अन्तर्राष्ट्रिय
-
२०७६ आषाढ १०, मंगलबार
पूर्वी भारतमा सडक दुर्घटना छको मृत्यु ४५ घाइते
भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । बस मङ्गलबार एक खाल्डोमा खसेपछि सो दुर्घटना भएको जनाइएको छ । झारखण्डको गडवा जिल्लामा स्थानीय समयाअनुसार मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको सो स्थानमा...
-
२०७६ आषाढ १०, मंगलबार
चिनियाँ कम्पनीलाई फाइभ–जीका २५ सम्झौता
चिनियाँ दूरसञ्चार कम्पनी जेडटीई कर्पोरेसनले विश्वभर उच्चगतिको इन्टरनेट सेवासम्बन्धी २५ वटा व्यावसायिक फाइभ–जी सम्झौता गरेको मंगलबार जनाएको छ । कम्पनीले फाइभ–जी सेवा प्रदान गर्न विश्वका ६० वटा मोबाइल सञ्चालन कम्पनीलाई सहयोग गरिरहेको पनि जनाएको छ । कम्पनीले हाल चाइना टेलिकम, चाइना मोबाइल, चाइना युनिकम, ओरेन्ज, टेलिफोनिका, इटालीको विन्ड ट्रे र इन्डोनेसियाको टेल्कमसेलसँग सहकार्य गरिरहेको छ ।...
-
२०७६ आषाढ ९, सोमबार
इन्डोनेसियामा ७।३ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७।३ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । निकै दुर्गम स्थानमा भूकम्प गएका कारण जनधनको क्षतिको विवरण तत्काल प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । इन्डोनेसिया सरकारले सुनामीको चेतावनी भने दिएको छैन । तर भूकम्पको धक्का अस्ट्रेलियासम्म महसुस गरिएको थियो । अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त...
-
२०७६ आषाढ ९, सोमबार
हुथी विद्रोहीद्वारा साउदी विमानस्थलमा आक्रमण
साउदी अरेबियाको दक्षिणमा रहेको अभा विमानस्थलमा यमनका हुथी विद्रोहीले क्षेप्यास्त्र आक्रमण गरेका छन् । आक्रमणबाट एक जना सिरियाली नागरिकको मृत्यु हुनुका साथै अरु २१ जना घाइते भएको साउदी अधिकारीहरुले बताएका छन् । इरानसँगको तनाब बढिरहेका समयमा यमनी विद्रोहीले आक्रमणलाई तिब्र बनाएका छन् । पछिल्लो आक्रमणबाट म्याकडोनाल्डको एक पसलका साथै १८ वटा सवारी साधनमा क्षति पुगेको छ । यमनका हुथी विद्रोहीलाई...
-
२०७६ आषाढ ९, सोमबार
क्यामरुनमा सडक दुर्घटना, २२ जना मारिए
क्यामरुनको पश्चिमी क्षेत्रमा रहेको ब्याटी–बाहाम राजमार्गमा आइतबार भएको दुर्घटनामा करिब २२ जनाको मृत्यु हुनुका साथै अरु धेरै जना घाइते भएका छन् । प्रहरीका अनुसार यात्रुबाहक बस चिप्लिएर ट्रकसँग ठोक्किएर दुर्घटना भएको थियो । घटनास्थलमै १९ जनाको मृत्यु भएको र अरु तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता अगस्टाइन आवा फोन्काले बताउनुभयो । प्रहरीले कतिपय घाइेतेको अवस्था निकै...
-
२०७६ आषाढ ९, सोमबार
कम्बोडिया भवन भग्नावशेषमा जीवित व्यक्ति नरहेको दाबी
गत शनिबार कम्बोडियाको सिहामनोक्भिल्लेमा निर्माणाधिन अवस्थामा रहेको एक भवन भत्किँएको भवन भग्नावशेषमा जीवित व्यक्ति फेला नपर्ने उद्धारकार्यमा संलग्न सेनाको दाबी रहेको छ । निर्माणाधिन अवस्थामा रहेको सात तले यस भवनमा गत शनिबार भत्किँदा कम्तीमा २४ व्यक्तिको मृत्यु भएको थियो । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले दुर्घटना भएको क्षेत्रको भ्रमण गर्नु भएको छ । सो भवन भग्नावशेषबाट सोमबार बिहानसम्म पनि...
-
२०७६ आषाढ ९, सोमबार
रेल दुर्घटनामा चारको मृत्यु एक सय घाइते
उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी चार व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् । बङ्गलादेशको राजधानी ढाकाबाट २ सय ३ किल्लो मिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको छ । स्थानीय समायानुसार आइतबार राती ११ः५० बजे सो दुर्घटना भएको अग्नी नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्हवा समाचार समितिलाई...
-
२०७६ आषाढ ९, सोमबार
ट्रम्पले दुई दिने दक्षिण कोरियाको भ्रमण गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लाग्नु भएको छ । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ । ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लाग्नु भएको बताउनु भएको छ । सो भ्रमणको क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार...
-
२०७६ आषाढ ८, आइतबार
लिबियामा जारी तनाबबारे वार्ता
लिबियाका लागि राष्ट्रसंघीय विशेषदूत घसान सालामेले शनिबार लिबियाको पूर्वी क्षेत्रमा सक्रिय सैनिक कमान्डर खलिफा हफ्तारसँग भेटवार्ता गर्नुभएको छ । राजधानी त्रिपोलीलाई नियन्त्रणमा लिने प्रयासस्वरुप अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकारी सेना र हफ्तार समर्थित सेनाबीच जारी संघर्षका बारेमा उहाँहरुबीच रुजमेह शहरमा कुराकानी भएको हो । त्रिपोलीस्थित राष्ट्रसंघीय कार्यालयका अनुसार सशस्त्र द्वन्द्वका कारण...
-
२०७६ आषाढ ८, आइतबार
किमलाई प्राप्त भयो ट्रम्पको पत्र
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गर्नुभएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गर्नुभएको हो । पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टी जनाउनु भएको पनि समाचारमा उल्लेख गरिएको छ । उहाँले भन्नुभएको छ, “पत्रमा गज्जबको विषयबस्तु...
-
२०७६ आषाढ ८, आइतबार
इथियोपियाका सेना प्रमुखको हत्या
इथियोपियाका प्रधान सेनापतिको गोली हानी हत्या भएको इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बताउनुभएको छ । टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री अहमदले अम्हारा राज्यमा भएको असफल सैनिक सत्ता विद्रोहलाई भने सरकारले बिफल बनाएको जानकारी दिनुभयो । सैनिक पोशाकमा टेलिभिजनसामु देखिनु भएका प्रधानमन्त्री अहमदले सेनापति सियर मेकोनेनको उनकै अंगरक्षकले गोली हानी हत्या गरेको जानकारी दिनुभयो ।...
-
२०७६ आषाढ ८, आइतबार
क्षेत्रीय तनावका बारेमा इराक र फ्रान्सका विदेशमन्त्रीबीच कुराकानी
इराकका विदेशमन्त्री मोहम्मद अल हकिम र फ्रान्सका समकक्षी जेन यभेस लि ड्रियनबीच टेलिफोन कुराकानी भएको छ । अमेरिका र इरानबीचको बढ्दो तिक्ततासहित क्षेत्रीय तनाव र दुई पक्षीय हितका अन्य विषयका बारेमा कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । इराकको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यमा उहाँहरुबीच शनिबार कुराकानी भएको उल्लेख छ । फ्रान्सका विदेश मन्त्री ड्रियनले हकिमलाई फोन गर्नुभएको हो । उहाँहरुले आपसी...


