STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७६ बैशाख १०, मंगलबार

    कजाखस्तानमा टोकायेभ राष्ट्रपतिका उम्मेदवार

    कजाखस्तानको सत्तारुढ दलले कास्सीम–जोमर्ट टोकायेभलाई मङ्गलबार पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरेको छ । आगामी जुनमा कजाखस्तानमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । कजाखस्तानका संस्थापक नेता नुरसुल्तान नजरबायेभले टोकायेभलाई राष्ट्रपतिका रुपमा अघि सारेपछि सत्तारुढ दलले पनि उहाँलाई नै राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो । सत्तारुढ नुर ओटान पार्टीका ६०० भन्दा बढी प्रतिनिधिले टोकायेभको...

  • २०७६ बैशाख १०, मंगलबार

    भियतनामका पूर्व राष्ट्रपतिको निधन

    भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा सोमबार निधन भएको छ । जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो । दक्षिण भियतनाममा अधिकांश समय बिताएका जनरल ली भियतनामलाई उपनिवेश बनाएको फ्रान्स र अमेरिकी सैनिक विरुद्धको भिषण युद्धमा सहभागी हुनुभएको थियो । जनरल ली सन् १९९२–१९९७ सम्म भियतनामको राष्ट्रपति हुनुभएको थियो...

  • २०७६ बैशाख १०, मंगलबार

    म्यान्मारमा पत्रकारको अपिल खारेज

    म्यान्मारको सर्वोच्च अदालतले दुई जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ । रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य सूचना सङ्कलन गरेको भन्दै म्यान्मार सरकारले उनीहरुलाई सात वर्षको जेल सजाय दिएको छ । सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका पत्रकारहरु ३३ वर्षीय वा लोन र क्या सो ऊ अद्यापी जेलमै छन्...

  • २०७६ बैशाख १०, मंगलबार

    प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गर्नुभएको छ । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए । मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदान स्थल...

  • २०७६ बैशाख ९, सोमबार

    तालिबानी लडाकूको मृत्यु

    घाज्नी प्रान्तको काराबाग जिल्लामा सोमबार बिहान अफगान सुरक्षाफौजले गरेको कारबाहीमा नौ जना तालिबानी लडाकूको मृत्यु भएको छ । प्रान्तीय सरकारका प्रवक्ता आरफ नुरीले सेनाले तालिबानी समूहको कब्जामा रहेका अरु १० जनालाई पनि मुक्त गराएको जानकारी दिनुभयो । नुरीका अनुसार सेनाले पाँच जना तालिबानी लडाकूलाई पक्राउ गरेको छ । घाज्नी प्रान्तको केही भूभाग कब्जा गरेका तालिबानी समूहले भने यस सैनिक कारबाहीका बारेमा...

  • २०७६ बैशाख ९, सोमबार

    युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

    किभ,  बैशाख रासस(एएफपी युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी हुनुभएको छ । उहाँले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३।२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगका अनुसार पोरोशेन्कोले २४।४ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । यद्यपी...

  • २०७६ बैशाख ९, सोमबार

    इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने अमेरिकी तयारी

    संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ । अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ । अमेरिकी तयारीबारे समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै सन् २०१९ मा तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा...

  • २०७६ बैशाख ९, सोमबार

    सुडानी प्रदर्शनकारीलाई ‘अबरोध’ हटाउन सेनाको आग्रह

    सुडानी सेनाले सैनिक मुख्यालय अघिल्तिर राखेका अबरोधहरु हटाउन सोमबार प्रदर्शनकारी समक्ष आग्रह गरेको छ । सेनालाई तत्काल सत्ता छाड्न आग्रह गर्दै सैनिक मुख्यालय बाहिर हजारौं सुडानी जनता केही दिनदेखि धर्नामा बसेका छन् । नागरिकलाई सत्ता हस्तान्तरण गर्नेबारेमा सत्तारुढ सैनिक परिषदसँग भएको वार्ता बिफल भएसँगै सेनाले उक्त आग्रह गरेको हो । प्रदर्शनमा सहभागी नेताहरुले सेनालाई शासनसत्ता त्यागी जनताको हातमा...

  • २०७६ बैशाख ९, सोमबार

    फिलिपिन्समा भूकम्प

    फिलिपिन्सको राजधानी मनिलामा समेत धक्का महसुस हुनगरी उत्तरी फिलिपिन्सको जाम्बालेसलाई केन्द्र बनाएर ५।७ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्भेले भने उक्त भूकम्प ६।३ म्याग्नीच्यूडको रहेको जनाएको छ । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ४० किलोमिटर मुनि रहेको फिलिपिनी भूगर्भ केन्द्रले जनाएको छ ।

  • २०७६ बैशाख ८, आइतबार

    श्रीलङ्का आक्रमण, १८५ जनाको मृत्यु, कोलम्बोमा लगातार दुई वटा बिस्फोटन अपडेट

    श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर चर्च सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु करिब ५०० व्यक्ति घाइते भएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको...

  • २०७६ बैशाख ८, आइतबार

    युक्रेनमा राष्ट्रपतिका लागि दोस्रो चरणको मतदान शुरु

    युक्रेनमा राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान आइतबार बिहानैदेखि शुरु भएको छ । चुनावमा राष्ट्रपति पेट्रो पोरोशेन्को र हास्य कलाकार भोलोडिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पछिल्ला जनमत सर्वेक्षणले हास्य कलाकार जेलेन्स्की निर्वाचित हुने सम्भावना रहेको देखाएका छन् । यसअघि सम्पन्न पहिलो चरणको चुनावमा वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्को विरुद्ध जेलेन्स्की र पूर्व...

  • २०७६ बैशाख ८, आइतबार

    मालीमा एक जना शान्ति सैनिकको मृत्यु, चार जना घाइते

    अफ्रिकी मुलुक मालीको मोप्तीमा तैनाथ राष्ट्रसङ्घीय शान्ति सेना चढेको सवारी साधनलाई लक्षित गरी शनिबार गरिएको बारुदी सुरुङ बिस्फोटबाट एक जना शान्ति सैनिकको मृत्यु भएको छ भने अरु चार सैनिक घाइते भएका छन् । राष्ट्रसङ्घको माली मिसनद्वारा जारी वक्तव्यमा मारिएका शान्ति सैनिक इजिप्टका रहेको उल्लेख छ । शान्ति सैनिकहरु चढेका सवारी साधनहरु बोनीबाट डुएन्जातर्फ जाँदै थिए । राष्ट्रउसङ्घका महासचिव एन्टोनियो...

Pages