STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७५ चैत्र १०, आइतबार

    लण्डनमा ब्रेक्जिट विरोधीद्वारा भव्य प्रदर्शन

    ब्रेक्जिटबारे अन्यौल कायम रहेका समय संयुक्त अधिराज्य ९बेलायत० मा यूरोपियन यूनियनबाट बेलायत बाहिरिनु हुन्न भन्ने समूहद्वारा ब्रेक्जिट बिषयमा अर्को जनमत सङ्ग्रहको माग गर्दै भव्य प्रदर्शन गरेका छन् । इयूबाट बेलायतको बहिर्गमन हुनुहुन्न भन्ने पक्षका ठूलो समूहमा राजधानी पुगेका समर्थक लण्डनको हाइड पार्कमा जम्मा भै मध्य लण्डन हुँदै शहरका विभिन्न स्थानमा पुगेका थिए । उनीहरूले ब्रेक्जिटको बिषयले राजनीतिक...

  • २०७५ चैत्र १०, आइतबार

    इन्डोनेसियामा ६।३ म्याग्नीच्युडको भूकम्प

    इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् । स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् । “अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,” एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए ।...

  • २०७५ चैत्र १०, आइतबार

    राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ

    जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहेकाले राम्रोसँग देश चलाउन नसकेको टिप्पणी सामाजिक सञ्जाल मार्फत् गर्नुभएको थियो । प्रहरी प्रवक्ता स्थेर म्वाता कातोङगोले विपक्षी दलका नेतालाई...

  • २०७५ चैत्र ८, शुक्रबार

    जिम्बाबेमा बाढी र तुफानका कारण दुई लाख प्रभावित

    जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन् । प्रारम्भिक विवरणमा प्रभावितहरुको संख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरुको संख्या बढेको देखिएको हो । डब्लुएफपीका प्रवक्ता...

  • २०७५ चैत्र ८, शुक्रबार

    रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु

    पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ । यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ । पाँच सय भन्दा बढी...

  • २०७५ चैत्र ८, शुक्रबार

    दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा

    संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ...

  • २०७५ चैत्र ८, शुक्रबार

    अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

    अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम...

  • २०७५ चैत्र ८, शुक्रबार

    रुसीहरुको अमेरिका मोह, बच्चा जन्माउन अमेरिका पुग्न थाले

    हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो । यात्रा कागजात ९ट्राभल डकुमेन्ट० बनाउन उनीहरुले तस्करहरुलाई २० हजारदेखि कहिलेकाहिँ ५० हजार अमेरिकी डलरसम्म बुझाउँछन् । यो रकम उनीहरुको बसोबास र अस्पतालको बसाईमा समेत खर्च हुन्छ । बच्चा जन्माउन...

  • २०७५ चैत्र ८, शुक्रबार

    उत्तर कोरियाले कर्मचारी फर्कायो

    दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्र्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौता बिना नै टुङ्गिएपछि समग्र शान्ति प्रक्रिया धरापमा परेको छ । गत सेप्टेम्बरमा उत्तर कोरियाली शहर केएसोङमा...

  • २०७५ चैत्र ८, शुक्रबार

    फिलिपिन्समा दादुराका कारण ३१५ को मृत्यु, हजारौँ प्रभावित

    फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु...

  • २०७५ चैत्र ७, बिहिबार

    भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प – अध्ययन

    दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय ९जियोथर्मल० प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो । सरकारी अग्रसरतामा गठित स्वदेशी र विदेशी विज्ञहरुको समितिले सन् २०१७ को नोभेम्बर १५ मा गएका ५।४ म्याग्नीच्यूडका भूकम्पहरु ऊर्जा उत्पादनका लागि भूतापीय...

  • २०७५ चैत्र ७, बिहिबार

    अफगानिस्तानमा राष्ट्रपतिय निर्वाचन सेप्टेम्बर २८ मा हुने

    द्वन्द्वग्रस्त अफगानिस्तानमा ढिला गरी राष्ट्रपतिय निर्वाचन हुन लागेको छ । राष्ट्रपतिय निर्वाचन आगामी सेप्टेम्बर २८ तारिखका दिन गर्नेगरी बुधबार औपचारिक रूपमा घोषणा भएको छ । यसअघि तय भएको तालिका भन्दा पाँच महिना पछाडी सारेर निर्वाचन गर्ने घोषणा भएको हो । स्वतन्त्र निर्वाचन आयोग ९आइइसी०ले निर्वाचनको वातावरण बनाउन र निर्वाचनका लागि आवश्यक तयारी पुरा गर्न नभ्याएकाले निर्वाचन ढिला हुन लागेको जनाएको छ ।

Pages