STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७६ बैशाख ८, आइतबार

    राष्ट्रपति ट्रम्पको सन्देश उत्तर लैजान दक्षिण कोरिया प्रतिक्षारत

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–अनलाई पठाउनुभएको सन्देश हस्तान्तरण गर्न आफू प्रतिक्षारत रहेको दक्षिण कोरियाका राष्ट्रपति मून जाए–इनले बताउनुभएको छ । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयका एक अधिकारीका अनुसार त्यस्तो सन्देश दुबै नेताबीच हुने सम्भावित अन्तर–कोरियाली चौथो सम्मेलनका अवसरमा हस्तान्तरण गरिनेछ । तर अन्तर कोरियाली चौथो सम्मेलनको मिति अझै घोषणा भएको छैन ।...

  • २०७६ बैशाख ८, आइतबार

    श्रीलङ्काका होटल र चर्चमा बिस्फोट, १३७ जनाको मृत्यु अपडेट

    श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर चर्च सहित देशका पूर्वी भेगमा आइतबार भएका छ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३७ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ । मृत्यु हुनेमा ९ जना विदेशी नागरिक समेत छन् । बिस्फोटका कारण अरु सयौं व्यक्ति घाइते भएका छन् । राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटलमा गरी ४५ जनाको ज्यान गएको छ भने राजधानी नजिकको नेगोम्बोस्थित...

  • २०७६ बैशाख ६, शुक्रबार

    मन्त्रिपरिषदमा व्यापक फेरबदल

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गर्नुभएको छ । प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गर्नुभएको छ । पाकिस्तानी सञ्चारमन्त्री फवाद चौधरीलाई विज्ञान तथा प्रविधि मन्त्री बनाइएको छ । चौधरीको स्थानमा सन् २०१७ मा पाकिस्तान पिपुल्स पार्टी परित्याग गरी...

  • २०७६ बैशाख ६, शुक्रबार

    बान–अफगान वार्ता स्थगित, सरकार र विद्रोहीबीचको वार्तातालिको अन्यौल कायमै

    अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ । वार्तामा सहभागी हुने अफगान प्रतिनिधिहरुको संख्या ठूलो भएको भन्दै तालिबान पक्षले आपत्ति जनाएपछि वार्ता स्थगित भएको हो । अफगान द्वन्द्वको शान्तिपूर्ण समाधान अफगानीहरुबीचकै वार्ताबाट टुङ्ग्याउनु पर्दछ भन्ने उद्देश्यबाट यसै साता...

  • २०७६ बैशाख ६, शुक्रबार

    राष्ट्रपति सीले अर्को साता बिआर सम्बोधन गर्नेआईमा

    चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्नुहुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । चीन सरकारको आयोजनामा बिआरआईको अन्तर्राष्ट्रिय सम्मेलन यही अप्रिल २५ देखि २७ सम्म बेइजिङमा हुँदैछ । मन्त्री वाङले सम्मेलनमा ३७ मुलुकका राज्य र सरकार प्रमुखहरुको सहभागिता रहने जानकारी...

  • २०७६ बैशाख ६, शुक्रबार

    स्याउजत्रो आकारको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी

    जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् । चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए । गत...

  • २०७६ बैशाख ६, शुक्रबार

    गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु

    दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर ९चर्च० को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् । प्रान्तीय मामिला विभागका प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको र १६ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

  • २०७६ बैशाख ६, शुक्रबार

    टोयोटा र सफ्टबैंकले उबेरमा एक अर्ब डलर लगानी गर्ने घोषणा

    जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् । टोयोटाले यसअघि नै उबेरमा ५० करोड डलर लगानी गरिसकेको छ । गुगलको स्वामित्वमा रहेको वाइमो र अरु प्रमुख कार निर्माता कम्पनीहरुले पनि चालकबिहिन कार निर्माणलाई तिब्रता दिएका छन् । पछिल्लो लगानी उबेरको स्वामित्वमा रहेको एडभान्स्ड टेक्नोलोजिज ग्रुपमा...

  • २०७६ बैशाख ६, शुक्रबार

    बङ्गलादेशकी छात्रालाई प्रधानाध्यापकको आदेशमा हत्या गरिएको खुलासा ः प्रहरी

    बङ्गलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको प्रहरीले शुक्रबार जनाएको छ । उन्नाइस बर्षीया रफीमाथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेपछि उनलाई मुद्दा फिर्ता गर्न भनिएको तर किशोरीले मुद्दा फिर्ता गर्न नमानेपछि आरोपित प्रधानाध्यापकले मट्टितेलमा छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ । दक्षिण एशियाली मुलुक...

  • २०७६ बैशाख ५, बिहिबार

    भारतमा दोस्रो चरणको मतदान शुरु

    भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र एउटा केन्द्र शासित राज्यमा ९५ स्थानका लागि बिहीबार मतदान हुँदैछ । आयोगका अनुसार, असाम ९५ स्थान, बिहार ९५ स्थान०, छत्तीसगढ ९३०, जम्मु र काश्मिर ९२०, कर्नाटक ९१४०, महाराष्ट्र ९१००, मणिपुर ९१०, उडिसा ९५०, तामिलनाडु ९३८०, उत्तर प्रदेश ८०, पश्चिम बंगाल ९३० र पोन्डीचरी ९१०का ९५ स्थानका लागि...

  • २०७६ बैशाख ५, बिहिबार

    पाकिस्तानमा बन्दुकधारीको आक्रमण, १४ यात्रुको मृत्यु

    पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बन्दुकधारीहरुले बसमा यात्रारत १४ जनाको हत्या गरेका छन् । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार बन्दुकधारीहरुले पाँचवटा बसमा सवार यात्रुहरुलाई बसबाट ओरालेर गोली प्रहार गरेका थिए । आक्रमणकारीहरुले अर्धसैनिक फ्रन्टियर कप्र्सका पोशाक पहिरिएको प्रान्तीय गृह सचिव हैदर अलिले एएफपीलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दुकधारीहरुले गुडिरहेको बसलाई...

  • २०७६ बैशाख ५, बिहिबार

    उत्तर कोरियाद्वारा नयाँ हतियार परीक्षण,

    उत्तर कोरियाले बुधबार नयाँ सामरिक महत्वको हतियार परीक्षण गरेको छ । उत्तर कोरियाली सञ्चारमाध्यम केसीएनएका अनुसार सैनिकको क्षमता बढाउन टाढैबाट नियन्त्रण गर्न सकिने नयाँ हतियारले निकै सहयोग पुग्नेछ । केसीएनएले उत्तर कोरियाली नेता किम जोङ–अनले बुधबार उक्त नयाँ हतियारको परीक्षण कार्यको निरीक्षण गर्नुभएको जनाएको छ । तर नयाँ हतियारका बारेमा विस्तृत विवरण दिइएको छैन । उत्तर कोरियाली नेताले गत वर्ष...

Pages