STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिका–जापान व्यापार वार्ता वासिङ्टनमा शुरु

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १, आइतबार

संयुक्तराज्य अमेरिका र जापानबीच वासिङ्टन डिसीमा सोमबारदेखि व्यापार वार्ता शुरु हुँदैछ । दुबै देशबीच देखिएका व्यापारसम्बन्धी असमझदारी तत्कालै हल गर्ने उद्देश्यले वार्ता हुन लागेको हो । अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीबीच दुई दिने वार्ता हुन लागेको हो । गत साता टोकियोमा अर्थमन्त्री मोटेगीले सोमबारको वार्तामा दुई देशबीच देखिएका व्यापार सम्बन्धी मुख्यमुख्य विषयमा छलफल हुने बताउनुएको थियो । उहाँले वार्ता मुख्यतः जापान र अमेरिकाका सामानका विषयमा केन्द्रित हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जापानको राष्ट्रिय हितलाई ध्यानमा राखेर वार्ता हुनेछ ।” अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका परम्परागत व्यापार साझेदारसँग पनि नयाँ सम्झौता गर्ने घोषणा गरिसक्नुभएको छ । उहाँले अमेरिकी निर्यात वृद्धि गर्ने तथा वासिङ्टनको बढ्दो व्यापार घाटा कम गर्ने उपायका रुपमा अरु मुलुकमाथि करवृद्धि र चेतावनी दिनुभएको छ । गत वर्ष मे महिनामा राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनलाई विदेशी कार र जगेडा पार्टपूर्जामा २५ प्रतिशतसम्म करवृद्धि गर्ने सम्भावनाको खोजी गर्न आदेश दिनुभएको थियो । यो आदेशले जापान र युरोपेली मुलुकमा समस्या निम्त्याउने देखिएको छ । अमेरिकी राष्ट्रपतिले पटकपटक द्विपक्षीय व्यापारमा जापानले नाजायज फाइदा लिइरहेको भन्दै त्यसलाई कुनैपनि शर्तमा वार्ताद्वारा सुल्झाइने बताउनुभएको थियो । अमेरिकी कृषिमन्त्री सोन्नी पार्डुले गत बिहीबार कृषिजन्य वस्तुमा करकटौती गर्न जापानसँग तत्कालै समझौता गर्नुपर्ने अवस्था देखिएको बताउनुभएको छ । तर जापानले यस विषयमा विमति राख्ने जनाइसकेको छ ।
Categorized in अन्तर्राष्ट्रिय