अन्तर्राष्ट्रिय
-
२०७५ चैत्र १०, आइतबार
राष्ट्रपतिको मानसिक क्षमतामा प्रश्न गर्ने विपक्षी नेता पक्राउ
जाम्बियाका विपक्षी नेतालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ । राष्ट्रपति इड्गार लुङ्गुको मानसिक क्षमतामाथी प्रश्न उठाएको आरोपमा उहाँलाई पक्राउ गरिएको हो । विपक्षी दल ओटस फर इकोनोमिक प्रोग्रेसका अध्यक्ष सेन टेम्बोले राष्ट्रपति इड्गारलाई मानसिक समस्या रहेकाले राम्रोसँग देश चलाउन नसकेको टिप्पणी सामाजिक सञ्जाल मार्फत् गर्नुभएको थियो । प्रहरी प्रवक्ता स्थेर म्वाता कातोङगोले विपक्षी दलका नेतालाई...
-
२०७५ चैत्र ८, शुक्रबार
फिलिपिन्समा दादुराका कारण ३१५ को मृत्यु, हजारौँ प्रभावित
फिलिपिन्समा दादुराबाट प्रभावित हुनेहरुको संख्या यस बर्षको साढे दुई महिनामै २१ हजार ३९६ पुगेको छ । प्रभावित भएकामध्ये ३१५ जनाको दादुराकै कारण मृत्यु भएको बिहीबार सार्वजनिक गरिएको आधिकारीक तथ्यांकले देखाएको छ । यो विवरण यस बर्षको जनवरी १ देखि मार्च १४ सम्मको भएको फिलिपिन्स स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी शाखाका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार प्रभावित भएकाहरूको र मृत्यु...
-
२०७५ चैत्र ८, शुक्रबार
जिम्बाबेमा बाढी र तुफानका कारण दुई लाख प्रभावित
जिम्बाबेमा आएको पछिल्लो बाढी र तुफानका कारण दुई लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् । संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार प्रभावित भएकामध्ये अधिकांश मोजाम्बिक सीमा क्षेत्रका रहेका छन् । प्रारम्भिक विवरणमा प्रभावितहरुको संख्या एक लाख ५० हजार भएपछि विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले प्राप्त गरेको विवरणमा प्रभावित हुनेहरुको संख्या बढेको देखिएको हो । डब्लुएफपीका प्रवक्ता...
-
२०७५ चैत्र ८, शुक्रबार
रासायनिक मल उद्योगमा विस्फोट, ४४ जनाको मृत्यु
पूर्वी चीनको जिआङसु प्रान्तको याङचेङ जिल्लामा रहेको एउटा रासायनिक मल उद्योगमा ठूलो विस्फोट हुँदा ४४ जनाको मत्ृयु हुनको साथै अन्य ९० घाइते भएका छन् । उद्धारकार्यको प्रमुख कार्यालयले शुक्रबार सो जानकारी दिएको छ । यद्यपीमा यस विस्फोटमा परी घाइते भएका करिब ६ सय ४० व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्य ३२ जनाको स्थिति गम्भीर रहेको र ५८ जनाको नराम्ररी घाइते भएका बताइएको छ । पाँच सय भन्दा बढी...
-
२०७५ चैत्र ८, शुक्रबार
दुई चिनियाँ फर्ममाथि प्रतिबन्ध लगाउने अमेरिकी घोषणा
संयुक्तराज्य अमेरिकाले दुईवटा चिनियाँ सिपिङ कम्पनीमाथि राष्ट्रसङ्घीय प्रतिबन्धको बेवास्ता गरी उत्तर कोरियालाई सहयोग गरेको आरोपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । उक्त कदमले अमेरिकाको उत्तर कोरियामाथि थप दबाब सिर्जना गर्ने उद्देश्य यथावत रहेको देखिएको छ । अमेरिकी अर्थ मन्त्रालयले चीनका दुई कम्पनीहरु डालियान हाइबो इन्टरनेसनल फ्राइट र लाओनिङ डानझिङ इन्टरनेसनल फर्वार्डिङमाथि प्रतिबन्ध लगाएको जनाएको छ...
-
२०७५ चैत्र ८, शुक्रबार
अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या
अफगानिस्तानमा शुक्रबार दुई जना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङटन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो । अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको आवस्थामा ती सैनिक मारिएको नेटोको भनाई छ । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम...
-
२०७५ चैत्र ८, शुक्रबार
रुसीहरुको अमेरिका मोह, बच्चा जन्माउन अमेरिका पुग्न थाले
हरेक वर्ष सयौं गर्भवती रुसी महिलाहरु संयुक्तराज्य अमेरिकाको यात्रामा निस्कन्छन् । उनीहरु घुमघामका लागि अमेरिका आइपुगेका होइनन्, आफ्नो नवजात शिशुलाई अमेरिकी नागरिकले पाए सरहका सुविधा दिलाउने चाहना हो । यात्रा कागजात ९ट्राभल डकुमेन्ट० बनाउन उनीहरुले तस्करहरुलाई २० हजारदेखि कहिलेकाहिँ ५० हजार अमेरिकी डलरसम्म बुझाउँछन् । यो रकम उनीहरुको बसोबास र अस्पतालको बसाईमा समेत खर्च हुन्छ । बच्चा जन्माउन...
-
२०७५ चैत्र ८, शुक्रबार
उत्तर कोरियाले कर्मचारी फर्कायो
दुई कोरियाबीचको सम्बन्ध बढाउन स्थापना भएको सम्पर्क कार्यालयबाट उत्तर कोरियाले आफ्नो सबै कर्मचारी फर्र्काएको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् । केही हप्ता अगाडि भियतनामको राजधानी हनोईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ–अनबीच भएको भेटवार्ता कुनै सम्झौता बिना नै टुङ्गिएपछि समग्र शान्ति प्रक्रिया धरापमा परेको छ । गत सेप्टेम्बरमा उत्तर कोरियाली शहर केएसोङमा...
-
२०७५ चैत्र ७, बिहिबार
दक्षिण कोरियामा विवाह दर घट्यो
दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ । सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो । कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क...
-
२०७५ चैत्र ७, बिहिबार
काबुल विस्फोटमा छ जनाको मृत्यु
अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो । काबुलमा आज बिहान भएको एक विस्फोटमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले एएफपी...
-
२०७५ चैत्र ७, बिहिबार
भवनमा चेपिएका सात जनाको मृत्यु
भारतको कर्नाटक राज्यस्थित धारवादमा गत मङ्गलबार एक घर भत्किँदा मारिने व्यक्तिको संख्या सात पुगेको स्थानीय प्रशासनले जनाएको छ । धारवादकी उपआयुक्त दीपा चोलानले भवनमा पुरिएका ६१ जनाको जीवितै उद्धार गरिएको बताउनुभयो । भारतीय वायुसेनाले निर्माणाधीन घरले थिचेका व्यक्तिहरुको खोज तथा उद्धारका लागि दुई वटा टोलीलाई हवाई जहाजबाट घटनास्थलमा पु¥याएको थियो । खोजी तथा उद्धार कार्य अझै जारी छ । यसैबीच, कर्नाटक...
-
२०७५ चैत्र ७, बिहिबार
भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प – अध्ययन
दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय ९जियोथर्मल० प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो । सरकारी अग्रसरतामा गठित स्वदेशी र विदेशी विज्ञहरुको समितिले सन् २०१७ को नोभेम्बर १५ मा गएका ५।४ म्याग्नीच्यूडका भूकम्पहरु ऊर्जा उत्पादनका लागि भूतापीय...


