अन्तर्राष्ट्रिय
-
२०७६ बैशाख २, सोमबार
भिडियो उपकरणहरु उत्तर कोरिया पठाउन दक्षिणको तयारी अपडेट
सन् १९५० बाट १९५३ सम्म जारी कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच कुराकानी गराउन भिडियो उपकरण उत्तर कोरिया पठाउन परामर्श गरिने दक्षिण कोरियाको एकीकरण मन्त्रालयले सोमबार जानकारी दिएको छ । एकीकरण मन्त्रालयका उपप्रवक्ता लि युजेनले सियोलमा पत्रकारहरुसँग कुरा गर्दै दक्षिण कोरियाले भिडियो उपकरणहरु हालै खरिद गरिसकेको बताउनुभयो । ती उपकरण कहाँ र कसरी उपउब्ध गराउने भन्ने विषयमा उत्तर कोरियासँग छलफल...
-
२०७६ बैशाख २, सोमबार
विस्फोटमा सात बालबालिकाको मृत्यु
अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ । यस विस्फोटबाट अरु धेरै व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । प्रान्तीय गभर्नर असादुल्लाह दवलतजाईले यस घटनाको पुष्टि गर्नु भएको छ । अफगानिस्तानमा बारुदी सुरुङ आक्रमणमा परी हरेक महिना कम्तीमा एक सय सात जनाको मृत्यु हुुने गरेको एक सरकारी...
-
२०७६ बैशाख १, आइतबार
अमेरिका, चीन व्यापार वार्ता अन्तिम चरणमा – अमेरिकी अर्थमन्त्री
विश्व अर्थतन्त्र खस्किनुको प्रमुख कारण मानिएको चीन–अमेरिका व्यापार विवाद वार्ताद्वारा सुल्झाउन दुबै देशबीच जारी वार्ता निष्कर्षमा पुग्न लागेको अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले बताउनुभएको छ । विश्वस्तरका संस्थाहरुका अध्ययनले विश्व व्यापारमा मन्दी आउनुमा विश्वका दुई ठूला अर्थतन्त्र रहेका चीन र अमेरिकाबीच उत्पन्न व्यापारिक तनाब नै मुख्य कारण रहेको जनाउँदै आएका थिए । अमेरिकी अर्थमन्त्री मन्चिनको...
-
२०७६ बैशाख १, आइतबार
रात्रिक्लब बाहिर गोली चल्दा एक जनाको मृत्यु
अस्ट्रेलियाको लोकप्रिय रात्रिक्लब बाहिर गोली चल्दा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । प्रहरीले आइतबार बिहानीपख मेलबर्नस्थित लभ मेसिन रात्रिक्लब बाहिर भएको यस गोलीकाण्डमा चार जनामाथि गोली लागेको जनाएको छ । गोली लागेकामध्ये तीन जना सुरक्षा गार्ड रहेका छन् । रात्रिक्लब बाहिर रमाइलो गरिरहेका व्यक्तिमाथि सडकमा रोकिराखेको कारबाट गोली प्रहार गरिएको प्रहरीको...
-
२०७६ बैशाख १, आइतबार
अमेरिका–जापान व्यापार वार्ता वासिङ्टनमा शुरु
संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता शुरु हुँदैछ । दुबै देशबीच देखिएका व्यापारसम्बन्धी असमझदारी तत्कालै हल गर्ने उद्देश्यले वार्ता हुन लागेको हो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीबीच दुई दिने वार्ता हुन लागेको हो । गत साता टोकियोमा अर्थमन्त्री मोटेगीले सोमबारको वार्तामा दुई देशबीच देखिएका व्यापार सम्बन्धी...
-
२०७६ बैशाख १, आइतबार
इरानको बाढीबाट मृत्यु हुनेहरुको संख्या ७६ पुग्यो
इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ । पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण शुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको...
-
२०७५ चैत्र २९, शुक्रबार
विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति
सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् । बिहीबार घोषणा गरिएको सहमति अनुसार स्वदेश फर्काइने अधिकांश व्यक्तिमा महिला र बालबालिका छन् । इस्लामिक स्टेट विरुद्ध कुर्दिस फौजको अग्रसरतामा महिनौं चलेको युद्धका क्रममा विस्थापित दशौं हजार व्यक्ति यी शिविरमा आश्रय लिइरहेका छन् । उनीहरुको...
-
२०७५ चैत्र २९, शुक्रबार
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
अफगानिस्तानमा लामो समयदेखि सङ्घर्षरत तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने शुक्रबार घोषणा गरेको छ । अङ्ग्रेजी समेत पाँच भाषामा प्रकाशित लामो वक्तव्यमा तालिबान विद्रोहीले अफगानिस्तानमा विदेशी फौज रहेसम्म सङ्घर्षलाई निरन्तरता दिइने भनिएको छ । हुनत, तालिबानले यस्तो घोषणा हरेक वर्ष गरिरहेको छ । हिउँदका कठिन दिनहरुमा पनि तालिबानी...
-
२०७५ चैत्र २९, शुक्रबार
चीनमा रेल दुर्घटनामा छ जनाको मृत्यु
मध्य चीनमा भएको मालबाहक रेल दुर्घटनामा छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् । आलुमिनियमको कच्चा धातु बोकेको रेल पल्टिएर नजिकको घरभित्र पसेको थियो । दुर्घटनामा रेलका २५ वटा डब्बा रेलमार्गबाट बाहिर उछिट्टिएका थिए । हेनान प्रान्तको गोन्यीमा भएको यस दुर्घटनामा खोज तथा उद्धारको कार्य जारी रहेको स्थानीय प्रहरी अधिकारीले बताएका छन् । खोजका क्रममा चार जना रेलसेवाका कर्मचारी र दुई जना...
-
२०७५ चैत्र २९, शुक्रबार
पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु
पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएका छन् । बलुचिस्तानका प्रान्तीय प्रहरी प्रमुख मोहसिन बटका अनुसार मारिएका व्यक्तिहरुमा आठ जना अल्पसंख्यक शिया हजारा मुसलमान समुदायका व्यक्तिहरु रहेका छन् । ती आठ जनामा पनि एक सुरक्षा अधिकारी र बजारका एक कामदार रहेका छन् । सहजै पहिचान गर्न सकिने मध्य...
-
२०७५ चैत्र २९, शुक्रबार
जापानी विदेश मन्त्री चीन भ्रमणमा
जापानी विदेशी मन्त्री तारो कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको छ । आगामी अप्रिल १३ बाट १५ सम्म कोनोले चीनको भ्रमण गर्न लाग्नु भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ्गले शुक्रबार घोषणा गर्नु भएको छ । लुका अनुसार कोनो चिनियाँ विदेशी मन्त्री वाङ यीको निमन्त्रणामा चीन आउन लाग्नु भएको हो । यस भ्रमणको क्रममा दुई विदेशमन्त्रीबीच पाँचौै उच्च स्तरीय आर्थिक वार्ता हुने लुले बताउनु भएको छ । चीन...
-
२०७५ चैत्र २८, बिहिबार
सुडानमा राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, सेनाले वक्तव्य दिँदै
गत डिसेम्बरमा सरकारले पाउरोटी र इन्धनको मूल्य बढाएपछि सुडानमा शुरु भएको देशव्यापी प्रदर्शनले अझ उग्र रुपै लिँदै गएको छ । चार महिनादेखि जारी रहेको यस प्रदर्शनमा राष्ट्रपति ओमार अल बसिरलाई हटाएर अन्तरिम सरकार बनाउनुपर्ने प्रदर्शनकारीको माग छ । सुडानमा चार महिनादेखि जारी यस सरकारी विरोधी प्रदर्शन गत शनिबारदेखि पुनः चर्किएको छ । हजारौं प्रदर्शनकारीले खार्तुममा अवस्थित सेनाको मुख्यालय बाहिर भेला भएर...


