relans
ni new 83
nib 2082 5

अन्तर्राष्ट्रिय

  • २०७६ जेठ ५, आइतबार

    भारतमा आज अन्तिम चरणको निर्वाचन

    भारतमा भइरहेको लोकसभाको निर्वाचन अन्तर्गत आइतबार अन्तिम तथा सातौँ चरणको मतदान भइरहेको छ । देशभरका सात प्रदेशका ५९ निर्वाचन क्षेत्रमा मतदान भइरहेको निर्वाचन आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आइतबारको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीसहित ९१८ जना उम्मेदवार चुनावी मैदानमा रहनु भएको छ । प्रधानमन्त्री मोदी उत्तर प्रदेशको वाराणसीबाट उम्मेदवार बन्नु भएको छ । उहाँलाई भारतीय राष्ट्रिय...

  • २०७६ जेठ ५, आइतबार

    न्यू क्यालेडोनियामा भूकम्प

    अमेरिकी भौगर्भिक सर्भेले न्यू क्यालेडोनियाको पूर्वी तटीय इलाकामा ६।८ म्याग्नीच्यूडको भूकम्प गएको जनाएको छ । उक्त भूकम्प जमिनको सतहबाट करिब १४ किलोमिटरमुनि बिहानीपख ११ बजेर २३ मिनेटमा आएको थियो । भूकम्पबाट जनधनको कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । साथै कुनै सुनामीको चेतावनी पनि जारी गरिएको छैन । फ्रान्सको अधीनमा रहेको क्यालिडोनिया प्रशान्त महासागरीय क्षेत्रमा रहेको छ । यहाँ बारम्बार भूकम्प...

  • २०७६ जेठ ५, आइतबार

    फिलिपिन्समा रेल दुर्घटना

    फिलिपिन्सको क्युजोन नगरमा दुई वटा रेल ठोक्किएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा २९ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार लाइट रेल ट्रान्जिट लाइन २ रेल अर्को रोकिराखेको रेलसँग जुधेको थियो । घाइते यात्रुहरुलाई तत्काल उद्धार गरी अस्पताल भर्ना गरिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको रेलसेवाले जनाएको छ ।

  • २०७६ जेठ ५, आइतबार

    मालीमा राष्ट्रसंघ शान्ति सैनिकको हत्या

    अफ्रिकी राष्ट्र मालीमा तैनाथ राष्ट्रसंघीय शान्ति मिसनमा शनिबार भएको एक आक्रमणमा एक जना नाइजेरियाली शान्ति सैनिकको मृत्यु भएको छ । राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा टिमबक्तुमा अज्ञात आक्रमणकारीले शान्ति सैनिकमाथि गोली चलाएको उल्लेख छ । अर्का एक जना नाइजेरियाली शान्ति सैनिक पनि घाइते भएका छन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उक्त आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले उक्त...

  • २०७६ जेठ ३, शुक्रबार

    यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

    यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् । द्वन्द्वग्रस्त यस अरबी मुलुकमा मारिनेमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरु रहेका अधिकारीहरुले जानकारी दिएका छन् । हुथीहरुले विषेश गरेर तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुको पहलमा शान्ति सम्झौताको पहल भइरहेका बेला हिंसात्मक घटना भने जारी रहेका छन् । हुथी विद्रोहीहरुले...

  • २०७६ जेठ ३, शुक्रबार

    मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए

    अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन मानवरहित विमान कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ । खोग्यानी जिल्लामा संयुत्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारबाहीमा परी आठ इस्लामिक स्टेट्स आइएस आतङ्ककारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । मारिएका यी आइएस आतङ्ककारीमा आबुजार नाम गरेका एक...

  • २०७६ जेठ ३, शुक्रबार

    उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

    उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् ।...

  • २०७६ जेठ ३, शुक्रबार

    धम्कीपछि एक पत्रकारको हत्या

    मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी उहाँलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ । पत्रकार फ्रान्सीस्को रोमेरो डिजको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उहाँको शव पनि...

  • २०७६ जेठ ३, शुक्रबार

    हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

    अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । आफ्नै सहकर्मीले गरेको कारबाही परी सुरक्षा अधिकारीहरुले ज्यान गुमाएका यो पछिल्लो घटना भएको बताइएको छ । प्रान्तीय राजधानी लासकार घाको बाहिरी क्षेत्रको ताङ्की इलाकामा रहेको प्रहरीचौकीमा बिहीबार राति अज्ञात सङ्ख्यामा आएका सशस्क्र तालिबान लडाकू समूहले...

  • २०७६ जेठ २, बिहिबार

    उत्तरी अफगानिस्तानमा कारबाही

    अफगानिस्तानको उत्तर प्रान्त बाल्खमा गरिएको गोप्य सुरक्षा कारबाहीमा तालिबान समूहका कमान्डर सहित छ जना लडाकूकको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा सरकारी फौजले गरेको प्रतिआतङ्कवाद कारबाहीमा तालिबान लडाकूहरुको ज्यान गएको उल्लेख छ । मन्त्रालयले दुबै पक्षबीच भिषण गोली हानाहान भएको पनि जनाएको छ । बाल्खमा सक्रिय तालिबान कमान्डर मुल्लाह शेडर मारिएको मन्त्रालयले दाबी गरेको छ ।...

  • २०७६ जेठ २, बिहिबार

    यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

    यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् । हुथी विद्रोहीहरु निरन्तर अघि बढेपछि सरकारी सेनासँग भिडन्त भएको हो । नाम बताउन नचाहने एक सैनिक अधिकारीका अनुसार विद्रोही र सेनाबीच घण्टौंसम्म गोली हानाहान भएको थियो । अल–ढालिया प्रान्तको क्वाताबा जिल्लालाई नियन्त्रणमा लिन विद्रोही हुथी...

  • २०७६ जेठ २, बिहिबार

    गाजामा ६५ प्यालेस्टिनी घाइते

    गाजापट्टी–इजरायली सीमाक्षेत्रमा इजरायली सेनासँग भएको भिडन्तमा बुधबार कम्तीमा ६५ जना प्यालेस्टिनी घाइते भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गाजा स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी २२ जना बालबालिका समेत कम्तीमा ६५ जना घाइते भएको जनाएको छ । इजरायलसँग सीमा जोडिएको क्षेत्रमा प्यालेस्टिनी समुदायले निकालेको जुलुसलाई तितरबितर पार्नेक्रममा इजरायली सेनासँग भिडन्त भएको थियो । पूर्वी...

Pages