STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७६ जेठ २८, मंगलबार

    खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

    चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेकोकेन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो खेप सुख्खा प्रभावित इलाकामा वितरण भइसकेको र बाँकी चामल पनि वितरणको क्रममा रहेको बताउनुभयो । राजदूत पेङले दोस्रो खेपका रुपमा अरु एक हजार ५०० टन चामल ढुवानीको कार्य भइरहेको जानकारी दिनुभयो । उहाँले चीनको सहयोगमा आएको चामल...

  • २०७६ जेठ २८, मंगलबार

    युक्रेनको मानसिक अस्पतालमा आगलागी, छ जनाको मृत्यु

    युक्रेनको ओडेसा शहरमा मानसिक रोगीहरुको उपचार गर्ने एक अस्पतालमा भएको आगलागीमा परी छ जनाको मृत्यु भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् । एक तले यस भवनमा सोमबार साँझ आगलागी भएको आकस्मिक सेवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागेको छैन । यस आगलागीमा परी छ जनाको मृत्यु हुनका साथै घाइते भएका अन्य चार जनालाई उपचारार्थ अस्पताल भर्ना गरिएको विज्ञप्तिमा जनाइएको छ । यस...

  • २०७६ जेठ २८, मंगलबार

    सडक किनाराको बम विस्फोटमा परी छको मृत्यु

    आफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको छ । सो प्रान्तमा प्रहरी अधिकृत जमाल नसिरले सो घटनाको पुष्टि गर्नु भएको छ । आतङ्ककारीहरुले दान्द जिल्लाको सडक किनारमा राखेको बममा एक कार ठोक्किँदा दुई पुरुष, दुई महिला र दुई बालबालिकाको मृत्यु भएको नसिरले सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । बम आक्रमणमा मारिएका सबै व्यक्ति एकै...

  • २०७६ जेठ २८, मंगलबार

    डुङ्गा दुर्घटनामा सात आप्रवासीको मृत्यु

    ग्रिकको लेस्बोस द्वीपमा आप्रवासी सवार रहेका एक डुङ्गा दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको तटीय सुरक्षाकर्मीले जानकारी दिएका छन् । मारिएका व्यक्तिहरुमा चार महिला, एक पुरुष र दुई युवती छन् । खोजीका क्रममा यस दुर्घटनामा परेका अरु ५७ व्यक्तिलाई जीवितै उद्धार गरिएको तटीय सुरक्षाकर्मीले जानकारी दिएको छ । डुङ्गामा सवार आप्रवासी कुन देशका हुन् भन्ने प्रष्ट भइसकेको छैन । भूमध्यसागर पार गरेर...

  • २०७६ जेठ २७, सोमबार

    अफगानिस्तानमा सरकारी फौजको कारबाही जारी

    अफगानिस्तानको दक्षिणी क्षेत्रमा विगत २४ घण्टाको अवधिमा सरकारी फौजको कारबाहीमा ७० जनाभन्दा बढी विद्रोही लडाकूहरु मारिएको अफगान सेनाले जनाएको छ । सेनाले जारी गरेको पछिल्लो वक्तव्यमा कान्दाहार र छिमेकी प्रान्तहरुमा तालिबान विरुद्ध सेनाले कारबाही तिब्र बनाएको जनाइएको छ । सैनिक कारबाहीमा तालिबानका एक जना प्रभावशाली कमान्डर मुल्लाह महमुद पनि मारिएका छन् । यसैगरी, कान्दाहार प्रान्तका मिवान्द, मियासिन...

  • २०७६ जेठ २७, सोमबार

    नामिबियामा महिलालाई राजनीतिक विषयमा प्रशिक्षण

    नामिबियामा हुन लागेको राष्ट्रपति निर्वाचनमा मतदान गर्न ४३ वर्षीया सेलिया काधिक्वा निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेकी छिन् । तेस्रो पटक मतदान गर्न लागेकी सेलियाले पहिलो पटक मतदानको आवश्यकता र अर्थ बुझ्न थालेकी हुन् । सेलियाझैं नामिबियाका हजारौं महिलाले यसपटक लैंगिक समानता र राजनीतिमा महिला सहभागिताको महत्वबारे बुझ्न तालिम लिइरहेका छन् । सेलियाले भनिन् – विगतमा खासै केही नबुझी त्यसै मतदान गरेर...

  • २०७६ जेठ २७, सोमबार

    लडाकू विमान दुर्घटनाग्रस्त हुनुमा मानवीय त्रुटी – जापान

    जापानमा गत अप्रिलमा भएको एक लडाकू विमान दुर्घटना हुनुमा मानवीय त्रुटी रहेको जापानको रक्षा मन्त्रालये जनाएको छ । अमेरिकामा निर्मित अत्याधुनिक एफ–३५ए लडाकू विमान जापानको समुद्रमा खसेको थियो । मन्त्रालयले विमान दुर्घटनाका कारण स्थगित रहेका कार्यक्रम पुनः शुरु गर्न लागिएको जनाएको छ । रक्षा मन्त्रालयले ४१ वर्षीय पाइलटमा देखिएको मानसिक समस्याका कारण विमानले सन्तुलन गुमाएको र समुद्रमा खसेर...

  • २०७६ जेठ २७, सोमबार

    कजाखस्तानको राष्ट्रपतिमा टोकायेभ निर्वाचित

    कजाखस्तानको राष्ट्रपतिमा कासिम–जोमार्ट टोकायेभ ७० प्रतिशतभन्दा बढी मत प्राप्त गरी विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार नवनिर्वाचित राष्ट्रपति टोकायेभले ७०।७६ प्रतिशत र उहाँका निकटवर्ती अमिरझान कोसानोभले १६।२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । टोकायेभले कजाखस्तानका राष्ट्रपिता नूरसुल्तान नजरबायेभले समर्थन गर्नुभएको थियो । पूर्वराष्ट्रपति समेत रहनुभएका नजरबायेभले विगत तीन दशक मुलुकको सत्ता...

  • २०७६ जेठ २७, सोमबार

    नाइजेरियामा छ हजार शिक्षक आवश्यक

    नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा शिक्षाको गुणस्तर सुधार गर्न करिब छ हजार थप शिक्षक आवश्यक रहेको नाइजेरियाका शिक्षा अधिकारीहरुले बताएका छन् । नाइजेरियाली शिक्षक युनियन एनयूटी का अध्यक्ष जिब्रिल मुहम्मदले सरकारले बोर्नो राज्यमा राम्रा र सुविधायुक्त विद्यालयहरु निर्माण गरिरहेको भएपनि शिक्षकको चरम अभाव रहेको बताउनुभयो । उहाँले शिक्षकहरुलाई उत्प्रेरित गर्ने किसिमका कार्यक्रम ल्याइए शिक्षाको...

  • २०७६ जेठ २६, आइतबार

    हवाई दुर्घटनामा दुई जनाको मृत्यु

    संयुक्तराज्य अमेरिकाको न्यूयोर्कस्थित लङ आइल्यान्डमा एउटा सानो हवाई जहाज दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । म्याकआर्थर विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ बजे उडेको बीचक्राफ्ट ए३६ विमान साउथहोल्डमा करिब ९ बजेर १५ मिनेटमा दुर्घटनाग्रस्त भएको संघीय नागरिक उड्डयन कार्यालयले बताएको छ । विमानमा सवार एक पुरुष र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्जिनमा...

  • २०७६ जेठ २६, आइतबार

    पश्चिम बंगालमा चुनावी असर बाँकी, चार कार्यकर्ताको हत्या

    भारतमा दुई राजनीतिक पार्टीका चार कार्यकर्ताको गोली हानी हत्या भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा समर्थक तीन जना र अर्को एउटा क्षेत्रीय पार्टी त्रिणमुल कङ्ग्रेस पार्टीका एक जना गरी चार जना मारिएका हुन् । पश्चिम बङ्गालमा भएको सो घटनामा परी अरु १८ जना घाइते पनि भएको प्रहरी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । भाजपाका स्थानीय नेता मुकुल रोयले ट्वीट गर्दै सन्देशखालीमा आफ्ना तीन...

  • २०७६ जेठ २६, आइतबार

    अफगानिस्तानको फराहमा भिडन्त

    अफगानिस्तानको पश्चिम फराह प्रान्तमा सेनाले गरेको कारबाहीमा छ जना सशस्त्र तालिबान लडाकूहरु मारिएको प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । प्रवक्ता मोहिबुल्लाह मोहिबका अनुसार शनिबार राति अनार डारा जिल्लाको जियारात अबगर्म गाउँमा गरिएको सेनाको कारबाहीमा ती लडाकू मारिएका हुन् । सैनिक कारबाहीमा अरु पाँच जना लडाकू घाइते भएका छन् । सुरक्षाकर्मीतर्फको क्षतिका बारेमा सोधिएको एक प्रश्नमा प्रवक्ता मोहिबले...

Pages