STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प – अध्ययन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ७, बिहिबार

दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय ९जियोथर्मल० प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो । सरकारी अग्रसरतामा गठित स्वदेशी र विदेशी विज्ञहरुको समितिले सन् २०१७ को नोभेम्बर १५ मा गएका ५।४ म्याग्नीच्यूडका भूकम्पहरु ऊर्जा उत्पादनका लागि भूतापीय प्लान्टको विस्फोटनबाट भएको निष्कर्ष निकालेको छ । राजधानी सियोलबाट करिब ३७४ किलोमिटर दक्षिण पूर्वमा अवस्थित औद्योगिक शहर पोहाङको केन्द्र र बाहिरी इलाकामा भूकम्पको ठूलै धक्का महसुस गरिएको थियो । कोरियाली इतिहासमा सन् १९७८ यता यो दोस्रो ठूलो र विनाशकारी भूकम्प हो । भूकम्पका कारण दर्जनौं व्यक्ति घाइते हुनुका साथै दुई हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय