STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७६ बैशाख ५, बिहिबार

    बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु

    पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गर्नुभएको छ । उहाँले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ । मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले...

  • २०७६ बैशाख ४, बुधबार

    भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन

    भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्यपेक्षकहरु खटाएको जनाएको छ । आयोगले बिहारका प्रमुख निर्वाचन अधिकारी अजय नायकलाई विशेष पर्यवेक्षकमा नियुक्त गरेको हो । पहिलो चरणको चुनावमा पश्चिम बंगालका कूच बेहार र अलिपुरदुआर चुनाव क्षेत्रमा मतदान भएको थियो भने बाँकी ४० स्थानका लागि विभिन्न छ चरणमा चुनाव हुँदैछ ।

  • २०७६ बैशाख ४, बुधबार

    एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा

    अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् ।  सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ ।  प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिनुभएको छ । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानूनअनुसार सो गाउँ...

  • २०७६ बैशाख ४, बुधबार

    इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना

    इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ । पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ । राष्ट्रपति जोको विडोडो पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई पूर्व सैनिक जनरल प्रावोओ सुबियान्तोले कडा टक्कर दिनुभएको मतसर्वेक्षणहरुले देखाएका छन् ।...

  • २०७६ बैशाख ४, बुधबार

    जथाभावी छुरा प्रहार गरी दक्षिण कोरियामा पाँचको हत्या १३ घाइते

    दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् । एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ । सो अपार्टमेन्टको चौथो तल्लामा एकजना ४२ वर्षीय स्थानीय...

  • २०७६ बैशाख ४, बुधबार

    धूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु

    भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ । त्यसगरी पश्चिम राज्य गुजरातको कैयांै जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं...

  • २०७६ बैशाख ४, बुधबार

    यमन गृहयुद्धमा साउदी सहभागिता, अमेरिकी राष्ट्रपतिले लगाए भिटो

    साउदी अरेबीयाको अग्रसरतामा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदी अरबीयालाई अमेरिकी सैनिक सहयोग रोक्न अमेरिकी संसद कङ्ग्रेसले पारित गरेको प्रस्तावविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार ९भिटो० प्रयोग गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा प्रयोग गर्नुभएको यो दोस्रो विशेषाधिकार हो । अमेरिकी कङ्ग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको...

  • २०७६ बैशाख ४, बुधबार

    इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान

    इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ । राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । संसदले...

  • २०७६ बैशाख ३, मंगलबार

    उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए

    अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि गोली चलाइएको सेनाले जनाएको छ । सेनाद्वारा जारी अर्को विज्ञप्तिमा उक्त कारबाहीका...

  • २०७६ बैशाख ३, मंगलबार

    नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने म्याँक्रोको प्रतिबद्धता

    फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ । फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रुपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ । हजारौं पेरिस निवासी र पर्यटकहरुले क्याथिड्रल ९गिर्जाघर० नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको...

  • २०७६ बैशाख ३, मंगलबार

    रिपब्लीकन पार्टीबाट बिल वेल्डको उम्मेदवारी

    रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गर्नुभएको हो । विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अमेरिकी म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्व गभर्नर बिल वेल्डले ट्विट...

  • २०७६ बैशाख ३, मंगलबार

    संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

    संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिबानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ । तालिबानका तर्फबाट आएको भनिएको यस्तो कारबाहीप्रति सुरक्षा परिषदले दुःख पनि व्यक्त गरेको छ । तालिबानको यस्तो कारबाहीबाट कसैलाई फाइदा नपुग्ने र यसले देशमा थप हिंसा बढाउने, नागरिकमा समस्या थप्ने र देशमा थप विनाश निम्तिने धारणा पनि राखेको समाचारमा...

Pages