STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७६ बैशाख २६, बिहिबार

    पाकिस्तानमा बम बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लियो

    पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ । उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा लिएको लाहोरबाट प्राप्त समाचारमा जनाइएको छ । लाहोरको एक मस्जिदमा भएको ऊक्त विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका थिए । यस...

  • २०७६ बैशाख २६, बिहिबार

    अफगानिस्तानमा मानवीय सहायताकर्मीमाथि आक्रमण

    अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ । अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नजिकै रहेको...

  • २०७६ बैशाख २५, बुधबार

    अमेरिकी सैनिकको मृत्यु भएको पेन्टागनको भनाई

    अफगानिस्तानमा तैनाथ मेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ । अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ । उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए । पेन्टागनले उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । अफगानिस्तानमा संयुक्तराज्य...

  • २०७६ बैशाख २५, बुधबार

    पाकिस्तानमा बम बिस्फोट, चार जनाको मृत्यु

    पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको छ । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । इस्लामिक लडाकूहरुले...

  • २०७६ बैशाख २५, बुधबार

    मेक्सिकोमा जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टी

    मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताउनुभयो । उहाँले मृत्यु भएका व्यक्तिमध्ये सात जनाकोे...

  • २०७६ बैशाख २५, बुधबार

    अमेरिकी विदेशमन्त्री पोम्पेओ इराक भ्रमणमा

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार अचानक इराकको राजधानी बग्दाद पुग्नु भएको छ । इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुग्नु भएको हो । विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्वसँग भेटेर इरानविरुद्ध दबाव दिने रहेको जनाइएको छ । पोम्पेओले छिमेकी मुलुक इरानको प्रभावबाट मुक्त गरी सार्वभौम इराकलाई अमेरिकाको...

  • २०७६ बैशाख २५, बुधबार

    फानी नामक सामुद्रिक आँधीका कारण १६३ घाइते

    भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् । पुरीमा एकसय ६० र भुवनेश्वरमा तीन जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ । यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ । उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा...

  • २०७६ बैशाख २४, मंगलबार

    कोरियाली प्रायःद्वीपको विषयमा मुन र ट्रम्पबीच वार्ता हुने

    कोरियाली प्रायःद्वीपको विषयमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार राति टेलिफोन वार्ता हुने भएको छ । दक्षिण कोरियाको ब्लू हाउसले उक्त जानकारी दिएको छ । अमेरिका र दक्षिणी कोरियाली यी दुई नेताबीच अप्रिल ११ को सम्मेलनपछि कोरियाली प्रायःद्वीपका विषयमा आआफ्नो विचार आदानप्रदान गर्ने ब्लु हाउसका प्रवक्ता को मिन जुङ्गले बताउनुभएको छ । गत फेब्रुअरीमा...

  • २०७६ बैशाख २४, मंगलबार

    पपुवा न्यु गिनीमा ७।२ शक्तिशाली भूकम्प

    पपुवा न्यु गिनीमा सोमबार ७।२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जनाएको छ । स्थानीय समयानुसार सोमबार राति ९ः१९ मा बुलोलोबाट करिब ३३ किलोमिटर टाढा उत्तरपश्चिममा रहेको क्षेत्रको १ सय २७ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको युएसजिएसले जनाएको छ । युएसजिएसका अनुसार राजधानी पोर्ट मोरेसबाइमा पनि महसूस गरिएको छ । यस भूकम्पपछि धनजनको क्षति सम्बन्धी...

  • २०७६ बैशाख २४, मंगलबार

    म्यानमारका दुई पत्रकार रिहा

    सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ । म्यानमारमा ६ हजार ५२० कैदीलाई रिहा गर्नेक्रममा ती दुई पत्रकार रिहा भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । याङ्गुनसँग आवद्ध दुई पत्रकार वा लोन र क्याव सोए ओओलाई सन् २०१८ को सेप्टेम्बरमा सात वर्ष केैदको सजाय सुनाइएको थियो । म्यानमारको...

  • २०७६ बैशाख २४, मंगलबार

    सोलमा यस हप्ता त्रिपक्षीय सुरक्षा वार्ता हुने

    दक्षिण कोरियाको राजधानी सोलमा यसै हप्ता सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता हुन लागेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जानकारी दिएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयमा एघारौं त्रिपक्षीय सुरक्षा वार्ता हुन लागेको हो । यस।वार्तामा दक्षिण कोरिया, अमेरिका र जापानका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । यस वार्तामा निःशस्त्रीकरण, कोरियाली प्रायःद्वीपमा शान्ति, क्षेत्रीय सुरक्षालगायत एकआपसको...

  • २०७६ बैशाख २३, सोमबार

    रुसी बिमान दुर्घटनामा कम्तीमा ४० जनाको मृत्यु

    रुसको मस्कोस्थित शेरेमेट्येभो बिमानस्थलमा आइतबार साँझ आपतकालीन अवतरण गर्नेक्रममा एउटा रुसी यात्रुबाहक बिमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको छ । रुसी राष्ट्रिय ध्वजाबाहक एरोफ्लोटको सुखोई एसएसजे१०० बिमानमा ७३ जना यात्रु र पाँच जना चालक दलका सदस्य थिए । बिमान अवतरण हुनासाथ बिमानमा ठूलो आगलागी भएको थियो । रुसी जाँच समितिका प्रवक्ता एलिना मार्कोभ्सकायाले बिमान दुर्घटनाबाट ४१ जनाको...

Pages