STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७५ चैत्र ४, सोमबार

    भाजपाका वरिष्ट नेता मनोहर पर्रिकरको निधन

    भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिनुभएको हो । उहाँ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गर्नुभएको छ । भाजपाका नेता मनोहर केही समय भारतको...

  • २०७५ चैत्र ४, सोमबार

    बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

    इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिनु भएको छ । स्थानीय समयानुसार साँझ शनिबार छ बजे...

  • २०७५ चैत्र ४, सोमबार

    राजकुमार चाल्र्स क्युबा भ्रमणमा

    बेलायतका राजकुमार चाल्स्ले उहाँकी धर्मपत्नी क्यामिल्लाको साथमा आइतबारबाट क्युबाको भ्रमण शुरु गर्नुभएको छ । बेलायतको राजपरिवारबाट क्युबाको भ्रमण भएको यो पहिलो पटक हो । राजकुमार र राजकुमारी क्युबाली राष्ट्रपति मिगुएल डिआज्क्यानेलसँग सोमबार बेलुकी खाना खाने कार्यक्रम रहेको छ । राष्ट्रपति मिगुएल पनि गत नोभेम्बरमा आफू राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा बेलायत पुग्नुभएको थियो ।...

  • २०७५ चैत्र ४, सोमबार

    क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा

    युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुग्नुभएको छ । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा राष्ट्रले निन्दा गरेपनि अधिकांश रुसीले उक्त कदमको स्वागत गरेका छन् । रुसले क्रिमियालाई मार्च २०१४ मा आफ्नो मुलुकमा विलय गराएको थियो । क्रिमियामा रहँदा राष्ट्रपति पुटिनले एउटा विद्युत गृहको शुभारम्भ गर्ने कार्यक्रम रहेको क्रेमलिनले...

  • २०७५ चैत्र ३, आइतबार

    बाढीमा परी इन्डोनेसियामा ६३ जनाको मृत्यु

    इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिनु भएको छ । अत्यधिक बर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका...

  • २०७५ चैत्र ३, आइतबार

    अफगानिस्तानमा आक्रमण सातको मृत्यु

    अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो । त्यसैगरी गजनी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा शनिबार साँझ...

  • २०७५ चैत्र ३, आइतबार

    मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी ९बिजेपी०को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उहाँले अभियानको सुरुवात गर्नु भएको हो । “तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    नेतन्याहु ‘निरङ्कुश’ तथा ‘बालबालिकाको हत्यारा’ ः एर्दोगान

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार इजरायल प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई निरङ्कुश शासकको संज्ञा दिँदै उहाँले प्यालेष्टिनी बालबालिकाको सामुहिक हत्या गरेको आरोप बुधबार लगाउनुभएको छ । पछिल्लो केही दिन यता इजरायली प्रधानमन्त्री र टर्कीका राष्ट्रपति एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ । एर्दोगानले टर्कीको इस्तानबुलमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै भन्नुभयो, “हे नेतन्याहु , तिमी...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठको मृत्यु

    ब्राजिलको सओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ । साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ । ब्राजिलका...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो । फ्रान्सेली गैरसरकारी संस्थाहरु प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण परियोजना र ट्राङ्गल जेनेरेसन ह्युमानिटायरलाई बृद्धबृद्धाको...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    सुडानी राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, निकास निस्कने छाँट छैन

    सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताउनुभएको छ । तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दशकदेखि नै राष्ट्रपति बासिर सत्तामा हुनुहुन्छ । उहाँकै शासनकालमा तेलको धनी...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

    संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो । इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रुपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो...

Pages