STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिबानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ । तालिबानका तर्फबाट आएको भनिएको यस्तो कारबाहीप्रति सुरक्षा परिषदले दुःख पनि व्यक्त गरेको छ । तालिबानको यस्तो कारबाहीबाट कसैलाई फाइदा नपुग्ने र यसले देशमा थप हिंसा बढाउने, नागरिकमा समस्या थप्ने र देशमा थप विनाश निम्तिने धारणा पनि राखेको समाचारमा जनाइएको छ । यस्तो कार्यको परिणाम कहिल्यै पनि सकारात्मक नहुने भन्दै यसबाट नागरिक र देशलाई कदापि फाइदा नपुग्ने बताएको छ । उक्त परिषदले अफगान नागरिकले विगत लामो समयदेखि यहाँ दिगो शान्ति र स्थिरताको चाहना राखेका भन्दै तर तालिबानको यस्तो निर्णयले ती नागरिकको चाहनामा घात गरेको धारणा राखेको छ । साथै उनीहरुलाई यस्तो निर्णय फिर्ता लिई शान्तिपूर्ण तरिकाबाट समस्याको समाधान खोज्न र वार्ताका लागि पहल थाल्न आग्रह पनि गरेको छ । उक्त परिषदको बैठकपछि जारी गरिएको प्रेस वक्तव्यमा अफगान नागरिकको चाहनाको सम्मान गर्दै अफगान सरकार र त्यहाँका जनताले नै नेतृत्व गरेको शान्तिवार्ताका लागि पहल गर्न पनि आग्रह गरिएको छ । अफगानिस्तानमा खटिई काम गरिरहेको शान्ति मिसन र अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले अफगानिस्तानमा शान्ति वार्ताका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ । यदि अफगान सरकार र त्यहाँका तालिबानहरुले सहयोगको अपेक्षा गरेमा जस्तो सुकै सहयोग उपलब्ध गराउन पनि आफूहरु तयार रहेको कुरा उनीहरुले प्रतिबद्धता व्यक्त गरेको समाचारमा जनाइएको छ । अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिबानहरुले गएको शुक्रबारबाट सरकारका विरुद्धको आक्रामक कारबाही भनी घोषित रुपमा नै आक्रमणहरु गरिरहेका छन् । उनीहरुले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मीहरु र अरु सर्वसाधारणहरुलाई पनि आक्रमणको निसाना बनाएका बताइएको छ । केही समयअघि अमेरिकी अगुवाईमा अफगानिस्तानका तालिबानहरुसँग शान्ति वार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन । त्यसपछि तालिबानहरुले यस्तो कारबाही थालको हुन् ।
Categorized in अन्तर्राष्ट्रिय