STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७५ चैत्र १२, मंगलबार

    तिब्बती शरणार्थी शिविर जोखिममा

    मुस्ताङको घरपझोङ गाउँपालिका–१ छैरोमा रहेको तिब्बती शरणार्थी शिविर सुक्खा पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको कालीगण्डकी किनार तर्फबाट सुक्खा पहिरो खस्न थालेपछि ६५ घरधुरी तिब्बती शरणार्थीको बसोवास रहेको शिविर जोखिममा परेको हो । सुक्खा पहिरोले सोमबार शरणार्थी शिविरको स्वास्थ्यकेन्द्र भवन र तीन सार्वजनिक शौचालय भत्काएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आठ घर उच्च जोखिममा परेका छन् । प्रजिअ...

  • २०७५ चैत्र १२, मंगलबार

    हवाई आक्रमणमा १३ जनाको मृत्यु

    अफगानिस्तानको कुन्दुजमा भएको हवाई आक्रमणमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । मारिनेमा अधिकांश बालबालिका रहेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । अफगानिस्तानमा तैनाथ “अन्तर्राष्ट्रिय फौज”ले गरेको हवाई आक्रमणमा सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । शुक्रबार राति अबेरदेखि शनिबार बिहान सबेरैसम्म हवाई आक्रमण भएको थियो । “प्रारम्भिक विवरण अनुसार मारिएकामध्ये दश जना बालबालिका...

  • २०७५ चैत्र १२, मंगलबार

    अमेरिकी चुनावमा साँठगाँठ भएकै छैन – रुस

    सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको मस्कोले पुनः दोहो¥याएको छ । राष्ट्रपति चुनावमा धाँधली भए नभएको बारे जाँचबुझ गर्न गठित रोबर्ट मुलरको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पका विरुद्ध कुनै ठोस प्रमाण नभेटिएको जानकारी सार्वजनिक भएलगत्तै रुसको यस्तो भनाई सार्वजनिक भएको हो । रुसी प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै आफूले...

  • २०७५ चैत्र १२, मंगलबार

    भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

    भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गर्नुभएको छ । न्यूनतम आय योजना ९न्याय० कार्यक्रम लागु गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उहाँले बताउनुभयो । सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वलाई नै उदाहरणीय हुनेगरी यो योजना ल्याइएको...

  • २०७५ चैत्र १२, मंगलबार

    चीन र फ्रान्स विशेष मित्र’ ः राष्ट्रपति सी

    चीन राष्ट्रपति सी चिन फिङले ‘चीन र फ्रान्स विशेष मित्र’ भएको बताउनुभएको छ । फ्रान्सले नयाँ चीनसँग राजदूत स्तरीय कुटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो पश्चिमी मुलुक रहेको स्मरण फ्रान्स भ्रमणमा रहनुभएका सीले चीन–फ्रान्सबीचको सम्बन्धबारे फ्रान्सेली समकक्षीसँग चर्चा गर्ने क्रममा आइतबार बताउनुभएको हो । उहाँले फ्रान्स र चीनबीचको सम्बन्धलाई थप सुमधुर बनाई दुवै देशको दीर्घकालीन विकास गर्दै यसको सन्देश...

  • २०७५ चैत्र १२, मंगलबार

    युक्रेनमा दादुराबाट १४ को मृत्यु ३२ हजार भन्दा बढी प्रभावित

    युक्रेनमा गएको तीन महिना यता जारी रहेको दादुराको प्रकोपको कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । यस रोगबाट ३२ हजार भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । युक्रेनको स्वास्थ्य मन्त्रालयले सोमबार सो जानकारी दिएको छ । सन् २०१८ को डिसेम्बर २८ बाट सन् २०१९ को मार्च १२ सम्म १८ हजार १०९ जना बालबालिकासहित ३२ हजार ९३९ व्यक्ति दादुराबाट प्रभावित सो मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ । गत वर्ष...

  • २०७५ चैत्र ११, सोमबार

    नर्वेको तटीय इलाकामा पानीजहाजबाट सयौंको उद्धार

    नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ । पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए ।...

  • २०७५ चैत्र ११, सोमबार

    ट्रम्पको पदनै धरापमा पर्ने खतरा

    अमेरिकी सांसदहरु आइतबार सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसको साँठगाँठ बारे अनुसन्धान गर्न गठित छानबिन समितिको गोप्य प्रतिवेदनको पर्खाइमा थिए । यो प्रतिवेदनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पद नै धरापमा पार्ने खतरा रहेको अनुमान पनि गरिएको छ । महान्यायाधीवक्ता विलियम बारले अमेरिकी कङ्ग्रेस र आमजनतालाई प्रतिवेदनको मुख्य अंश उपलब्ध गराउने अपेक्षा गरिएको छ । यो प्रतिवेदन २२ महिना लगाएर विशेष...

  • २०७५ चैत्र ११, सोमबार

    अफगानिस्तानमा नौ जना लडाकू मारिए

    अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा दुई विद्रोही समूहहरु तालिबान र इस्लामिक स्टेटका लडाकूहरुबीच भएको झडपमा नौ जना लडाकू मारिएको अफगान सेनाले जनाएको छ । सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा मारिने लडाकूहरुमा अधिकांश इस्लामिक स्टेटसँग आबद्ध रहेको उल्लेख छ । भिडन्तमा अरु १४ जना इस्लामिक स्टेटका लडाकूहरु घाइते भएका छन् । अफगानिस्तानमा सक्रिय यी दुबै समूहले खासगरी सरकार विरुद्ध सशस्त्र सङ्घर्ष गरेपनि...

  • २०७५ चैत्र ११, सोमबार

    सन् २०१८ मा २१ लाखभन्दा बढी भारतीयमा क्षयरोग संक्रमण

    भारतमा सन् २०१८ मा क्षयरोगका संक्रमित नागरिकको संख्या २१ लाख ५० हजार जना रहेका छन् । भारतको स्वास्थ्य तथा परिवार स्वास्थ्यसम्बन्धी मन्त्रालयले दिएको पछिल्लो जानकारीअनुसार भारतमा सन् २०१८ मा मात्र क्षयरोगका २१ लाख ५० हजार नागरिकमा संक्रमण भएको छ । आइतबार उक्त मन्त्रालयले प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिइएको हो । तर पहिलेको तुलनामा भारतमा क्षयरोगको उपचारमा सफलता प्राप्त भएको पनि सो...

  • २०७५ चैत्र १०, आइतबार

    सिरियामा आईएस पूर्णरूपमा पराजित ः एसडिएफ

    इस्लामिक स्टेट ९आईएस० जिआदी समूहले सिरियामा आफ्नो अन्तिम आधार क्षेत्र गुमाएको अमेरिका समर्थित सिरियन डेमोक्रेटिक फोर्सेस ९एसडीएफ० ले शनिबार बताएको छ । आइएसलाई पराजित गरेसँजगै सिरियाली कुर्द टेलिभिजनले अमेरिका समर्थित फौजले आईएसबाट जफत गरेको भवनको माथि पहेँलो झण्डा फहराइरहेको देखाएको छ । योसँगै आईएसको इस्लामिक परम्परामा आधारित शासन व्यवस्था ‘क्यालिफेट’को अन्त्य भएको एसडिएफले जनाएको छ । एसडीएफ...

  • २०७५ चैत्र १०, आइतबार

    अमेरिकी चुनावमा रुसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश

    सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति चुनावमा रुसी ‘हस्तक्षेप’का बारेमा अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले आफ्नो प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति चुनावमा रुसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानकाबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो । मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता...

Pages