अन्तर्राष्ट्रिय
-
२०७६ जेठ ८, बुधबार
कारबाहीमा तीन आतङ्ककारी मारिए
अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा जारी सैन्य कारबाहीको क्रममा जारी झडपमा परी तीन आतङ्ककारी मारिनुको साथै अन्य २० जना घाइते भएका सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । बाल्ख प्रान्तको बाल्ख जिल्लामा सो सैन्य कारबाही जारी रहेको थियो । कारबाहीको क्रममा पाँच ओटा गाउँलाई आतङ्ककारी मुक्त बनाइएको सेनाको दाबी रहेको छ । यस कारबाहीको क्रममा सुरक्षाबलले आतङ्ककारीको सात ओटा मोटरसाइकल, हातहतियार...
-
२०७६ जेठ ८, बुधबार
राजश्व प्रशासनमा थप प्रभावकारिता आएको छ ः अर्थमन्त्री
प्रतिनिधिसभाको आजाको बैठकले ‘राजश्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा सांसद भरतकुमार शाह, प्रेम सुवाल, दीव्यमणि राजभण्डारी, रामकुमारी झाँक्री,...
-
२०७६ जेठ ८, बुधबार
पुटिनको मार्केल र म्याँक्रोसँग फोनवार्ता
गृहयुद्धमा होमिएको सिरियाको अवस्थाको विषयमा रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार जर्मनीका चान्सलर एन्जेला मर्केल र फ्रासका राष्ट्रपति इम्यानुएल म्याँक्रोसँग छलफल गर्नुभएको क्रेमलिनले जनाएको छ । टेलिफोन वार्तामा तीनै नेताले आ–आफ्ना तर्फबाट सिरियाली गृहयुद्धको शान्तिपूर्ण समाधानका विषयमा धारणा राख्नुभएको समाचारमा जनाइएको छ । वार्ताका क्रममा सशस्त्र विद्रोही समूहले बारम्बार युद्धविरामको...
-
२०७६ जेठ ६, सोमबार
ब्राजिलमा गोली चल्यो, ११ जनाको मृत्यु
ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् । स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् । प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ ।...
-
२०७६ जेठ ६, सोमबार
इराकमा अमेरिकी दूतावास नजिक बिस्फोट
इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज आएको छ । स्पुटनिक समाचार समितिका अनुसार बिस्फोटबाट कुनै क्षति भएको छैन । इराकी अधिकारीहरुले उक्त घटनाका बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् । तर, अमेरिकी दूतावास नजिकै ठूलो बिस्फोटको आवाज आएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । संयुक्तराज्य अमेरिकाले केही सरकारी कर्मचारीलाई इराक तत्काल छाड्न आदेश दिएको...
-
२०७६ जेठ ६, सोमबार
ताजकिस्तानको एक जेलमा ३२ को मृत्यु
ताजकिस्तानको एक जेलमा भएको भीडन्मा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र भएको यस दङ्गामा परी मारिएका यी व्यक्तिहरुमा २४ जना इस्लामिक स्टेट्स आतङ्ककारी समूहका सदस्य र तीन जना सुरक्षा गार्ड रहेका अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । ताजकिस्तानको राजधानी डुशान्बेनजिकै रहेको यस कारगारामा आइतबार साँझ आइएस आतङ्ककारी समूहले शुरु गरेको भडपमा पाँच कैदी, तीन गार्ड र २४ जना आइएस आतङ्ककारी...
-
२०७६ जेठ ६, सोमबार
सिरियामा हवाई आक्रमण दश सर्वसाधारण मारिए
सिरियाको उत्तरपश्चिमी प्रान्त इद्लिबमा रुसको नेतृत्वमा सिरियाली शासकले गरेको हवाई आक्रमणमा परी कम्तीका १० सर्वासधारण मारिएका छन् । मारिएका यी व्यक्तिहरुमा पाँच बालबालिका रहेका एक मानव अधिकार समूहले सोमबार जानकारी दिएको छ । रुसले इद्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि नै हवाई आक्रमण भएको थियो । सरकारी सुरक्षा बल र जिहादी समूहबीच भएको भीषण झडपपछि सो हवाई आक्रमण भएको सिरियाली अब्जरभेटरी...
-
२०७६ जेठ ६, सोमबार
सीमा आक्रमणमा सातको मृत्यु
मालीको बुर्किना फासोसँगैको सीमा क्षेत्रमा भएको एक आक्रमणमा परी सात व्यक्तिको मृत्यु भएको छ । सो आक्रमणमा परी चार सर्वसाधारण, दुई प्रहरी र एक सीमा शुल्क विभागका अकृधितको मृत्यु भएको सुरक्षा र सरकारी स्रोतले सोमबार जानकारी दिएको छ । मालीको कोउरीमा रहेको सीमाचौकीमा आइतबार राति सशस्त्र हतियारधारीहरु सो आक्रमण गरेका स्थानीय प्रहरीले जानकारी दिएको छ । आक्रमण गर्ने ती व्यक्तिहरुको परिचय भने खुल्न सकेको...
-
२०७६ जेठ ६, सोमबार
स्कूट एयरवेजको बिमान चेन्नाईमा आकस्मिक अवतरण
सिंगापुरतर्फ उडिरहेको स्कूट एयरवेजको बिमानमा खराबी देखिएपछि सोमबार बिहान चेन्नाई बिमानस्थलमा आकस्मिक अवतरण गराइएको छ । विमानस्थल अधिकारीहरुले बिमानका पाइलटले बिमानभित्रको कार्गोमा धुँवा देखिएपछि आकस्मिक अवतरण गर्न अनुरोध गरेको बताएका छन् । उक्त बिमान तमिलनाडुको ट्रिचीबाट सिंगापुरतर्फ उडेको थियो । बिमानमा १६१ जना यात्रु र चालक दलका सदस्यहरु सवार थिए । बिमानका सबै यात्रु सकुशल रहेको पनि...
-
२०७६ जेठ ५, आइतबार
होन्डुरसमा सानो बिमान दुर्घटना, पाँच जनाको मृत्यु
होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । प्रहरीका अनुसार रोटानको बिमानस्थलबाट उडेको केही मिनेटभित्रै उक्त बिमान डिक्सन कोभ शहर नजिक दुर्घटनाग्रस्त भएको थियो । मृत्यु हुनेहरुमा ब्राड्ली पोस्ट, बेली सोनी, टमी डब्लर तथा पाइलटद्वय प्याट्रिक फोरसेठ र एन्थोनी डब्लर रहनुभएको छ । उक्त जहाज रोटानबाट करिब ७७ किलोमिटर...
-
२०७६ जेठ ५, आइतबार
बोको हरामको आक्रमण, १३ जना गाउँलेको हत्या
अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलिया गाउँमा बोको हरामका सशस्त्र लडाकूहरुले बिहानीपख आक्रमण गरेका थिए । लेक चाड प्रान्तीय अधिकारी डिमोया सोयपेबेले बोको हरामको आक्रमणमा स्थानीय प्रमुख र उनको परिवार तथा अरु ९ जना गाउँलेको मृत्यु भएको बताउनुभयो ।...
-
२०७६ जेठ ५, आइतबार
तान्जानियामा बाढीका कारण घरबारविहीन
तान्जानियामा आएको बाढीका कारण पाँच जनाको मृत्यु हुनुका साथै दुई हजार ५०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् । जिल्ला प्रशासनका सचिव सालोम मागाम्बोले लेक मलावीसँग सीमा जोडिएको क्येला जिल्लाका विद्यालयहरु बन्द गरिएको जानकारी दिनुभयो । ठूलो वर्षाका कारण स्थानीय नदीको सतह बढेर गाउँतर्फ पसेपछि स्थानीय सर्वसाधारण अन्यत्र भाग्न विवश भएको पनि मागाम्बोले बताउनुभयो । उहाँले बाढीले गरेको क्षति व्यापक रहेको...


