STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७५ चैत्र ६, बुधबार

    जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी

    भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध नगराएको आरोप लगाएका छन् । यस निजी एयरलाइन्सलाई एक अर्ब भन्दा बढी अमेरिकी डलर ऋणको बोझ छ । कैयौं महिनादेखि सो ऋण तिर्नका लागि एयरलाइन्स सङ्घर्षरत छ । यस असहज परिस्थितिका कारण अरु एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न नसक्दा...

  • २०७५ चैत्र ५, मंगलबार

    अफगान सैनिक कारबाहीमा ३९ लडाकूको मृत्यु

    अफगानिस्तानको विभिन्न ठाउँमा भएका पछिल्ला सुरक्षा कारबाहीमा परी कम्तीमा ३९ लडाकू मारिएका छन् । अशान्त रहेको देशको उत्तरी फर्याब र कुन्दुज प्रान्तमा उनीहरु मारिएको सैन्य श्रोतले सोमबार जनाएको छ । मारिएका सवै जना तालिबान लडाकू रहेका श्रोतको दावी छ । श्रोतका अनुसार कारबाहीका क्रममा अरु दश जना घाइते पनि भएका छन् । अफगान हवाई सुरक्षा फौजले फर्याबको क्वयसार जिल्लामा रहेको तालिबान लडाकूहरुको अखडामा...

  • २०७५ चैत्र ५, मंगलबार

    उत्तर कोरियासँग पुनः वार्ता हुन्छ– अमेरिकी विदेशमन्त्री

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका उत्तर कोरियासँग पुनः वार्तामा बस्न सक्ने बताउनुभएको छ । उहाँले एक अमेरिकी रेडियोलाई दिनुभएको अन्तर्वार्तामा अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उनसँग पुनः वार्ता गर्नसक्ने बताउनु भएको जनाइएको छ । उत्तर कोरियाको निशस्त्रीकरणको विषय अमेरिका र उत्तर कोरियाबीचको आपसी चासोको विषय भएकोले उत्तर कोरियासँग अमेरिकाले चासो राखिरहेको र यस विषयमा आवश्यकताअनुसार...

  • २०७५ चैत्र ५, मंगलबार

    मोजाम्बिकमा सामुद्रीक आँधी, एक हजारभन्दा बढीको मृत्यु भएको आङ्शका

    मोजाम्बिमा यसै हप्ता आएका ‘इडाई’ नामक सामूद्रिक आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको आशङ्का गरिएको छ । जिम्बाब्वेको छिमेकीमा रहेका नगरहरुमा सयौँको सङ्ख्याका व्यक्तिको मृत्यु हुनुको साथै अन्य २०० व्यक्ति वेपत्ता भएका छन् । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले उक्त जानकारी दिनु भएको छ । आधिकारीक रुपमा ८४ जनाको मात्र मृत्यु भएको पुष्टि भएको भए तापनि आँधी प्रभावित क्षेत्रको निरीक्षण गर्दा...

  • २०७५ चैत्र ५, मंगलबार

    नेदरल्यान्ड्स प्रहरीद्वारा ट्रामका शंकास्पद आक्रमणकारी पक्राउ

    नेदरल्यान्ड्स प्रहरीले उट्रेख्ट शहरमा रोकिराखेको ट्राममा अन्धाधुन्ध गोली चलाएर तीन जनाको हत्या गरेको आशंकामा एक जना मुख्य आक्रमणकारीलाई पक्राउ गरेको छ । टर्की मुलका ती अधवैंशे व्यक्तिले आतङ्कवादी आक्रमण गरेको आशंकामा छानबिन थालिएको प्रहरीको भनाई छ । उक्त आक्रमणमा अरु पाँच जना गम्भीर घाइते भएका थिए । प्रहरीले टर्की मुलका ३७ वर्षीय गोकमिन टानिसलाई व्यापक खोजतलास पछि पक्राउ गरेको हो । प्रहरीले...

  • २०७५ चैत्र ५, मंगलबार

    जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

    जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क ९फाइभ–जी० को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ । सरकारी अधिकारीहरुले उक्त फ्रिक्वेन्सी खरिदमा राखेका शर्तहरु तथा चीनको हुवावे कम्पनीले उपकरण आपूर्ति गर्न पाउने वा नपाउने भन्ने बारेमा स्पष्ट नपारेको भन्दै कम्पनीहरुले विवाद खडा गरेका छन् । मङ्गलबार शुरु भएको फ्रिक्वेन्सी लिलामी केही हप्तासम्म खुला रहने छ र यसबाट ३ देखि ६ अर्ब अमेरिकी...

  • २०७५ चैत्र ५, मंगलबार

    मेक्सिकोमा २० वटा नयाँ तेलकुवा विकास गरिने

    मेक्सिको सरकारले यसै वर्ष मेक्सिको खाडी र त्यस वरपर नयाँ २० वटा तेल खानीको विकास गरिने घोषणा गरेको छ । सरकार नियन्त्रित पेट्रोलिओस मेक्सिकानोस ९पेमेक्स०का महानिर्देशक ओक्टाभियो रोमेराले १६ वटा तेलकुवा गल्फ अफ मेक्सिकोको तटीय इलाकामा रहने जानकारी दिनुभयो । अरु तीन वटा तेलकुवा टाबास्को र एउटा भेराक्रुजमा रहनेछन् । यसै वर्ष सन् २०१९ को अन्त्यसम्ममा तेल उत्खनन् शुरु हुने अपेक्षा गरिएको पेमेक्सले...

  • २०७५ चैत्र ५, मंगलबार

    रेल दुर्घटनामा तीसको मृत्यु ः प्रहरी

    प्रजातान्त्रिक गणतन्त्र कङ्गोको केसाइमा भएको मालबाहक रेल दुर्घटनामा परी कम्तिमा ३० जनाको मृत्यु भएको यहाँका अधिकारीले सोमबार जनाएका छन् । केसाइको प्रहरी स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार आइतबार मालबाहक रेल लिकबाहिर गएपछि भएको दुर्घटनामा यसमा यात्रा गरिरहेका ३० यात्रुको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । घाइते सबै जनाको नजिकै रहेका विभिन्न अस्पतालहरूमा उपचार...

  • २०७५ चैत्र ४, सोमबार

    मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

    मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ । शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा...

  • २०७५ चैत्र ४, सोमबार

    भाजपाका वरिष्ट नेता मनोहर पर्रिकरको निधन

    भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निधन भएको जानकारी दिनुभएको हो । उहाँ लामो समयदेखि पेटको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्री लगायत विभिन्न दलका नेताले शोक व्यक्त गर्नुभएको छ । भाजपाका नेता मनोहर केही समय भारतको...

  • २०७५ चैत्र ४, सोमबार

    बाढी र पहिरोमा परी इन्डोनेसियामा ७७ जनाको मृत्यु

    इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको प्रयास जारी रहेको एक स्थानीय अधिकारीहले सिन्ह्वा समाचार समितिलाई बताएका छन् । खोजी र उद्धार कार्य जारी रहेका युदी यान्टो जिल्लामा रहेको उद्धार कार्यलयका प्रवक्ता जानकारी दिनु भएको छ । स्थानीय समयानुसार साँझ शनिबार छ बजे...

  • २०७५ चैत्र ४, सोमबार

    राजकुमार चाल्र्स क्युबा भ्रमणमा

    बेलायतका राजकुमार चाल्स्ले उहाँकी धर्मपत्नी क्यामिल्लाको साथमा आइतबारबाट क्युबाको भ्रमण शुरु गर्नुभएको छ । बेलायतको राजपरिवारबाट क्युबाको भ्रमण भएको यो पहिलो पटक हो । राजकुमार र राजकुमारी क्युबाली राष्ट्रपति मिगुएल डिआज्क्यानेलसँग सोमबार बेलुकी खाना खाने कार्यक्रम रहेको छ । राष्ट्रपति मिगुएल पनि गत नोभेम्बरमा आफू राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमणका रुपमा बेलायत पुग्नुभएको थियो ।...

Pages