STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७५ फाल्गुण २३, बिहिबार

    डा. परियारलाई ‘महिला क्रियाशील पुरस्कार’

    समाजसेवी डा. विष्णुमाया परियारलाई अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहरबाट ‘वुमन हिस्ट्री मन्थ’ (मार्च) का अवसरमा ‘वुमन एक्सन अवार्ड ( महिला क्रियाशील पुरस्कार) द्वारा सम्मान गरिएको छ । जर्सी सिटी मेयरका सल्लाहकार डा परियारले उक्त शहरमा अल्पसङ्ख्यक समुदायका लागि निरन्तर सक्रिय र सबल नेतृत्व प्रदान गर्दै उल्लेखनीय सामाजिक कार्य गरेको कदरस्वरूप बुधवार उक्त पुरस्कारद्वारा सम्मान गरिएको यूएस...

  • २०७५ फाल्गुण २३, बिहिबार

    भारत—पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी जारी, पहिलाभन्दा शान्त

    भारत र पाकिस्तानको सीमा क्षेत्रमा अझै पनि गोली हानाहान जारी रहेको भारतीय पक्षले जनाएको छ । भारतीय सेनाका उच्च अधिकारीहरूले दुवै पक्षबाट एक अर्काप्रति गोलावारी जारी राखे पनि कुनै मानवीय क्षति भने नभएको बताएका छन् । उनीहरूले गत चौबिस घण्टामा भएका गोली हानाहानमा भारतीय पक्षमा कुनै मानवीय क्षति नभएको बुधबार दाबी गरेका हुन् । गोली हानाहान भए पनि मानवीय क्षति नहुनेतर्फ उच्च सतर्कता अपनाइएको...

  • २०७५ फाल्गुण २२, बुधबार

    अमेरिकाले भारतलाई दिइरहेको सहुलियत बन्द गर्ने घोषणा

     संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकातर्फ भारतबाट वार्षिक करिब ८० अर्ब डलर बराबरका सामान निर्यात हुने गरेको छ । भारतका वाणिज्य सचिव अनुप वद्धवनका अनुसार अमेरिकी सहुलियत प्रणाली (जीएसपी) अन्तर्गत भारतबाट करिब ६ अर्ब डलर बराबरका सामान मात्र...

  • २०७५ फाल्गुण २०, सोमबार

    पाकिस्तानमा मुसलधारे बर्षा, छ पाकिस्तानीको मृत्यु

    पाकिस्तानको दक्षिण पश्चिमी बालुचिस्तान प्रान्तमा मुसलधारे बर्षा हुँदा कम्तिमा छ जनाको मृत्यु भएको छ भने दर्जर्नौ नागरिक घाइते भएका आइतबार पाकिस्तानी अधिकारीले जनाएका छन् । बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिम बर्षासमेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्राप्त जानकारी अनुसार बर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण...

  • २०७५ फाल्गुण २०, सोमबार

    अमेरिकाको अलाबामा राज्यमा आँधीबाट २२ जनाको मृत्यु

    अलाबामा राज्यको दक्षिण पूर्वी क्षेत्रमा आएको शक्तिशाली आँधीका कारण मर्नेको संख्या २२ जना पुगेको छ । प्रहरीका अनुसार आँधीका कारण धेरै मानिस घाइते भएका छन् । आँधीले धनजनको ठूलो क्षति भएको छ । “पछिल्लो विवरण अनुसार २२ जनाको मृत्यु भएको छ । दुर्भाग्यवस, यो संख्या अझै बढ्ने खतरा देखिएको छ,” ली काउन्टी प्रहरी प्रमुख जे जोन्सले बताउनुभयो । जोन्सले आँधीबाट अति प्रभावित भएको क्षेत्रमा आइतबार ड्रोन...

  • २०७५ फाल्गुण १९, आइतबार

    चीनमा अनलाइन म्युजिक प्रयोगकर्ता अत्यधिक

    बेइजिङ, चीन,  अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन् २०१८ को अन्त्यसम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकाससम्बन्धी शनिबार सार्वजनिक एक तथ्याङ्कमा उल्लेख गरिएको छ । चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइन मा निर्भर हुन थालेका तथ्याङ्कले बताएको छ । तथ्याङ्क अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ ।...

  • २०७५ फाल्गुण १८, शनिबार

    पेरूमा ७.० म्याग्निच्युडको भूकम्प

     पेरूको दक्षिणपूर्वी इन्डिस क्षेत्रमा शुक्रबार ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस) ले जनाएको छ । भूकम्पबाट कुनै क्षति भएका सूचनाहरू आएका छैनन् तर कतिपय ठाउँहरूमा सडकमा ठूला ठूला ढुङ्गाहरू खसेर आवागमनलाई प्रभावित पारेको बताइएको छ । यूएसजीएसका अनुसार भूकम्पको केन्द्रविन्दु पेरूको अजाङगारो शहरबाट करिब २७ किलोमिटर उत्तरपूर्वमा २५७ किलोमिटर गहिराइमा रहेको बताइएको छ ।...

  • २०७५ फाल्गुण १५, बुधबार

    भारत पाकिस्तान विभाजन पछिका महत्त्वपूर्ण घटनाक्रम

    सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने। स्थापना कालदेखि नै यी दुई छिमेकी देशबीच कहिल्यैपनि सम्बन्ध सुमधुर हुन सकेन। सम्बन्धमा तिक्तताको केन्द्रमा सधैँ कश्मीर रह्यो। यस अवधिमा दुई देशबीच कैयौँ यस्ता घटना भए जसले कहिले युद्ध नै निम्त्यायो त कहिले चर्को तनाव। हाल भारत र पाकिस्तानमाझ पुनस् चर्किएको तनावका माझ यी दुई दक्षिण एशियाली मुलुकहरूबीच यस...

  • २०७५ फाल्गुण १५, बुधबार

    दुई भारतीय लडाकु विमान खसालिएको पाकिस्तानी दाबी

    पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्। उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ। पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत...

  • २०७५ फाल्गुण १४, मंगलबार

    पाकिस्तानी सीमाभित्र भारतको हवाई आक्रमण

    भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा (लाइन अफ कन्ट्रोल) उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल असिफ गफुरले भारतीय सैनिक विमानले मङ्गलबार बिहान बिना अनुमति पाकिस्तानी सीमाभित्र आएको जानकारी दिनुभयो । उहाँले पाकिस्तानी सैनिक विमानले तत्काल उक्त क्षेत्रमा उडान भर्नासाथ भारतीय सैनिक विमान...

  • २०७५ फाल्गुण १४, मंगलबार

    पाकिस्तान लडाकु समूह जैश‍ ए मोहम्मदको शिविर ताकेर भारतको हवाई आक्रमण

    भारत पाकिस्तान द्वन्द्वस् लडाकु समूह जैश‍ ए मोहम्मदको शिविर ताकेर भारतको हवाई आक्रमण भारतले भारत(पाकिस्तान नियन्त्रणरेखा उल्लङ्घन गरेर पाकिस्तानपट्टि हवाई आक्रमण गरेको स्वीकारेको छ। भारतका विदेशसचिव विजय गोखलेका अनुसार मङ्गलवार बिहानको कारबाहीमा भारतीय वायुसेनाले लडाकु समूह जैश(ए(मोहम्मदको सबैभन्दा ठूलो शिविर नष्ट पारिदिएको छ। यसअघि भारतीय वायुसेनाका विमान पाकिस्तानी आकाशमा छिरेका तर पाकिस्तानी...

  • २०७५ फाल्गुण १२, आइतबार

    आसाममा विषाक्त मदिरा सेवनबाट एक सयभन्दा बढीको मृत्यु , करिब २०० विरामी

    आसाम, भारत, एएफपीःभारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १०० भन्दा माथि पुगेको अधिकारीहरूले बताएका छन् । दुई सयभन्दा बढी व्यक्तिलाई उपचारका लागि एउटा अस्पतालमा भर्ना गरिएको छ । विरामीमध्ये महिलाहरू पनि छन् । उनीहरू सबै आसामको चिया बगानमा काम गर्ने मानिसहरू हुन् । स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्न सक्ने बताइएको...

Pages