अन्तर्राष्ट्रिय
-
२०७६ आषाढ २, सोमबार
पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त
पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय आइएसआई को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ । पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त हुनुभएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ । हमिदले यसअघि आइएसआईको...
-
२०७६ आषाढ २, सोमबार
भेनेजुएलामा सडक दुर्घटना, १८ जनाको मृत्यु
पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ । कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने...
-
२०७६ आषाढ १, आइतबार
न्यूजील्यान्डमा भूकम्प
न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६।६ म्याग्नीच्यूडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो । भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन ।
-
२०७६ आषाढ १, आइतबार
कोपा अमेरिका फुटबल, अर्जेन्टिना स्तब्ध
लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना कोपा अमेरिका फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो पहिलो खेलमा कोलम्बियासँग २–० गोल अन्तरले पराजित भएको छ । विगत २० वर्षमा पहिलो पटक कोलम्बियासँग अर्जेन्टिना पराजित भएको हो । यस खेलमा कोलम्बियाका लागि रोजर मार्टिनेज र डुभान जापाटाले खेलको उत्तरार्धमा गोल गर्नुभएको थियो । खेलमा पराजित भएपछि प्रतिक्रिया दिँदै मेस्सीले कोलम्बियासँग पराजित हुँदा दुःख लाग्नु...
-
२०७६ आषाढ १, आइतबार
अमेरिका हिँडेका २४ जना आप्रवासी ग्वाटेमालामा पक्राउ
मध्य अमेरिकी मुलुकहरु हैटी र गिनीबाट संयुक्तराज्य अमेरिकातर्फ हिँडेका २४ जना अवैध आप्रवासीलाई ग्वाटेमाला प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रवक्ता पाब्लो कास्टिल्लोले ग्वाटेमाला शहरको उत्तरी क्षेत्रको एक बस स्टेशनबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो । उनीहरुले होन्डुरसबाट ग्वाटेमाला प्रवेश गर्नेगरी बसमा यात्रा गरेको बताइएको छ । प्रवक्ता कास्टिल्लोले पक्राउ परेकामा छ जना महिना र एक जना...
-
२०७६ आषाढ १, आइतबार
कार बम विस्फोटनमा परी दशको मृत्यु, २६ घाइते
कार बम विस्फोटनमा परी सोमालियाको राजधानी मोगादिसुमा कम्तीमा दश जनाको मृत्यु भएको छ । घटनामा परी अन्य २६ जना घाइते भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । सोमाली प्रहरी आयुक्त बासिर अब्दी मोहमदले पत्रकारहरुलाई भन्नुभयो, “नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।” प्रहरी प्रमुखका अनुसार दुई ओटा विस्फोटनमध्ये दोस्रो कार विस्फोटन केएमफोर जक्सन नजिकै भएको थियो । सो...
-
२०७६ आषाढ १, आइतबार
साउदी अरब युद्ध चाहँदैन – युवराज सल्मान
साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताउनु भएको छ । एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उहाँले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पार्नुभयो । “यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,” अन्तर्वार्ताका क्रममा उहाँले भन्नुभएको...
-
२०७६ आषाढ १, आइतबार
विश्वकप क्रिकेट, भारत र पाकिस्तानबीच खेल शुरु
इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भारत र पाकिस्तानबीचको खेल शुरु भएको छ । इङ्ल्यान्डको म्यान्चेस्टरमा भएको यस प्रतिस्पर्धामा पाकिस्तानले टस जिती पहिले क्षेत्ररक्षण रोजेको छ । भारतले ३ ओभरसम्मको खेलमा बिनाकुनै क्षति ११ रन बनाएको छ । भारतका रोहित शर्मा र केएल राहुलले व्याटिङ प्रारम्भ गरेका छन् । भारतीय टिममा कप्तान विराट कोहली, रोहित शर्मा, केएल राहुल, विजय...
-
२०७६ जेठ ३१, शुक्रबार
सैनिक विमान दुर्घटनामा दुईको मृत्यु
मध्य भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा शुक्रबार एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा दुई जना विमान चालकको मृत्यु भएको भियतनामी समाचार समितिले जानकारी दिएको छ । क्याम लाम जिल्लाको सुओई तान क्षेत्रमा भएको विमान दुर्घटनापछि आगलागी भएको सेनाले जनाएको छ । एक विमान चालकको घटनास्थलमा मृत्यु भएको र अन्य दुईमध्ये एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
-
२०७६ जेठ ३१, शुक्रबार
चिनियाँ प्रिन्टिङ सेवा अफ्रिका पुग्यो
चीनको हुनान प्रान्तमा मुख्यालय रहेको सिन प्रिन्टिङ टेक्नोलोजी कम्पनीले आफ्नो व्यवसाय अफ्रिकामा विस्तार गर्न थालेको छ । सिन प्रिन्टिङको मुख्यालयबाट पहिलो चरणमा ३०० भन्दा बढी फोटोकपी मेसिन घानातर्फ पठाइएको छ । कम्पनीले ग्राफिक्स उत्पादन, प्रिन्टिङ र उपकरण बिक्री, मर्मत र भाडामा दिने समेतका विविध कार्यहरु गर्नेछ । सिन प्रिन्टिङका अध्यक्ष लुओ गुओक्सिङले अफ्रिकामा आधुनिक प्रिन्टिङ उपकरण र सेवाको ठूलो...
-
२०७६ जेठ ३१, शुक्रबार
केन्याको आर्थिक वृद्धि ६।३ प्रतिशत
केन्याको अर्थतन्त्र सन् २०१९ मा करिब ६।३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । सरकारी अधिकारीहरुका अनुसार यो वृद्धि सन् २०१८ कै हाराहारी हो । केन्याका अर्थमन्त्री हेनरी रोटिचले विश्वको बदलिँदो आर्थिक परिदृश्यमा समेत केन्याको आर्थिक वृद्धि स्थिर रहनु सकारात्मक रहेको बताउनुभयो । उहाँले सन् २०१८ कै हाराहारीमा सन् २०१९ को आर्थिक वृद्धि हुनु निकै राम्रो हो भन्नुभयो । केन्यामा मौसम खराब रहेका कारण...
-
२०७६ जेठ ३१, शुक्रबार
युगान्डामा फैलिएको इबोलाप्रति डब्लुएचओको आकस्मिक बैठक
अफ्रिकी मुलुकहरु कङ्गो र युगान्डामा प्राणघातक रोग इबोलाका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठन डब्लुएचओ को शुक्रबार आपतकालीन बैठक बस्दैछ । बैठकले इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय खतराका रुपमा घोषणा गर्ने या नगर्ने भन्ने निर्णय गर्नेछ । सन् २००५ मा गठन भएको संगठनको आपतकालीन समूहको बैठक यसअघि चार पटक बसेको छ । यसअघि सन् २००९ मा महामारीको रुप धारण गरेको एच१एन१ अर्थात् स्वाइनफ्लु, सन् २०१४ को...


