STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेतन्याहु ‘निरङ्कुश’ तथा ‘बालबालिकाको हत्यारा’ ः एर्दोगान

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण ३०, बिहिबार

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार इजरायल प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई निरङ्कुश शासकको संज्ञा दिँदै उहाँले प्यालेष्टिनी बालबालिकाको सामुहिक हत्या गरेको आरोप बुधबार लगाउनुभएको छ । पछिल्लो केही दिन यता इजरायली प्रधानमन्त्री र टर्कीका राष्ट्रपति एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ । एर्दोगानले टर्कीको इस्तानबुलमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै भन्नुभयो, “हे नेतन्याहु , तिमी आफैमा भरोसा गर । तिमी एक निरङ्कुश हौ जसले सातबर्षे साना बालबालिकाको सामुहिक हत्या गरेको छ ।” यस पहिले इजरायली नेता नेतन्याहुले एर्दोगानलाई ‘तानाशाह’ को संज्ञा दिनुभएको थियो । टर्की र इजरायलबीच पछिल्लो केही महिना यता सम्बन्ध थप विग्रिएको छ । एर्दोगानले इजरायली नेता नेतन्याहुलाई प्यालेष्टिनी समस्याको कारकका रूपमा चित्रण गर्दै आउनुभएको छ भने उहाँले इजरायली नीतिको खुलारूपमा आलोचना गर्दै आउनुभएको छ ।
Categorized in अन्तर्राष्ट्रिय