STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ जेठ ५, आइतबार

    होन्डुरसमा सानो बिमान दुर्घटना, पाँच जनाको मृत्यु

    होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहनुभएको छ । उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर...

  • २०७६ जेठ ५, आइतबार

    बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या

    अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा अरु ९ जना गाउँलेको मृत्यु भएको बताउनुभयो ।...

  • २०७६ जेठ ३, शुक्रबार

    यमनमा दुई दिनमा ८३ जनाको मृत्यु

    यमनमा पछिल्लो दुई दिनमा भएका विभिन्न घटनामा परी कम्तीमा ८३ जना मारिएका छन् । द्वन्द्वग्रस्त यस अरबी मुलुकमा मारिनेमा यमनी र विषेश गरेर हुथी विद्रोही लडाकूहरु रहेका अधिकारीहरुले जानकारी दिएका छन् । हुथीहरुले विषेश गरेर तीन बन्दरगाहलाई प्रयोग गर्ने गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीहरुको पहलमा शान्ति सम्झौताको पहल भइरहेका बेला हिंसात्मक घटना भने जारी रहेका छन् । हुथी विद्रोहीहरुले...

  • २०७६ जेठ ३, शुक्रबार

    मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए

    अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको ड्रोन मानवरहित विमान कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रबार जानकारी दिएको छ । खोग्यानी जिल्लामा संयुत्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारबाहीमा परी आठ इस्लामिक स्टेट्स आइएस आतङ्ककारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । मारिएका यी आइएस आतङ्ककारीमा आबुजार नाम गरेका एक...

  • २०७६ जेठ ३, शुक्रबार

    उत्तर कोरियामा शताब्दीकै ठूलो खडेरी

    उत्तर कोरियामा यस शताब्दीकै सबैभन्दा ठूलो खडेरी परेको छ । यसबाट यहाँको जनजीवन नराम्ररी प्रभावित हुने देखिएको बताइएको छ । समाचारमा जनाइएअनुसार यस खडेरीका कारण यस शताब्दीकै सबैभन्दा बढी यहाँका नागरिक प्रभावित भएका भन्दै यसप्रति विश्व खाद्य कार्यक्रमले पनि गहिरो चासो व्यक्त गरेको छ । यस देशको अवस्थाको बारेमा हामीले गम्भीर चासो लिएका छौँ– विश्व खाद्य कार्यक्रमका एकजना अधिकारीले जानकारी दिएका छन् ।...

  • २०७६ जेठ ३, शुक्रबार

    धम्कीपछि एक पत्रकारको हत्या

    मेक्सिकोमा बिहीबार एक जना पत्रकारको हत्या भएको छ । देशको दक्षिणपूर्वी राज्य क्विन्ताना अन्तर्गत पर्ने तटवर्ती सहर प्लाय डेल कारमेनमा पत्रकारको हत्या भएको हो । हत्या हुनु अगाडी उहाँलाई धम्की आएको अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका अनुसन्धानकर्ताहरुले जारी गरेको वक्तव्यमा अनुसन्धान जारी रहेको उल्लेख छ । पत्रकार फ्रान्सीस्को रोमेरो डिजको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । उहाँको शव पनि...

  • २०७६ जेठ ३, शुक्रबार

    हवाई कारबाहीमा सत्र प्रहरी मारिएको आशङ्का

    अफगानिस्तानको दक्षिणी प्रान्त हेलामान्डमा रातभर भएको हवाई कारबाहीमा परी १७ प्रहरी मारिनुको साथै अन्य १४ घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ । आफ्नै सहकर्मीले गरेको कारबाही परी सुरक्षा अधिकारीहरुले ज्यान गुमाएका यो पछिल्लो घटना भएको बताइएको छ । प्रान्तीय राजधानी लासकार घाको बाहिरी क्षेत्रको ताङ्की इलाकामा रहेको प्रहरीचौकीमा बिहीबार राति अज्ञात सङ्ख्यामा आएका सशस्क्र तालिबान लडाकू समूहले...

  • २०७६ जेठ २, बिहिबार

    उत्तरी अफगानिस्तानमा कारबाही

    अफगानिस्तानको उत्तर प्रान्त बाल्खमा गरिएको गोप्य सुरक्षा कारबाहीमा तालिबान समूहका कमान्डर सहित छ जना लडाकूकको मृत्यु भएको छ । अफगान गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा सरकारी फौजले गरेको प्रतिआतङ्कवाद कारबाहीमा तालिबान लडाकूहरुको ज्यान गएको उल्लेख छ । मन्त्रालयले दुबै पक्षबीच भिषण गोली हानाहान भएको पनि जनाएको छ । बाल्खमा सक्रिय तालिबान कमान्डर मुल्लाह शेडर मारिएको मन्त्रालयले दाबी गरेको छ ।...

  • २०७६ जेठ २, बिहिबार

    यमनमा जारी युद्धमा १२ जनाको मृत्यु

    यमनी सरकारी फौज र विद्रोही हुथी लडाकूबीच दक्षिणी प्रान्त अल–ढालियामा जारी युद्धमा पाँच सैनिक र सात जना विद्रोहीको मृत्यु भएको सैनिक अधिकारीहरुले जनाएका छन् । हुथी विद्रोहीहरु निरन्तर अघि बढेपछि सरकारी सेनासँग भिडन्त भएको हो । नाम बताउन नचाहने एक सैनिक अधिकारीका अनुसार विद्रोही र सेनाबीच घण्टौंसम्म गोली हानाहान भएको थियो । अल–ढालिया प्रान्तको क्वाताबा जिल्लालाई नियन्त्रणमा लिन विद्रोही हुथी...

  • २०७६ जेठ २, बिहिबार

    गाजामा ६५ प्यालेस्टिनी घाइते

    गाजापट्टी–इजरायली सीमाक्षेत्रमा इजरायली सेनासँग भएको भिडन्तमा बुधबार कम्तीमा ६५ जना प्यालेस्टिनी घाइते भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । गाजा स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी २२ जना बालबालिका समेत कम्तीमा ६५ जना घाइते भएको जनाएको छ । इजरायलसँग सीमा जोडिएको क्षेत्रमा प्यालेस्टिनी समुदायले निकालेको जुलुसलाई तितरबितर पार्नेक्रममा इजरायली सेनासँग भिडन्त भएको थियो । पूर्वी...

  • २०७६ जेठ २, बिहिबार

    ब्राजिलका पूर्व राष्ट्रपति टेमर रिहा

    भ्रष्टाचारको आरोपमा जेलमा रहेका ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर बुधबार जेलमुक्त हुनुभएको छ । टेमरलाई भ्रष्टाचारको आरोपमा साओ पाउलो राज्यको सैनिक प्रहरीको मुख्यालयमा राखिएको थियो । तर पूर्व राष्ट्रपति टेमरलाई अन्यत्र भाग्न वा न्यायमा अबरोध गर्न नपाउने गरी छाडिएको छ । गत मङ्गलबार ब्राजिलको सर्वोच्च अदालतले टेमरलाई रिहा गर्न आदेश दिएको थियो । अदालतले टेमर विरुद्ध चलिरहेको मुद्दामा कुनै ठोस...

  • २०७६ जेठ २, बिहिबार

    फोहोर फिर्ता लैजान क्यानाडामाथि दबाब

    फिलिपिन्सले क्यानाडामा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाउनुका साथै क्यानाडास्थित नियोगको दर्जा कटौती गरेको छ । क्यानाडाले फिलिपिन्समा छ वर्षअघि थुपारेको फोहोर फिर्ता नलगेसम्म क्यानाडाको आफ्नो कुटनीतिक नियोगको दर्जामा पुनर्विचार नगरिने फिलिपिन्सका विदेश सचिव टिओडोरो लोक्सीनले बताउनुभएको छ । सन् २०१३ र २०१४ मा क्यानाडाले फिलिपिन्सको तटीय इलाकामा सयौं टन फोहोर फालेको थियो । फिलिपिन्सले उक्त फोहोर...

Pages