STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्यानमारका दुई पत्रकार रिहा

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २४, मंगलबार

सन् २०१७ को डिसेम्बरमा सरकारी गोपनीय कागजात गैरकानूनी रुपमा बाहिर ल्याएको आरोपमा म्यानमारमा पक्राउ परेका रोयटर्स समाचार समितिका दुई पत्रकारलाई रिहा गरिएको छ । म्यानमारमा ६ हजार ५२० कैदीलाई रिहा गर्नेक्रममा ती दुई पत्रकार रिहा भएका राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । याङ्गुनसँग आवद्ध दुई पत्रकार वा लोन र क्याव सोए ओओलाई सन् २०१८ को सेप्टेम्बरमा सात वर्ष केैदको सजाय सुनाइएको थियो । म्यानमारको परम्परागत नयाँ वर्षको उपलक्षमा गत महिनादेखि २३ हजार १९ जना कैदीलाई रिहा गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय