अन्तर्राष्ट्रिय
-
२०७६ जेठ २६, आइतबार
चिनियाँ राष्ट्रपतिले किर्गिजस्तान, ताजिकिस्तान भ्रमण गर्ने
चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी जुन १२ देखि १६ सम्म किर्गिजस्तान र ताजिकिस्तानको भ्रमण गर्नुहुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङका अनुसार राष्ट्रपति सीले किर्गिजस्तानको राजधानी विश्केकमा आयोजना हुने १९औं शाङ्घाई सहयोग संगठन एससीओ को बैठकमा सहभागी हुनुहुनेछ । उक्त बैठकमा संगठनमा आबद्ध मुलुकका सरकार एवं राष्ट्र प्रमुखहरुको सहभागिता रहनेछ । साथै राष्ट्रपति सीले दुबै मुलुकको...
-
२०७६ जेठ २६, आइतबार
नाइजेरियामा भिषण सडक दुर्घटना
नाइजेरियाको दक्षिणपश्चिम ओन्डो राज्यमा शनिबार भएको भिषण सवारी दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ । राज्यका प्रहरी प्रवक्ता फेमी जोसेफले राजधानी अबुजातर्फ आइरहेको बस दुर्घटनाग्रस्त भएको जानकारी दिनुभयो । विपरीत दिशाबाट आइरहेको सामान बोक्ने लरीसँग यात्रुबाहक बस जुधेको थियो । उक्त दुर्घटनापछि बसमा आगलागी समेत भएको थियो । आगोकै कारण बसमा सवार सबैको मृत्यु भएको अनुमान प्रहरीले गरेको छ ।...
-
२०७६ जेठ २६, आइतबार
भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्का भ्रमणमा
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी मुलुक श्रीलङ्काको भ्रमणमा आउनु भएको छ । श्रीलङ्कामा गत अप्रिल २१ तारिखका दिन २५० भन्दा बढीको ज्यान जाने गरी भएको आतङ्ककारी आक्रमणपछि पहिलो विदेशी नेताको भ्रमण भएको हो । प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको जिम्मेवारी सम्हालेपछि पहिलो विदेश भ्रमणका रुपमा माल्दिभ्स पुगेर उहाँ आइतबार श्रीलङ्का आउनु भएको हो । भ्रमणका क्रममा उहाँले श्रीलङ्काका उच्च पदस्थ...
-
२०७६ जेठ २६, आइतबार
ट्रक दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु
फिलिपिन्समा भएको ट्रक दुर्घटनामा परी दुई बालबालिका सहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । विवाहपूर्वको एउटा सांस्कृतिक कार्यक्रममा सहभागी हुन गइरहेका बेला भएको दुर्घटनामा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । दुर्घटनामा परेको ट्रकमा ५३ जना सवार थिए । पहाडी बाटोमा नियन्त्रण गुमाएर सो दुर्घटना भएको हो । कामारिन्स सुर प्रान्तमा शनिबार भएको उक्त दुर्घटनामा अरु...
-
२०७६ जेठ २४, शुक्रबार
चिनियाँ र रुसी राष्ट्रपति भेटवार्ता
चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार रुसमा भेटवार्ता भएको छ । उहाँहरुबीच रुसी शहर सेन्ट पिटस्बर्गमा भेटवार्ता भएको समाचारमा जनाइएको छ । चिनियाँ राष्ट्रपति चिनफिङ हाल रुस भ्रमणमा रहनुभएको छ । त्यस भेटका क्रममा चिनियाँ राष्ट्रपति सिले उक्त शहरको सुन्दरताको बयान गर्नुभएको बताइएको छ । उहाँले रुसको सेन्ट पिटस्बर्ग शहरले रुसका धेरै महत्वपूर्ण व्यक्तिहरु जन्माएको...
-
२०७६ जेठ २४, शुक्रबार
पूर्वी अफगानिस्तानमा १८ जना लडाकू मारिए
अफगानिस्तानको पूर्वी लोगाड प्रान्तमा शुक्रबार सरकारी सुरक्षाफौजले गरेको प्रतिआतङ्कवादी कारबाहीका क्रममा १८ जना तालिबानी लडाकू मारिएका छन् । प्रान्तीय सरकारले जारी गरेको वक्तव्यमा मुहम्मद आघा जिल्लास्थित विशेष प्रहरी बलले शुक्रबार बिहानै कारबाही गरेको र त्यसक्रममा विगतमा आतङ्कवादी अपराधमा संलग्न व्यक्तिहरु मारिएको उल्लेख छ । सुरक्षाफौजले तीन थान एके–४७ बन्दुक, १७ थान म्याग्जीन तथ ४५० थान बन्दुकका...
-
२०७६ जेठ २४, शुक्रबार
परीक्षामा एक करोड सहभागी
चीनमा उच्च शिक्षा आर्जन गर्न चाहने करिब एक करोड विद्यार्थी शुक्रबार प्रवेश परीक्षामा सामेल भएका छन् । चीनमा एकैसाथ हुने यो परीक्षा दुई दिन चल्नेछ । चीनको शिक्षा मन्त्रालयका अनुसार केही प्रान्तीय इलाकामा भने यो परीक्षा आइतबारसम्म पनि हुनेछ । प्रवेश परीक्षामा सामेल हुन चाहने विद्यार्थीको यो संख्या सन् २०१० यताकै उच्च हो । चिनियाँ शिक्षासम्बन्धी जानकारी दिने एक वेबसाइटले प्रकाशन गरेको वार्षिक...
-
२०७६ जेठ २४, शुक्रबार
मलावीमा सडक दुर्घटना बढ्यो
मलावीमा सन् २०१९ को पहिलो चौमासिक अवधिमा सडक दुर्घटनामा कम्तीमा दुई सय ८१ जनाको ज्यान गएको छ । गत वर्ष यही अवधिमा दुई सय ३४ जनाको सडक दुर्घटनामा परेर मृत्यु भएको थियो । मलावीका प्रहरी प्रवक्ता थोमेक न्याउडेले सन् २०१९ को पहिलो तीन महिनामा मुलुकभर दुई हजार ३५० वटा सडक दुर्घटना दर्ता भएको जानकारी दिनुभयो । उहाँले गत वर्ष यही अवधिमा केबल ९६५ वटा सडक दुर्घटना भएका थिए । दुर्घटनाको प्रवृत्ति अध्ययन...
-
२०७६ जेठ २४, शुक्रबार
आँधीबाट उत्तर प्रदेशमा १९ जनाको मृत्यु
भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षा सहितको हावाहुरी र चट्याङका कारण १९ जनाको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका छन् । उत्तर प्रदेशका राहत उद्धार आयुक्त जी एस प्रियदर्शीले राज्यका १२ वटा जिल्ला नराम्रोसँग प्रभावित भएको जानकारी दिँदै आँधी र चट्याङका कारण १९ जनाको ज्यान गएको खबर प्राप्त भएको बताउनुभयो । उहाँले आँधी प्रभावित जिल्लाहरुमा राहत र उद्धारको कार्य जारी रहेको पनि जानकारी...
-
२०७६ जेठ २४, शुक्रबार
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिने यसअघि नै बताउनुभएको थियो । मेको ठाउँमा जुलाईको अन्त्यसम्ममा बेलायतमा अर्को प्रधानमन्त्रीको चयन हुनेछ र यस दौडमा ११ जना रहेका छन् । युरोपेली युनियनबाट बेलायत बाहिरिने ९ब्रेक्जीट० का बारेमा संसदमा...
-
२०७६ जेठ २३, बिहिबार
अमेरिकी सीमामा आप्रवासी पक्राउ
अमेरिकी सीमा सुरक्षा अधिकारीहरुले गत मे महिनामा मात्र मेक्सिकोको सीमाबाट अमेरिका प्रवेश गर्न चाहने एक लाख ३० हजारलाई सीमा क्षेत्रमा पक्राउ गरेका छन् । विगत १३ वर्षमा दक्षिणी सीमामा एकै महिनामा आप्रवासी पक्राउ परेको यो सबैभन्दा ठूलो संख्या हो । अमेरिकी भन्सार तथा सीमा सुरक्षा निकायका अनुसार पक्राउ परेकामध्ये परिवारसँगै अमेरिका प्रवेश गर्न चाहने ८४ हजार ५४२ जना, बालबालिका ११ हजार ५०७ जना र एकल...
-
२०७६ जेठ २३, बिहिबार
इजिप्टमा १४ जना आतङ्की मारिए
इजिप्टको सिनाईमा सरकारी फौजमाथिको आक्रमणमा संलग्न रहेका शंकास्पद १४ जना आतङ्ककारी मारिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आरिश शहरमा आक्रमण गरी भागेका आतङ्ककारी नै मारिएको उल्लेख छ । उनीहरु अल–मासाइद जिल्लास्थित एक खाली घरमा लुकेर बसेको अवस्थामा भेटिएको सुरक्षाफौजले जनाएको छ । उक्त घर खानतलासी गर्नेक्रममा सुरक्षाफौज र आतङ्ककारीबीच गोली हानाहान भएको थियो । सैनिक...


