STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विस्थापित इराकी नागरिकलाई स्वदेश फर्काउने सहमति

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २९, शुक्रबार

सिरियाली कुर्दहरुले इराकबाट विस्थापित भएर उत्तरपूर्वी सिरियामा आइबसेका कम्तीमा ३१ हजार इराकी नागरिकलाई स्वदेश फर्काउने बारेमा एक सहमति भएको घोषणा गरेका छन् । बिहीबार घोषणा गरिएको सहमति अनुसार स्वदेश फर्काइने अधिकांश व्यक्तिमा महिला र बालबालिका छन् । इस्लामिक स्टेट विरुद्ध कुर्दिस फौजको अग्रसरतामा महिनौं चलेको युद्धका क्रममा विस्थापित दशौं हजार व्यक्ति यी शिविरमा आश्रय लिइरहेका छन् । उनीहरुको स्वास्थ्यलगायतको अवस्था निकै कमजोर रहेकाले जतिसक्दो चाँडो स्वदेश फर्काउनु परेको हो । सहमति गरी आफ्ना नागरिक स्वदेश फिर्ता ल्याउने प्रयोजनका इराकी मन्त्रिपरिषदका केही सदस्य बिहीबार सिरिया पुगेका थिए । एकजना कुर्द अधिकारी महमुद केरोले भन्नुभयो– अहिलेसम्म फिर्ता हुन चाहनेमध्ये चार हजारले हस्ताक्षर गरिसकेका छन् र उनीहरु इराकी सीमा खुला हुने प्रतीक्षामा छन् । केरोका अनुसार अधिकांश विस्थापित व्यक्तिहरु खासगरी सिरियामा जन्मिएका बालबालिकासँग इराकी परिचय पत्र छैन । यस प्रयोजनका लागि आवश्यक कानूनी प्रक्रिया पूरा गर्न इराक सरकारलाई आफूहरुले आग्रह गरेको ती कुर्दिस अधिकारीले जानकारी दिएका छन् । केही वर्षअघिदेखि नै आत्मसमर्पण गरेर सिरियाली भूभागमा रहेका र कुर्दिस् जेलमा परेका इस्लामिक स्टेट्सका लडाकूलाई भने यो स्वदेश फिर्ती कार्यक्रममा नपठाइने पनि ती अधिकारीले जानकारी दिए ।
Categorized in अन्तर्राष्ट्रिय