्त्री उत्तर कोरिया भ्रमणमा
रुसका गृहमन्त्रीको नेतृत्वमा वरिष्ट अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डलले उत्तर कोरियाको भ्रमण गरेको छ । कोरियाली केन्द्रीय समाचार समिति ९केसिएनए० ले रुसी गृहमन्त्री भ्लादिमिर कोलोकोल्सेभको नेतृत्वमा रुसको उच्च पदाधिकारीको एक टोली सोमबार प्योङयाङ भ्रमणमा आएको जनाएको छ । उत्तर कोरियाली नेता किम जोङ–अनले यसै महिनाभित्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा रुसको भ्रमण गर्ने सम्भावना छ ।...
-
२०७५ चैत्र १८, सोमबार
कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि
विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो । जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७।९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो । अमेरिकी वेस्ट टेक्सास इन्टरमेडियट ९डब्लुटीआई०मा शून्य...
-
२०७५ चैत्र १८, सोमबार
अफगानिस्तानको आधाभन्दा बढी जनसङ्ख्या बहुरूपी गरिबी सामना गर्दै
अफगानिस्तानको जम्मा तीन करोड जनसङ्ख्यामध्ये झण्डै आधा जनतामा बहुरूपी गरिबीको समस्यामा बाँच्न बाध्य भएका आइतबार यहाँ सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख छ । दशकौँदेखि विभिन्न सशस्त्र समूहको सामना गर्दै आएको एशियाली मुलुकमा बेरोजगार दर पनि उच्च रहेको जनाइएको छ । इस्लामिक गणतन्त्र अफगानिस्तानले पहिलो बहुरूपी गरिबी सूचक ९ए–एमपिआई० का अनुसार अफगानिस्तानको जनसङ्ख्याको ५१।७ प्रतिशत जनता बहुरूपीय...


